यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-१८

सम्पूर्ण आदरणीय गज़ल प्रेमी अग्रज तथा मित्रहरु ! सर्वप्रथम त म यहाँहरु संग माफी माग्दछु करिब २ महिना सम्म तरही मुसायरा बन्द भयो ! यसमा यो प्रवासको बसाइसँगै स्थानान्तर हुनु पर्ने बाध्यताको कारण मैले नयाँ बस्ने ठाउँमा नेट जोड्न समय लाग्यो ! अन्तत:अहिले मेरो नेट जोडिएको छ र अब सकेसम्म तपाइँहरुसंग नियमित उपस्थित हुने कोशिष म गर्नेछु ! 


अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
आज मैले खोटाङ्गका प्रतिभाशाली गज़लाकार आनन्द भट्टराइ 'गाउँले' को यो मिसरा-ए-सानी 'छानी छानी त्यहींबाट संघर्ष नै चुने मैलेलाइ'घायलको तरही मुसायरा-१८' मा तरहको रुपमा दिएको छु ! साहित्यका बिबिध बिधामा कलम चलाउँदै आउनु भएका गाउँले तरही मुसायराका नियमित सहभागी पनि हुनु हुन्छ  !   यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !



गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २२ सेप्टेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल:  आनन्द भट्टराइ 'गाउँले' 
मिसरा: छानी छानी त्यहीबाट संघर्ष नै चुने मैले  
काफिया: चुने
रदिफ: मैले 
लय: छानी छानी/ त्यहीबाट// संघर्ष नै/ चुने मैले 
लय - ४+४+४+४=१६ 

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु  धन्यवाद !

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद

फेसबुकको लागि तलको लिंक हेर्नु होला

Posted by Masti Entertainment on 6:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

2 comments for घायलको तरही मुसायरा-१८

  1. Buddhi Moktan

    जसलाई मैले न्याम चपाएर कुवाएको थिए होला बुइ बोकेको थिए होला तोते र तातेको सारमा हिडाएको थिए होला त्यहि कलिलो मस्तिस्क अनी दरिलो प्रतिभा आनन्द भट्टराई 'गाउँले 'को मिसरा आज यहाँ प्रस्तुत हुँदा म हर्स बिभोर छु । अनी ती दिनहरुलाई गहिरो स्मरण गर्दै तिनै प्रतिभावान ब्यक्तिको सम्मान र घायलको तरही मुसायरा सफलताको लागि नेपालको अनी दुर्गम ठाउँ बाट अनी हतारमा यो गजल समाबेस गर्ने कोसिस गरेको छु भने घायलको तरही मुसायरा सफलताको लागि सबैमा हातेमालो होस भनि कामना गर्दछु ।
    गजल - आनन्द भट्टराइ 'गाउँले '
    मिसरा :छानी/ छानी /त्यहि बाट/ सङ्घर्स नै/ चुने मैले

    गजल

    हजारौमा एक छानी फुल माला उने मैले
    प्रीत गाँसी जीन्दगीको ताना माना बुने मैले

    लाखौं थिए आँखा तर्ने एक रोजे मन पर्ने
    सलाम् बिन्ती अरुलाई सबै बाटो थुने मैले

    धेरै थिए भत्किएका रहर ती जिन्दगीमा
    साथ हुँदा प्रियतम पिडा सबै तुने मैले

    भो है ठुली !घर जम कठोरता बाटो भन्थे
    छानी छानी त्यहि बाट सङ्घर्स नै चुने मैले

    बाटो पक्री अघि बढे प्रियतम थिए साथ
    फर्की हेर्दा बज्यो ताली जयजयकार सुने मैले

    बुद्धि मोक्तान

  2. श्यामकुमार ग्लान (तामाङ)

    तरही मुसायरा १८
    गजल - आनन्द भट्टराई
    कफिया-चुने
    रदिफ -मैले
    मिसरा- छानी छानी त्यहींबाट संघर्ष नै चुने मैले
    लय-४+४+४+४=१६
    गजल

    भेल बाढी ठुलै आयो परेली मै थुने मैले
    परिश्रममा मात्र भर हुन्छ भन्ने सुने मैले

    रहरको शहरमा कती मिठो हावा चल्छ
    बतासमा टेकी हिंड्ने सपना नी बुने मैले

    जिन्दगीमा काँडा सँगै फूल पनि फुल्दो रैछ
    केही फूल सम्झनाको धागो बाटी उने मैले

    धेरै हुदो रै छ यहाँ जिन्दगीका रङ्गहरु
    छानी छानी त्यही बाट संघर्श नै चुने मैले

    सत्यता नै दिगो हुन्छ असत्यको हार सधैं
    हुन्छ भनी जगतमा भलो मात्र गुने मैले

    श्यामकुमार ग्लान (तामाङ)
    मझुवा सिन्धुली
    हाल दोहा - कतार

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011