केही रुपक गेडी हरु
गेडी;
१।
तिम्ले मन दियौ र मैले मायाँ लाएथें
खोली तर्दै उकाली तिम्रै लागि धाएथें
कस्तो भो,
साँचो मायाँ झुटो जस्तो भो ।
२।
लाको थिएँ पिरती ज्यानकै बाजी थापेर
अघी बढौं भनेथें दु:ख सुख खापेर
मानेथेँ
तिम्लाई आफ्नो खुशी ठानेथें ।
३।
भेट हुने चौतारी मायाँ गर्ने दौँतारी
छुटे पछी पिरती हिंड्दै छु म भौंतारी ।
मायाँले,
छोड्यो आज आफ्नै छायाँले ।
४।
मन कसै बुझ्दैन जिन्दगी यो देखेर
हाँसो खुशी भाग्यमा आएन कि लेखेर ।
मन यो,
जती सम्झ्यो रुन्छ झन यो ।
५।
आफ्नो आफ्नै भएन धुँदा पिर गएन
लुट्यो सबै भाविले बाँकी केही रहेन ।
तब त,
बाँच्नै मन छैन अब त ।
*
गोविन्द भाबुक



