हाईकुहरु
![]() |
Starhang Bantawa 'Jalan' "झुत्रेजेठा" |
पिरति मैले
ख्याल ख्याल मै लाए
दुख्दैछ मुटु।
(२)
झरेको पात
कुल्चेर हिडेभो नी
के को गुनासो।।
(३)
हावाको झोका
बेसुरको जवानी
आगोको ज्वाला।।
(४)
मायाको रुप
घाउको मलम झै
पिढा भुलिन्छ।।।
(५)
अधेरी रात
सिस्नुले पोल्यो था था
मोरिले गर्दा ।
(६)
बिना कारण
छिमेकिको कुकुर
भौ भौ भुक्छ त ।
(७)
जलेर मान्छे
अरुको खुशी देख्दा
खरानी बन्छ ।
(८)
सुकेको हागा
भाचेर मान्छेहरु
गमक्क पर्छ !!!

