यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

तिन मुक्तक

~१ ~
न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ
मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ
मान्छेको चित्र बनाउ भनेको 'के हो छोरा यो'?
छोरो मुस्कुराउदै बोल्यो 'बा मान्छे यस्तै छ'।

~२ ~
बाघलाई बाख्राले तर्साउदैन
खडेरिमा पहरा सर्साउदैन
यती कुरा बुझिराख्नु भाई
पहिरोले फूल बर्षाउदैन।।

~३~
तिमी म भित्र सधैं दुख्ने घाऊ हौ
तिमी यो मेरो जीवन तार्ने नाउ हौ
यो पनि तिमी हौ त्यो पनि तिमी-
तिमी मेरो चिठ्ठी पुग्ने एउटै ठाउँ हौ ।। 


- बिस्नु प्रवा सापकोटा
दमेक-१ बाग्लुङ

Posted by Unknown on 8:27 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for तिन मुक्तक

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011