धोस्त (कबिता)
धोस्त मेरो नाम
धोस्त नै मेरो काम
मलाई धोस्त नै मन पर्छ
धोस्तैमा मन अड्छ ।
शान्तीलाई पड्काउदै
कान्तिलाई लड्काउदै
सहमतिलाई अडकाउदै
सहकार्यलाई भड्काउदै
गाउँ शहर धोस्त पार्नुछ
सडक सदन अस्तब्यस्त पार्नुछ
किनभने
मलाई धोस्त नै खान मनछ
मलाई धोस्त मै जान मनछ ।
कलाकारखाना गरी बन्द
शिक्षालाई पारी मन्द
ब्यवसायमा हाली दुर्गन्द
देशको अर्थतन्त्रलाई धोस्त पार्नुछ
धनीलाई गरीब,
गरीबलाई झन गरीबको रेखामुनी झार्नु छ
किनभने
धोस्त हो मेरो बिजय
धोस्त हो मेरो आशय
भोकोलाई भोकै राखेर
नाङ्गोलाई नाङ्गै पारेर
सात साल देखी अहिले सम्म
धोस्त नै हो मेरो जित
धोस्त हो मेरो प्रीत ।
कहिले क्रान्तिको आगो बालेर
कहिले शान्तिको धागो फालेर
धनीलाई झिरमा उन्दै
गरिबको झुठो सपना बुन्दै
धोस्तैलाई समाउदै
धोस्तैमा रमाउदै
धोस्तैमा कमाउदै
धोस्त नै हो मेरो गीत
धोस्त नै हो मेरो हित ।
धोस्त मेरो नाम
धोस्त नै मेरो काम
धोस्त नै मन पर्छ
धोस्तैमा मन अड्छ ।
प्रेम ओली
दाङ, नेपाल
हाल:काठमाडौं
