घायलको तरही मुसायरा-२०
सम्पूर्ण आदरणीय तरही मुसायरा प्रेमी अग्रज, समकक्षी मित्र तथा पाठक ज्युहरु ! फेरि पनि हामीलाई बडादशैंको रमझमले छोयो र एक हप्ता पछाडि सर्न वाध्य भयौं तर पनि हाम्रो महान चाड सबैले हर्षौल्लास साथ मनाउँनु भयो होला भन्ने अपेक्षा गरेकोछु !शायद अब त दशैंको चटारो अली कम भयो होला भन्ने ठानेर पुन्: अर्को श्रीङ्खला लिएर तपाइहरु समक्ष उपस्थित भएको छु ! तपाइहरु सबैको उल्लेख्य सहभागिता हुनेछ भन्ने अपेक्षा सहित...........!!
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
मैले केही समय अगाडि देखि नै मुसायरामा समावेस गर्न चाहनुहुने सर्जकज्युहरुले गजल पठाइ दिनु होला भने अनुरोध् गरेको थिएँ सायद् दशैंको कारणले होला कसैको पनि गजल प्राप्त भएन र पुन:आज मैले (दलबीर सिंह बराइली 'घायल्') मेरै गजलको यो मिसरा-ए-सानी 'म बनि दिएँ बलीको बोको सँधै नै खुशी हौ' लाइ 'घायलको तरही मुसायरा-२०' मा तरहको रुपमा दिएको छु ! आशा छ आगामी अंकहरुको लागि यसभन्दा अगाडि तरहमा आफ्नो गजल नपारेका मित्रहरुले गजल पठाउनु हुनेछ ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
दशैंको रमझम अझै राम्रो सँग नसकिएकोले गजल पोस्ट गरिसक्नु पर्ने समयलाई २ हप्ता बनाएकोछु (यो हप्ता सम्मको लागि मात्र) गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार २१ अक्टोबर, २०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: म बनि दिएँ बलीको बोको सँधै नै खुशी हौ
काफिया: बोको
रदिफ: सँधै नै खुशी हौ
लय: म बनि /दिएँ/ बलीको/ बोको// सँधै नै/ खुशी हौ
लय - ३+२+३+२+३+३=१६
घायलको तरही मुसायरा-२० मा दिईएको गज़लको मुख्य गज़ल यहाँहरुको लागि पेश गरेको छु र आजको तरही मुसायरा-२१ दिनको ११-१ बाहे भित्रमा आउनेछ प्रतीक्षा गर्नु होला धन्यवाद !
नहुनु दुबै मायाको भोको संधै नै खुशी हौ
म बनि दिएँ बलिको बोको संधै नै खुशी हौ
लिनु त्यो माया दिनु त्यो माया चाहे झैं मिलेर
नखोल्नु फेरी शंकाको पोको संधै नै खुशी हौ
तिमी हौ साथि उ पनि साथी भुल्न म सक्दिन
हर्षको आँशु हो मैले रोको संधै नै खुशी हौ
हजारौं दोष सहन्छु बरु बाधा म बन्दिन
पुगोस सबै रहर धोको संधै नै खुशी हौ
फाले नि हुन्छ बाले नि हुन्छ 'घायल'के काम
केवल हुँ म फाटेको डोको संधै नै खुशी हौ
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
Posted by Unknown
on 8:45 AM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
सुमित्रा जीले फेसबुकमा पोस्ट गर्नु भएको गज़ल यहाँहरुको लागि:-
Sumitra Poudel
घायलको तरही मुसायराको सफलताको कामना सहित भाग-- २० मा जानी नजानी सहभागिता जनाउँने कोसिस गरेको छु! धन्यवाद!
गजल --
दिदैछु माया पारेर पोको सधैँ नै खुशी हौ.
सामिप्य म छु नहुनु भोको सधैँ नै खुशी हौ.
म गए टाढा माया छ गाढा बिश्वास लिनु है.
फर्केर आई मेटौंला धोको सधैँ नै खुशी हौ.
उदौला भोलि त्यो नयाँ बिहान् छरेर मुस्कानी.
राखेर प्रिय त्यो दिल चोखो सधैँ नै खुशी हौ.
मन्दिर गई ईश्वर पूज्यौ बाचा नि खाएर.
म बनि दिएँ बलीको बोको सधैँ नै खुशी हौ.
यी दुवै मन् का पखाली मैलो भयौ नि समर्पित्.
सक्दिन सुन्न हे प्रिय!रोको सधैँ नै खुशी हौ!
सुवास जीको गज़ल फेसबुकबाट:-
Shrestha Subash
घायलको तरही मुसायरा भाग-२०.
मनका कुरा पारेर पोको सधै नै खुशी हौ.
जिन्दगी सधै बनाई चोखो सधै नै खुशी हौ।.
भेट्नु र छुट्नु यस्तै हो हेर जिन्दगी सबैको.
त्यो तिम्रो पेट नराखी भोको सधै नै खुशी हौ।.
जन्मेर यहाँ सबैले फेरी जानु त पर्छ नै.
रहँदा सम्म पुर्र्याई धोको सधै नै खुशी हौ।.
जिन्दगी भन्नु संघर्ष रैछ नहुनु निराश.
नटुटे पनि नाम्लो र डोको सधै नै खुशी हौ।.
खुशीमा खुशी थपेर तिम्रो मुहार हँसाउन.
म बनि दिएँ बलीको बोको सधै नै खुशी हौ।.
हिरु सापकोटा जीको फेसबुकमा पोस्ट भएको गज़ल यहाँहरुको लागि!
Hiru Sapcota
हाँसेर तिमि यो मन छोको सधैं नै खुशी हौ!
छोडेर डाको किन हो रोको सधैं नै खुसी हौ!
मनमा बस मुटुमा घोच सबै छ स्वीकार्य!
के के छ गर मनको धोको सधैं नै खुसी हौ!
सर्वस्व सुम्पें ज्यानको बाजी थाप्दैछु हाँसेर!
म बनि दिएँ बलिको बोको सधैं नै खुसी हौ!
तै पनि तिम्रो हृदय अझै न भए सन्तुष्ट!
बेचिन्छु आफैँ राख्दिन भोको सधै नै खुसी हौ!
व्यर्थै भो बिन्ति गएछौ तिमि नौ डाँडा काटेर!
सम्हाल्नु तर यादको पोको सधै नै खुसी हौ!
हिरु सापकोटा
बिराटनगर.
बिना तामाङ्ग जीको फेसबुक तरही मुसायता-२० मा पोस्ट भएको गज़ल यहाँ पोस्ट गर्दैछु!
Bina Tamang
घायलको तरही मुसायरा मा मैले पनि जानी नजानी आफ्नो उपस्थिति जनाएं ।.
गजल -
सुन्नेछौ जब म भएं भोको सधै नै खुसी हौ.
मलाय गैइ बोक्नेछु डोको सधै नै खुसी हौ.
उर्लिन्छ मन खहरे बनि दु:ख र पीडाले.
तिम्रो चैं मुटु किन नछोको सधै नै खुसी हौ.
हर् युद्द यहाँ जित्नुछ तिम्ले म हार्छु भनेर.
म बनि दिएं बलिको बोको सधै नै खुसी हौ.
अगाध माया बोकेर आज छोडेर जादैंछु.
साथमा लान्छु यादको पोको सधै नै खुसी हौ.
ओठमा हाँसो देख्दैछु तिम्रो वियोगी म हुदाँ.
देखेनौ प्रिय हृदय रोको सधै नै खुसी हौ.
Sanjaya Kumar Khadka
घायलको तराही मुसायारा -२० को लागि मेरो गजल यस्तो बन्यो साथी हेरौ न है :
छाड है अब त्यो रुने धोको सधै नै खुशी हौ
नगरौ हामि रिसको पोको सधै नै खुशी हौ |
त्यो चर्को घाम पसिना बगाइ काम त गर्दै छु
नपर्ख अब बसेर भोको सधै नै खुशी हौ |
सुकाई ज्यान गलेका पाउ कतिपो गलाउछौ
हाँसो र खुशी भरेर डोको सधै नै खुशी हौ |
देउराली भाकी राखेर भेटि गरौ है प्रथाना
म बनि दिएँ बलीको बोको सँधै नै खुशी हौ|
सुनौला इच्छा गरेर पुरा म अघि बढ्ने छु
गरेर चिन्ता किन हो रोको सधै नै खुशी हौ |
संजय कुमार खड्का
घायलको तराही मुसायारा -२० को लागि मेरो गजल यस्तो बन्यो साथी हेरौ न है :
छाड है अब त्यो रुने धोको सधै नै खुशी हौ
नगरौ हामि रिसको पोको सधै नै खुशी हौ |
त्यो चर्को घाम पसिना बगाइ काम त गर्दै छु
नपर्ख अब बसेर भोको सधै नै खुशी हौ |
सुकाई ज्यान गलेका पाउ कतिपो गलाउछौ
हाँसो र खुशी भरेर डोको सधै नै खुशी हौ |
देउराली भाकी राखेर भेटि गरौ है प्रथाना
म बनि दिएँ बलीको बोको सँधै नै खुशी हौ|
सुनौला इच्छा गरेर पुरा म अघि बढ्ने छु
गरेर चिन्ता किन हो रोको सधै नै खुशी हौ |
संजय कुमार खड्का
फेसबुकमा प्रेषित गज़ल यहाँ पोस्ट गरेकोछु !
( गजल ) आचार्य प्रभा
दिउँला मेरो माया यो चोखो सधैं नै खुशी हौ
पुग्नेछ तिम्रो दिलको धोको सधैं नै खुशी हौ ।
आफुमा जस्तो पर्दछ पीडा सबै नै सहुँला
नदेख्न परोस् ति आँखा रोको सधैं नै खुशी हौ ।
ईश्वर भाक्छु तिम्रो नै लागी दुई हात् जोडेर
नहुनु कैले मायाको भोको सधैं नै खुशी हौ ।
सधैं नै बन्नु सबैकी प्रिय संसार भरिमा
म बनि दिएँ बलिको बोको सधैं नै खुशी हौ।
स्वतन्त्र बन्नु जीवनमा तिमी यहिनै कामना
खोल्दिन कैले मायाको पोको सधैं नै खुशी हौ ।
( रचना -अक्टोबर/ ९/ २०११ )
पालेर तिमी इच्छाको पोको सँधै नै खुशी हौ ।
म हुँदा पनि मायाको भोको सँधै नै खुशी हौ ।
कल्पिंदै तिम्रो नाग्वेली मैले साउने झरीमा
प्रितीको भारी बोक्दा'नी डोको सँधै नै खुशी हौ ।
चाहान्छौ जहाँ त्यहींनै फुल्ने बैंसालु फूल हुँ
स्वीकारी अब जवानी चोखो सँधै नै खुशी हौ ।
मिर्मिरमै झुल्की आउँछु पर्ख रश्मी भै' चुम्न म
पुर्याइ दिन्छु मायाको धोको सँधै नै खुशी हौ ।
नभए स्वीकार सिङ्गार्न तिम्रो प्रितीको आलय
म बनी दिएँ बलीको बोको सँधै नै खुशी हौ ।
आनन्द भट्टराई "गाउँले".
खोटाङ
धेरै पछी भए पनि यहाँको तरही मुसायरमा सहभागी जनाएको छु ।.
गजल्
यो मुटुभरी माया छ चोखो सँधै नै खुशी हौ ।.
राखेको छु है पारेर पोको सधै नै खुशी हौ ।.
गरेको वाचा म तोड्ने छैन जनम-जनम.
त्यसैले शिर हातले छोको सँधै नै खुशी हौ ।.
पर्खेर बस नआउन्जेल यो ज्यान तिम्रै हो.
बनाई आफ्नो पुर्याउ धोको सँधै नै खुशी हौ ।.
त्यो ज्यान सुक्ला बेलामा खाउ बेलामा सुत्नु है.
मलाई सम्झी नबस्नु भोको सँधै नै खुशी हौ ।.
म मरे मर्छु,त्यो तिम्रो दु:ख म देख्न सक्दिन.
म बनी दिएँ बलिको बोको सधै नै खुशी हौ ।.
ईन्द्र तामाङ्
चतुराले-८,नुवाकोट ।
मदन नेउपाने जीले मलाइ फेसबुकमा पठाउनु भएको गज़ल
Madan Neupane
नखोल भने मायाको पोको,सधैंनै खुसि हौ !
पुराभो अब मनको धोको, सधैंनै खुसि हौ !
बिछोड हुदा हेरेर फोटो, रुँदा नै दु:खी नौ
रहेछ हाम्रो यो प्रेम खोटो, सधैंनै खुसि हौ !
खालीछ आज दिलको खोको,मुटु नै झिकेछौ
फुटेझैं भएँ पानीको फोको, सधैंनै खुसि हौ !
म संधै तिम्रो मायाँको भोको,विलासी तिमि हौ
म बनि दिएँ बलिको बोको, संधैनै खुसि हौ !
भर्नलाई खुसि थापेछु डोको,भाग्य नै खोटी झैं
म रोए तिमि नदेखौं रोको,संधै नै खुसि हौ !
समाप्त
मदन न्यौपाने
चक्चकी-७,झापा
date:20/10/2011
घायलको तरही मुसायरा-२० मा दिईएको गज़लको मुख्य गज़ल यहाँहरुको लागि पेश गरेको छु र आजको तरही मुसायरा-२१ दिनको ११-१ बजे भित्रमा आउनेछ प्रतीक्षा गर्नु होला ! यहाँहरुको सहभागिताको लागि धेरै धन्यवाद !
नहुनु दुवै मायाको भोको सँधैं नै खुशी हौ
म बनी दिन्छु बलीको बोको सँधैं नै खुशी हौ
लिनु त्यो माया दिनु त्यो माया चाहे झैं मिलेर
नखोल्नु फेरि शंकाको पोको सँधैं नै खुशी हौ
तिमी हौ साथि उ पनि साथि भुल्न म सक्दिन
हर्षको आँसु हो मैले रोको सँधैं नै खुशी हौ
हजारौं दोष सहन्छु बरु बाधा म बन्दिन
पुगोस सबै रहर धोको सँधैं नै खुशी हौ
फाले'नी हुन्छ बाले'नी हुन्छ'घायल'के काम
केवल हुँ म फाटेको डोको सँधैं नै खुशी हौ
kumar Shresthaजी फेसबुकको इनबक्समा प्राप्त गज़ल पोस्ट गर्न छुटेछ आज पोस्ट गर्दैछु !
यो मेरो मन देख्दैनौ रोको सँधै नै खुशी हौ
पुर्याउ आजै के के छ धोको सँधै नै खुशी हौ
अर्को नै रोज दिलको राजा शहर तिर नै
मै बोकी हिड्छु नाम्लो र डोको सँधै नै खुशी हौ
रोएरै बस्छु पिँडामा बस्छु सँधै नै एक्लो भै
यि मेरा खुसी पारेर पोको सँधै नै खुशी हौ
सँधै नै कती खोज्छौ हो तिमी गुणको कुरा नै
म बनि दिँए बलीको बोको सँधै नै खुशी हौ
हजारौ आसा भरेर पैले बिचमै तोडेर
यो मुटु मेरो पारेर भोको सँधै नै खुशी हौ