गज़ल

हाँसो खुशी बिना एक्लै,पारेको छ रुपैयाले !!
अभावको डढेलोले, मनै ध्वस्त पारे पनि
'भोलि' 'भोलि' 'भोलि' भन्दै,टारेको छ रुपैयाले !!
आफू थिए बेला थियो,उही जोशमा अघि बढ्दा
धेरै माथि पुग्थे होला,झारेको छ रुपैयाले !!
साथी-भाई काँडा भए,नाता-गोता टाढा भए
बाँकी माया पनि पर,सारेको छ रुपैयाले !!
धेरै रात रोए कति,सोचें कति गरे कति
तै नि जिन्दगीमा 'शिव',हारेको छ रुपैयाले !!
---------------------------
शिव मिश्र
काठमान्डौ, नेपाल
Mobile:9841137653 / 9813010562E
mail:shifusion@gmail.com
