गजल-माया लागेर आयो
यो गजल मैले मित्र अशोक पार्थिव तामाङ् ज्युको एक स्टेटस् 'ति छुटेका पाईलाहरुको माया लागेर आयो' लाई आधार बनाएर उहाँको अनुमतिमा लेखेको हुँ । लयमा अली असहजता हुँदाहुँदै पनि यहाँहरु समक्षा पेश गरेको छु कस्तो लाग्यो प्रतिक्रियाको अपेक्षा सहित,धन्यवाद !
भरिया ति माईलाहरुको माया लागेर आयो
फुटेका ति पाईलाहरुको माया लागेर आयो रातदिन पसिना बगाइ दु:ख उनैले गर्छन्
मजदुर ति साईलाहरुको माया लागेर आयो
मजदुर ति साईलाहरुको माया लागेर आयो
बालक ति न बाउ आमा छन् भोकै सुत्दछन् सधैं
सडके ति काईलाहरुको माया लागेर आयो
तड्पिंदैछ मरुभुमीको त्यो भेडी गोठमा एक्लै
पर्देशी ति ठाईलाहरुको माया लागेर आयो
के हुँने हो जेठाको भविस्य था'छैन् काखे छ कान्छो
कलिला ति राईलाहरुको माया लागेर आयो
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स
