तलाउ मन-केहि हाइकु
![]() |
अतित मुखिया |
सपना पात खस्दा
तरंगित छ ।
आरुको फूल
कामुकता माछाको
उभौली याम ।
लज्वन्ति झार
फटेङ्ग्रा स्पर्शमा
सर्म संकुचित् ।
जुन्किरी सधै
अध्यारो नै चाहार्छ
नितम्व बाल्दै ।
आगोको राप
जाडोमा त आनन्द
गर्मिमा श्राप ।
इन्द्रधनुष
खप्टिएको रंगमा
अत्ति मनोरम ।

