कबिता:-मेरो जिबन संगिनी हौ
तिमीले ऐना हेरेर मुस्कुराउदा
मैले मैले त्यसो नगर भनेको छैन
तिमीले चुरा पोते लगाउदा
मैले यो के गरेकी भनेको छैन
तिमीले भजन किर्तन गर्दा
मैले अब बन्ध गर भनेको छैन
तिमीले साँझ बिहान कम्फ्युटर खोल्दा
मैले यसो गर्नु हुँदैन भनेको छैन
तिमीले स्कुल क्याम्पस जाँदा
मैले यो राम्रो काम हैन भनेको छैन
तिमीले सभा, सम्मेलनमा दुई चार कुरा राख्दा
मैले तिमी धेरै जान्ने भयौ भनेको छैन
तिमीसित एक अपरिचित ब्यक्तिले बाटो सोद्दा
जानेको कुरा नबताउनु भनेको छैन
ल अब सुन मेरो कुरा
प्रियात्तमा !तिमी त मेरो जिबनकी सङिनी हौ
मेरो दु:ख सुखको समरभुमिमा
मलाई साथ दिने नारी योद्दा हौ
तसर्थ हर दम तिम्रो भाबनाको
कदर गर्छु मात्र भनेको हुँ।
साहित्यिक नाम्:बिबेक दुलाल छेत्री "दमक"
वास्तविक नाम्:भानुभक्त दुलाल
स्थाइ ठेगाना:दमक्,झापा
हाल्:अबुधाबी,युएई