गजल-उस्तै उस्तै
जिन्दगीको फाँट सुक्यो सिंचाउँने आशा छैन
मुहानैमा पैह्रो गा'को नहर नि उस्तै उस्तै
मुहानैमा पैह्रो गा'को नहर नि उस्तै उस्तै
छट्पटिंदै कोल्टेफेरी कति रात जागै बिते
मुर्छा पर्दै बिताउँने प्रहर नि उस्तै उस्तै
मुर्छा पर्दै बिताउँने प्रहर नि उस्तै उस्तै
निष्ठुरी र निर्मोहीले बिष घोले जीवनमा
हामीलाई पीडा दिने जहर नि उस्तै उस्तै
सामुन्ने त्यो सागर छ'घायल'र प्यासी हामी
बैगुनी झैं समुन्द्रको लहर नि उस्तै उस्तै
गुप्तेश्वर-३,रामेछप
हाल्:अबुधाबी,युएई
