यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-१७

सम्पूर्ण आदरणीय गज़ल प्रेमी अग्रज तथा मित्रहरु ! तपाइहरुको सक्रिय सहभागिताले तरही मुसायाराले दैनिक गुणात्मक बिकास गर्दै गएको छ पहिलाको भन्दा संख्यात्मक रुपमा केहि कमी देखिएता पनि स्तरीय गज़लहरु सिर्जना भएका छन् र यहि नै सफलताको मापक ठानेको छु मैले । केहि बाहेक समुर्ण गज़लहरु उच्च गुणस्तरका प्राप्त भएका छन् । जुन तपाइहरुको मुसायरा प्रतिको झुकावको प्रतिफल हो भन्दा फरक पर्दैन यसको लागि यहाँहरु सबैलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु र यसरी नै निरन्तर साथको अपेक्षा पनि गरेको छु । धन्यवाद !
               अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।


आज मैले बिराटनगरका टेकेन्द्र अधिकारी जीको  यो मिसरा-ए-सानी 'थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु' लाइ 'घायलको तरही मुसायरा-१७' मा तरहको रुपमा दिएको छु ! साहित्यका बिबिध बिधामा सक्रियरुपमा कलम चलाउँदै आउनु भएका उहाँका गेडीहरु निक्कै स्वादिष्ट हुन्छन् अनि गज़लमा मिठास !   यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल:  टेकेन्द्र अधिकारी
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६ 

गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०७ जुलाई,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु  धन्यवाद !

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद

फेसबुकको लागि तलको लिंक हेर्नु होला
http://www.facebook.com/note.php?saved&&note_id=226602830696632

Posted by Masti Entertainment on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

12 comments for घायलको तरही मुसायरा-१७

  1. acharya prabha

    ( गजल ) आचार्य प्रभा

    नीरिह भइे मनैभित्र इेच्छा कती गालेको छु
    छिया छिया मुटु मेरो कती ठाउँ टालेको छु ।

    स्वार्थी बन्ने रहर हैन परिस्थिती त्यस्तै पर्छ
    थाहा छैन आफैभित्र ब्वाँसा कती पालेको छु ।

    कैले कँहि अन्जानमै गोडाहरु लड्खराउँदा
    अन्योलमा कतिपटक पाइेला मैले चालेको छु ।

    देश प्रेमी बन्ने धोको मनमा लिइे हिँड्न खोज्दा
    सयौं पटक कालको मुखमा आफुलाइे हालेको छु ।

    पर्खाइेको पीडासँग जुझ्दा जुझ्दै आज सम्म
    आशाका ती पर्खालहरु नचाहेरै ढालेको छु ।

    आज भोली कता कता आशा जाग्दै आएकोले
    सप्तरंगी सपनाहरु मनमा पाल्न थालेको छु ।

    रचना- जुलाइे/ १/ २०११/ अमेरिकी समय १२.४ p.m
    जुलाइे/ २/ २०११/ १०.४ a.m यू.ए. इे. समय

  2. acharya prabha

    यू. ए. इे. समय जुलाइे १ हुनुपर्नेमा २ भएछ माफि चाहन्छु । मैले त अमेरिकी समय नै सम्झेछु ।

  3. जिन्दगीको नयाँ यात्रा शुरुगर्न थालेको छु
    भाषा अनि भेष सँगै आफूलाई ढालेको छु।

    यो जिन्दगी कहाँसम्म पुग्ने होला भन्दै मैले
    समयको गती सँगै नयाँ चाल चालेको छु।

    कति बिघ्न बाधाहरु झेल्नुपर्ने होला अझै
    थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु।

    सबै सोध्छन् आफैलाई थाहा छैन यो गन्तव्य
    अनि मैले आल टाल गर्दै गर्दै टालेको छु।

    गन्तव्यको लक्ष्य भेट्न हिडेको छु अझैपनि
    पूरा हुने होकी हैन तर हात हालेको छु।

    सुवास श्रेष्ठ गोरखा नेपाल।

  4. sandeep dhakal'Deep"

    घात गर्दा बैगुनीले ठाडो शिर ढालेको छु ।
    चोटहरु केलाउँदै कथा लेख्न थालेको छु ।

    छोडी जाँदा निष्ठुरीले कोमल मुटु फुटाएर
    तिता मिठा भावनाले घाउहरु टालेको छु ।

    मुर्छा पर्छु घरीघरी सम्झनाले छाती पोल्दा
    बलिन्धारा आँशु झारी पिडाहरु गालेको छु ।


    निस्वार्थी छु भन्छु तर म पनि त मानबै हुँ
    थाहाछैन आफैँभित्र ब्वाँसा कति पालेको छु ।

    फेरिपनि जिन्दगीमा मिलनको आशा राखी
    प्रातःसाँझ ढुँगा पुज्दै दीप मैले बालेको छु ।

    सन्दीप ढकाल 'दीप"
    ०१ जुलाई २०११

  5. माफी चाहान्छु मेरो बल्गको नाम आएछ पुन पोस्ट गरे है रिसानी माफ होला

    चिरा चिरा भा'को मुटु कती ठाउँ टालेको छु
    जलेको यो मुटु लीई फेरी हाँस्न थालेको छु ||

    चँन्द्रमाको ज्योती बिना अँधेरा ति तारा जस्तै
    अँध्यारो त्यो खोपा भित्र धिप्धीप् बत्ती बालेको छु ||

    मनै त हो आफ्नो भन्ने मनै न हो बिरानो नि
    थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु ||

    कती पाल्नु कालेजिमा डाहा अनी इर्शा हरु
    मन्को मैलो आँफै बाट निकालेर फालेको छु ||

    चाहाना त कती थिए भात गिलो गरीबिमा
    आफ्नो इच्छा चाहना लाई आँफै भित्र गालेको छु ||

    जीतु खड्का (गाउले)
    मोरंग उर्लाबारी
    हाल साउदी अरब

  6. Buddhi Moktan

    गजल) -बुद्धि मोक्तान

    स्वार्थ त्यागी निस्वार्थमा आस्था हरु ढालेको छु
    साचो मान्छे सभ्यतामा पाद हरु चालेको छु ।

    बिस्वासै त गर्दैनौ की कली युगमा मेरो पनि
    दशी केही छैन बरु ज्यानकै बाजी हालेको छु ।

    क्षुद्र स्वार्थी मन त्यागी भद्र मान्छे समाजमा
    बन्ने भार आफै बोकी यात्रा मैले थालेको छु ।

    क्रोध लोभ मोह मद त्यागी सबै जिन्दगीमा
    सत्य हुल्न मेरो मन्दिर् लाख बत्ति बालेको छु ।

    अज्ञानता पुरै फाली 'बुद्धि'मानी बन्छु भन्दा
    थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु।

    २०११/०७/०२

  7. मेरा आदर्णिय अग्रज तथा मेरो साथीहरु माझ मैले "घायलको तरही मुसायरा-१७" को लागि गजल कोरेको छु राम्रो नराम्रो र कमी कम्जोरी तपाईंहरुको हात्मा छा कृपया सल्लाह र सुझाब दिन नभुल्नु होला /

    कुरा हैन आजै बाट नयाँ काम थालेको छु ,
    दु:ख मात्रै भनु कति सुख बुनी टालेको छु ।।

    गाँउ गाँउ बनाउन कस्ले कति गर्‍यो यहाँ ,
    शिक्षा बाड्ने मेरो लछ्य आजै गोटी चालेको छु ।।

    भन्ने गर्छु अरु सामु मनकारी मान्छे मै हुँ ,
    थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु ।।

    मरी लानु कस्ले केहो सेवा गरे अती राम्रो ,
    सेवा गर्दै जन्छु भनी मैले हात हालेको छु ।।

    अज्ञान र अशीक्षाको जालो फोरौ आजै देखि ,
    बस्ती बस्ती रोश्नी छर्दै ज्ञान ज्योति बालेको छु ।।

    सञ्जय कुमार खड्का
    हाल्: साउदिअरब
    रामेछाप देउराली

  8. श्यामकुमार ग्लान (तामाङ)

    गजल: टेकेन्द्र अधिकारी
    मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
    काफिया: पालेको
    रदिफ: छु
    लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
    लय - ४+४+४+४=१६

    श्यामकुमार ग्लान (तामाङ)

    दाग धेरै होला तर राम्रो बाटो चालेको छु
    सहयोगी भई अब धर्म गर्न थालेको छु

    देखाइ र भोगाइको आफ्नै स्वाद बोकी हिडे
    राम्रो जती पहिरिएर अरु सबै फालेको छु

    कतै सेतो कतै कालो कतै मैलो देखिएला
    थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु

    छ्यातिएको पलहरु धेरै गुज्रे जिन्दगीमा
    जसो तसो आशा बोकी यसो उसो टालेको छु

    हासो खुशी बालुवामा सुन खोजे जस्तै भा छ
    नौलो बाटो जिन्दगीमा आफ्नै पाँउ चालेको छु

    माझुवा सिन्धुली
    हाल : दोहा,कतार

  9. श्यामकुमार ग्लान (तामाङ)

    हतारले पोस्ट गर्दा मक्ता शेरमा भएकोको कफिया दोषको लागि माफि चाहन्छु र यो मिसरा ए सानी राख्न चाहन्छु ।
    "दु:खहरु सके सम्म आफै भित्र बालेको छु"

  10. Anonymous

    हैन यहाँ त मुख्य सर्जक आफैले पनि पो सहभागिता जनाउनु भएछ त, घायल सर् यो मुसयराको नियममा पर्छ त ? के यो गजल पनि छनौट प्रक्रियामा सामेल गराइन्छ ? एस्को बारेमा हजुर के भन्नु हुन्छ ?

  11. Sumitra poudel

    घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग १७ को जानी नजानी यसरी सहभागिता जनाए ,धन्यबाद

    गजल: टेकेन्द्र अधिकारी
    मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
    काफिया: पालेको
    रदिफ: छु
    लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
    लय - ४+४+४+४=१६

    गजल ----

    उत्साह र उमङ्गको भित्र दियो बालेको छु
    अहंकार ,ईर्ष्या ,डाह अब सबै फालेको छु

    मानव् जन्म एक बार पटक् पटक् हुन्छ कहाँ
    सहि मार्ग लिन मन ज्ञान तिर ढालेको छु

    ढल्फलिंछ्न् अनायासै जिन्दगीका यात्राहरु
    चुम्न शिखर् हिक्मत लि आशा भित्र पालेकी छु

    अज्ञानता हटाउँदै ज्ञानको ज्योति फैलाएर
    विसंगति बिरुद्धमा पाइला चाल्न थालेको छु

    सेवा गर्ने चाह मेरो बिरिन्छ की बाटो कतै
    थाह छैन आफै भित्र कति ब्वाँसोपालेको छु

    घरदेश छाड्नु पर्दा रसाउँछन् यी नयन
    एकान्तको जिन्दगीमा मन आफै टालेको छु !!

    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल ;;-इजरायल

  12. राजेन्द्र

    गजल: टेकेन्द्र अधिकारी
    मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
    काफिया: पालेको
    रदिफ: छु
    लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
    लय - ४+४+४+४=१६


    उनीलाई खुशी पार्न मेरो ईच्छा बालेको छु,
    हुन्छ कि त हिरा भन्दै ढुङ्गा मैले गालेको छु ॥

    लोभी मन हुँदो रै'छ राम्रो राम्रो देखेपछि,
    थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु ।

    भन्न न त सबै भन्छन् असल बन तिमी,
    कालो सेतो बनाउन सग्लो राम्रो फालेको छु ।

    कहाँ पुग्दा टुङ्गिने हो यात्रा मेरो जीन्दगीको,
    सर्प लुक्ने दुलो भित्र नाङ्गो हात हालेको छु ।

    होस कतै हुन्न रै'छ मर्छु भन्ने बिर्षेपछि,
    त्यसैले त पलपल बाचाहरु ढालेको छु ।

    राजेन्द्र मल्ल
    आषाढ २३, बिहिबार २०६८

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011