'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75192

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

हाम्रो उद्यम अमर रहोस् !

लक्ष्मण गाम्नागे
हामी नेपाली जातिले भूपी शेरचनको कवितालाई पूर्णत: असान्दर्भिक बनाइदिएका छौँ। हामी अब बुद्धु छैनौँ। बुद्धु भएकाले होइन, बुद्धि भएकाले हामी अब बहादुर भएका छौँ। त्यसमा पनि पैसा कमाउने हाम्रोजस्तो अद्भुत बुद्धि र बहादुरी त संसारका कुनै  जातिसँग छैन। पैसा कमाउने होइन, लुट्ने कलाको विकास गरेका छौँ हामीले।

निजी क्षेत्रबाट सरकारी मार्कसिट, सर्टिफिकेट, पासपोर्ट र नागरकिता मात्रै होइन, नोटहरूसमेत छपाएर व्यापार गर्ने त हाम्रो पुरानो व्यवसाय भैगो। अब आएर हामी खाद्य प्रविधिको क्षेत्रमा संसारप्रसिद्ध जातिका रूपमा स्थापित हुने तरखरमा छौँ। परम्परागत रू पमा चलिआएको 'घिउ-पिँडालु' प्रविधिले अब क्रान्तिको रूप लिएको छ। हजारौँमध्ये केही सानातिना उदाहरण

यस्ता छन् :

हामी बजारबाट सडेर फाल्न लागेका सागसब्जी उठाएर 'स्पेसल करी' बनाउँछौँ र 'फास्ट फुड'का दोकानमार्फत ग्राहकको सेवामा पुर्‍याउँछौँ। सुँगुरपालक व्यवसायीहरूले होटलबाट फ्याँकेका खानेकुरा सोहोरेर लगेजस्तै हामी सहरका हजारौँ मिठाई  पसलमा सडेका मिठाई ट्रयाक्टरमा उठाएर ल्याउँछौँ र 'रसिाइकल' गरी त्यसबाट ताजा गुँदपाक र पुष्टकारी बनाउँछौँ। मिठाई नामको त्यो कालो पदार्थ मेचीदेखि कालीसम्म मात्र होइन, नेपालीहरू पुगेका विश्वका अनेक देशसम्म फैलाउन हामी सफल छौँ।

'ताजा' वस्तु बेच्नु हाम्रो विशेषता हो। हामी एउटी भैँसी काटेर एक वर्षसम्म त्यसको ताजा मासु बेचिरहन्छौँ ! उपभोक्ता ताजा सिनो किनेर खान्छन् र शरीरमा ताजगी भररिहन्छन्। हामीसँग प्वाल परेका वा सडेका गेडागुडी वा अन्नहरूलाई आवश्यक रङको  पुटिङ् भरेर ताजा मात्रै होइन, थप चम्किला र राम्रा बनाएर बेच्ने क्षमता छ। हामी ढलको शुद्ध जलमा कीरा परेको सेतो पाउडर फिटेर दूध बनाउँछौँ। हामी लेउ र लेदोसहितका जुस र बियरहरू बेचेर सरकार र राजनीतिक दलहरूलाई मुट्ठीमा राख्नसक्ने  मुलुककै प्रतिष्ठित व्यापारी बन्छौँ। भैँसी र सुँगुरको बोसोमा पकाएका 'शुद्ध शाकाहारी' मिठाईका दोकान चलाएर हामी अथाह पुण्य र पैसो सँगसँगै कमाइरहेका छौँ। यस्तै उद्यम गरी सहरमा ठूल्ठूला पार्टी प्यालेस निर्माण गरेर विदेशी रक्सीका बोतलमा राखेको  स्वदेशी तेजाबको झोल प्रधानमन्त्रीदेखि पियनसम्मलाई बेहोस हुने गरी पिलाउँछौँ र औँलामा नचाउँछौँ।  

हामी विषमा परण्िात भएका औषधी र अरू खाद्यवस्तुमा स्िटकर टाँसी सहजै म्याद बढाएर सेवनयोग्य बनाइदिन्छौँ। हामी हरेक वस्तुको अधिकतम उपयोग मात्रै होइन, अखाद्य चीजलाई पनि खान मिल्ने बनाएर मुलुकमा खाद्यसंकट हुन नदिन योगदान  गर्छौं। 

महाआश्चर्य ! हामी डम्पिङ् साइटबाट उठाएका प्लास्िटकका झोला, जुत्ता र चप्पल जम्मा पारेर तिनीहरूको रसबाट सोमरस बनाउन सक्छौँ। हामी थोत्रा कट्टु, गन्जी र मोजाको अधिकतम उपयोग गर्दै तिनीहरूलाई भट्टीमा उसिनेर रस निकाल्छौँ र जर्किनमा  हालेर स्वदेशी मदिराको रूपमा बेच्छौँ। पानीका जार र रक्सीका बोतलमा लगाएका सिल फुकालेर हामी लँगौटी लगाउँछौँ र अनुगमनको नाटक गर्न आउने अधिकारीहरूका मुखमा ग्यास सिलिन्डरका पीँध काटेर टाँसिदिन्छौँ। यसरी हामी देशको सेवा गररिहन्छौँ,  जनताको सेवा गररिहन्छौँ। त्यसैले हामी नेपालीहरू अब बुद्धु छैनौँ, बुद्धिमान छौँ। भिन्न र विशेष छौँ।

सम्पूर्ण नेपाली उद्यमीहरू, उपभोक्ता र सरकार एक हौँ। हाम्रोे उद्यम अमर रहोस् ! हाम्रो एकता जिन्दावाद !

Posted by Unknown on 3:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हाम्रो उद्यम अमर रहोस् !

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011