तीन गजल एक साथ यहाँहरुको लागि
(१)
(देशको समसामयिक बिषयमा लेखिएको गजल)
बेच्दैछौ नेता स्वाभिमान कुर्सीको कारण
छोड्दैछौ लेख्न संबिधान कुर्सीको कारण
देशको लागि भएका थे हजारौं शहिद
भुल्दैछौ सबै बलिदान कुर्सीको कारण
शहर गाउँ बिकासको लहर चल्या थ्यो
रोक्दैछौ त्यत्रो अभियान कुर्सीको कारण
चिनारी हाम्रो बिरताको संसार भरी थ्यो
मेट्दैछौ आज पहिचान कुर्सीको कारण
गर्दैछौ मिली भ्रष्टचार जनता मारेर
किन्दैछौ घर आलिशान कुर्सीको कारण
(२)
(मायामा धोका खाएको बियोगान्त गजल)
बिहानी मै रात थप्यौ म रुनुको अर्थ छैन्
घात माथी घात थप्यौ म रुनुको अर्थ छैन्
तिम्रै लागि शिसिर झैं उजाड म भा'को थिएँ
आफू मात्रै पात थप्यौ म रुनुको अर्थ छैन्
बेकाबु भै हिड्यौ तिमी उन्माद त्यो कस्तो होला
दुनियाँमा मात थप्यौ म रुनुको अर्थ छैन्
चोटै चोट दियौ सँधैं बेहोस् छु सडकमा
अझै त्यहि लात थप्यौ म रुनुको अर्थ छैन्
दैव दशा पनि मेरै पेवा हो की जस्तो थियो
झनै साँढे सात थप्यौ म रुनुको अर्थ छैन्
(३)
(मायामा गहिराइमा डुबेको संयोगान्त गजल)
भोक निन्द्रा सबै भाग्छ माया नै पो हो की कसो
नत्र किन आफ्नो लाग्छ माया नै पो हो की कसो
एकैछिन नभेटेमा गुमाए झैं लाग्छ केही
किन न्यानो साथ माग्छ माया नै पो हो की कसो
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल्:अबुधबी युएई
(देशको समसामयिक बिषयमा लेखिएको गजल)
बेच्दैछौ नेता स्वाभिमान कुर्सीको कारण
छोड्दैछौ लेख्न संबिधान कुर्सीको कारण
देशको लागि भएका थे हजारौं शहिद
भुल्दैछौ सबै बलिदान कुर्सीको कारण
शहर गाउँ बिकासको लहर चल्या थ्यो
रोक्दैछौ त्यत्रो अभियान कुर्सीको कारण
चिनारी हाम्रो बिरताको संसार भरी थ्यो
मेट्दैछौ आज पहिचान कुर्सीको कारण
गर्दैछौ मिली भ्रष्टचार जनता मारेर
किन्दैछौ घर आलिशान कुर्सीको कारण
(२)
(मायामा धोका खाएको बियोगान्त गजल)
बिहानी मै रात थप्यौ म रुनुको अर्थ छैन्
घात माथी घात थप्यौ म रुनुको अर्थ छैन्
तिम्रै लागि शिसिर झैं उजाड म भा'को थिएँ
आफू मात्रै पात थप्यौ म रुनुको अर्थ छैन्
बेकाबु भै हिड्यौ तिमी उन्माद त्यो कस्तो होला
दुनियाँमा मात थप्यौ म रुनुको अर्थ छैन्
चोटै चोट दियौ सँधैं बेहोस् छु सडकमा
अझै त्यहि लात थप्यौ म रुनुको अर्थ छैन्
दैव दशा पनि मेरै पेवा हो की जस्तो थियो
झनै साँढे सात थप्यौ म रुनुको अर्थ छैन्
(३)
(मायामा गहिराइमा डुबेको संयोगान्त गजल)
भोक निन्द्रा सबै भाग्छ माया नै पो हो की कसो
नत्र किन आफ्नो लाग्छ माया नै पो हो की कसो
एकैछिन नभेटेमा गुमाए झैं लाग्छ केही
किन न्यानो साथ माग्छ माया नै पो हो की कसो
बिपनिमा हाँस्छौ बोल्छौ सपनिमा पनि तिमी
सँधैं नौलो प्यास जाग्छ माया नै पो हो की कसो
सँधैं नौलो प्यास जाग्छ माया नै पो हो की कसो
तिम्रो रुप तिम्रो बोली हर चिज प्यारो आज
अरु बोले पारो नाग्छ माया नै पो हो की कसो
अरु बोले पारो नाग्छ माया नै पो हो की कसो
रित्याउँदै आफैलाई संसारको खुशि दिन
यो मनले तिमी दाग्छ माया नै पो हो की कसो
यो मनले तिमी दाग्छ माया नै पो हो की कसो
गुप्तेश्वर-३, रामेछाप
हाल्:अबुधबी युएई
