गजल :-ठट्टाबाटै पीडा निस्क्यो
दु:ख भुल्न हाँसें बोलें ठट्टाबाटै पीडा निस्क्यो
पिसी हेरें जिन्दगी यो घट्टाबाटै पीडा निस्क्यो
काटौं भन्छु हाम्रो नाता म नी के मा कम् छु भनि
बुझ्दैछु म सम्बन्ध त्यो कट्टाबाटै पीडा निस्क्यो
लुछाचुँडी बढ्दै गा'छ मेरै लागि आजभोलि
नपाउँने पेन्सन र पट्टाबाटै पीडा निस्क्यो
अलिनो छ भित्रभित्रै खुशी खोज्छु बोतलमा
नशाको त्यो बट्टा खोलें बट्टाबाटै पीडा निस्क्यो
संन्यासी म हिंडौं पनि 'घायल' छु कहाँ जाउँ
ऐना हेर्दा बढेका यी लट्टाबाटै पीडा निस्क्यो
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स