शंकाको आगो नलाऊ नत्र शहर जल्नेछ
शंकाको आगो नलाऊ नत्र शहर जल्नेछ
जिन्दगीभरी हाँसेर बाँच्ने रहर जल्नेछ
बुझाउँ भन्छु सत्यचैं केहो बुझ्नै उ चाहन्न
बेलैमा बुझ्न नचाहे हर प्रहर जल्नेछ
बादल देख्छौ जलेको रातै घाम'नी त्यस्तै छ
जलेकै सोंचे मनमा उठ्ने लहर जल्नेछ
हृदयबाट बिश्वासको त्यो मुहान फुटाऊ
तेल झैं ठाने भावको नदि नहर जल्नेछ
दु:खले तिम्रो जीवनलाई छुँदैन भन्थें म
यसरी दुरी बढेमा मेरो ठहर जल्नेछ
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल्:अबुधाबी,युएई
आईतवार २५/०९/२०११