केही मुक्तक हरु
(१) आशु
जीन्दगी धेरै सस्तो छ सबु
समय जाल रच्दो छ सबु
तैपनी मुस्कुराउन खोज्दा
आँखामा आशु खस्दो छ सबु।
(२)एकालब्य :
हजुर मात्र हुनुहुन्छ सभ्य
पर्न सक्छ कुनै बेला भवितब्य
हजुरको अर्जुन त निदाइ सक्यो
हाजीर छु म एकलब्य।
(३)जीवन:
जीबन अरुकै आँखाको छारो भयो
जीबन अरुकै पानीको धारो भयो
राम्रो भन्ने अब त केही रहेन मेरो
जीबन रात दीन दुवै अध्यारो भयो।
(४)दुनियाँ:
आजभोलि घाटी सुक्छ दलबिर जी
खुशी धेरै टाढा लुक्छ दलबिर जी
चुप चाप हिड्दै थिए आफ्नै धुनमा
यो दुनियाँ किन थुक्छ दलबिर जी?
बिबेक दुलाल छेत्री "दमक्"
दमक्,झापा।हाल:अबुधाबी