गजल
तिम्रोमेरो प्रित साट्ने ,जिन्दगीको बात् थियो
दुई किनारा हुनुरैछ ,बेमौसमी मात थियो |
तिम्रै हात समायर ,फेवातालमा डुंगा चड्दा
जिउने मर्ने सम्बन्धको ,एउटै हाम्रो गाथ थियो |
छुट्यो प्रित अनायासै ,जिन्दगिको डुंगा ढल्यो
जुटाउने र छुटाउनेको ,त्यहा ठुलो हात थियो |
जे जे भयो अतितमा ,बर्तमानमा सम्झी बस्दा
मैले मुटु साट्दापनी ,तिम्रो अड्डी घात थियो |
कहिलेकाही सम्झनामा " कुमार " को याद आउँदा
फुलको धारले रेट्ने माया ,बिछोडमा लात थियो |
कुमार पौडेल
पोखरा -८,हाल इजरायल |
