यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"चोखो माया"


चोखो माया तिमीलाई अरु केहि स्वार्थ छैन !

माया बिना बेकार छ जिन्दगी को अर्थ छैन !!

माया भन्दा ठुलो धर्म कुनै पुजा बर्त छैन !

न केहि नियम कानुन आबधि र सर्त छैन !!

आखा बाट आशु झारी बाच्न कति गार्हो हुन्छ !

भित्र पिडा लुकाएर बाहिर हास्न साह्रो हुन्छ !!

मेरो जस्तै तिम्रो पनि कुनै एउटा कथा होला !

बाहिर जति हासे पनि मुटु भित्र बेथा होला !!

जाहाँ फुल फुल्छ त्यहाँ काँडा को पनि बास हुन्छ !

जाहाँ हुन्छ आफ्नो माया भेटौँ भन्ने आस हुन्छ !!

दुइ दिन फुल्ने फुल हो यो ओइलियेर जान सक्छ !

चोखो माया गर्न सिक तेस्को पनि मुल्य हुन्छ !!

कोहि छकी मनको राजा तिम्रै भर पर्छु मत !

प्रेमको यो पत्र लेखि हस्ताक्ष्यर गर्छु मत !!

यो मनका सपना भित्र बर्सा बनि झर्छु मत !

आध्यारा ति रातहरुमा जुनको ज्योति छर्छु मत !!

संकै लाग्छ अन्त कतै भुल्यो कित मन !

राम्रो फुल देखि उतै डुल्यो कि त मन !!

अप्सराको फुलबारी हो तिम्रो लागि बन !

हावा संगै उडी गयो घुल्यो कित मन !!

तिम्रै दिलमा सजिएर फुल्छु फुल भन्नेले !

साचो माया लाउछु भनि झुटो माया दिनेले !!

संगै जिउने संगै मर्ने बाचा कसम खानेले !

आखिरमा रैछ छुट्नु धोका दिई जानेले !!

फुल फुल्छ बगैचामा केवल कुल्चिएर होइन !

मनमा राखी सजाऊ केवल घिरणा गरेर होइन !!

फुल टिप्न सिक केवल हाँगा भाचेर होइन !

प्रेम गर्न सिक केवल धोका दिएर होइन !!

पवित्र थियो हाम्रो माया तिमि कसरि भुल्न सक्योऊ !

त्यो मन भित्र अरुलाई कसरि तिम्ले हुल्न सक्योऊ !!

पारई संग बाचा राखी कसरि तिम्ले खुल्न सक्योऊ !

एउटा मुटु दुइटा बनाई कसरि तिमि डुल्न सक्यो !!

हजार थुंगा फूल फुलबारिका एउटै हुदोरैनरैछ !

मान्छे आखिर मान्छे नै हो देउतै हुदोरैनरैछ !!

हजार तपस्या गरेहुम्ला एउटाबर् पाउछु भनि !

जहिले पनि ढाँट्छौ मलाई तिम्रो घरमा आउछु भनि !!

तिमी बाहेक मैले को सँग दिल खोले र ?

तिम्रो चित्त दूखने शब्द मैले के पो बोले र ?

लाग्छ मलाई आज भोलि टाढा हुन खोजे जस्तो

मेरो दिल दुखायेर कसैलाई रोजे जस्तो

जब पीडा बढ्छ गजल बनी लेखिन्छ चोट्

भित्र भित्रै लुक्छ बाहिर कहाँ देखिन्छ चोट् ?

मनमा चल्छ हुरी बतास मुटु सार्है जलाउछ

बाहिर छाती छामेर मात्रै कहाँ भेटिन्छ चोट्


!!रिता बम !!

Posted by Bikash Shah (Ghayal) on 11:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "चोखो माया"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011