घायलको तरही मुसायरा-१४
गज़ल प्रेमी सम्पूर्ण अग्रज, मित्र तथा शुभचिन्तकहरुको लागि अबदेखि 'घायलको तरही मुसायरा' पुन:फेसबुक र ब्लगमा पनि यथावत: संचालन भैरहेको सबैलाई जानकारी गराउँदछु । यहाँलाई जहाँ सजिलो लाग्छ त्यहाँ आफ्नो सिर्जना पोस्ट गर्नु सक्नु हुँनेछ ।अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
बिष्णुनन्द चाम्लिङ्ग आजको साहित्यमा परिचित नाम हो उहाँले आफ्नो सिर्जना मार्फत छुट्टै पहिचान बनाइ सक्नु भएको छ साहित्य प्रेमीहरु माझ ! इन्द्रेणीपोखरी-३, खोटाङ्ग स्थाई घर भएपनि हाल हंगकंगलाई कार्यथलो बनाउनु भएकोछ उहाँले ! आज मैले उही प्रतिभाशाली सर्जकको गज़लको मिसरा-ए-सानी 'नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा' लाइ 'घायलको तरही मुसायरा-१४'मा तरहको रुपमा दिएको छु ! यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल: बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
सम्पूर्ण सहभागी मित्रहरुलाई हृदयदेखि नै धेरै धन्यवाद ! यहाँहरुको निरन्तर साथले यो मुसायरा अझ सम्म चलिरहेको छ र यसरी नै यहाँहरुको निरन्तर साथको अपेक्षा गर्दछु ! मैले खासै केहि दिन सक्दिन धन्यवाद बाहेक तर भोलि कुनै दिनमा नेपाली गज़ल साहित्यले यहाँहरुको योगदानलाई अवस्य पनि उच्च मुल्यांकन गर्नेछ !
सम्पूर्ण सहभागी मित्रहरुलाई हृदयदेखि नै धेरै धन्यवाद ! यहाँहरुको निरन्तर साथले यो मुसायरा अझ सम्म चलिरहेको छ र यसरी नै यहाँहरुको निरन्तर साथको अपेक्षा गर्दछु ! मैले खासै केहि दिन सक्दिन धन्यवाद बाहेक तर भोलि कुनै दिनमा नेपाली गज़ल साहित्यले यहाँहरुको योगदानलाई अवस्य पनि उच्च मुल्यांकन गर्नेछ !
प्रस्तुत छ यस श्रीखालामा दिएको मिसराको मुख्य गज़ल यहाँहरुको लागि !
नेपाल आमा डुल्छिन् उठी मेरो रचनामा ।
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा । सबैको हेर्ने इच्छा हुन्छ सुख सन्तानको,
नेपाल आमा घोल्छिन् बुटी मेरो रचनामा ।
भएर आज आफ्नै छाती युद्व रणभूमी,
नेपाल आमा ढल्छिन् टुटी मेरो रचनामा ।
कुटेर छाती पोल्या ठाउँ खोज्दा चिस्याउँन,
नेपाल आमा गल्छिन् कुटी मेरो रचनामा ।
दुखायो मुटु च्याती छाती आफ्नै सन्तानले,
नेपाल आमा भुल्छिन् खुटी मेरो रचनामा ।
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार १६ जुन,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद
फेसबुकको लागि तलको लिंक हेर्नु होला



यसरी दलबिरजीले पालैसँग सबैका गजलका मिसराहरु बाँड्नु हुनेछ वा सबैलाइे नै सहभागिता गराउँनु हुनेछ । हामीले आत्तिएर वा हत्तासिएर वहाँलाइे बिथोल्ने काम नगरौं । यो मैदानलाइे हामीले मीठा मीठा गजलका शेरहरुले हराभरा बनाउँ र तरही मुसायरालाइे कंचन र स्वच्छ भावले सफल बनाउँ । आपसी मन मुटावलाइे यस्को माध्यम नबनाउँ । यो मैदानले सबैलाइे पोख्त गजल खेलाडी बनाउँदै गरेको मैले अनुभव पाइेरहेकीछु । समयानुसार सहभागिता सबैले जनाउँन नसक्नु आ-आफ्नो परिस्थितीको कुरो हो । शुभकामना सबै सर्जकहरुलाइे । अनी बिष्णु नन्द भाइलाइे पनि शुभकामना ।
घायलको तरही मुसायरा सफलताको कामना गर्दै चाम्लिङ दाजु लाई हार्दिक बधाई धन्यबाद ।
गजल: बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
उत्तर हो की ! प्रश्न त्रुटी मेरो रचनामा
'गयो नेपाल किन फुटि ?'मेरो रचनामा
तिम्रा सन्तान 'गा'को छैन भन्दा टुक्रिएर
हासिन फेरि ती भृकुटी मेरो रचनामा।
स्वादेश गान सुन्छु लेख अनी गाउ भन्दै
नाच्छिन् उनी आफै उठी मेरो रचनामा ।
'सहिद छोरा तिम्रै थिए, किन भयो हेला?'
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
कागज मसी खेत बारी फल्दै सय मुरी
कलम बनोस् साझे गुठी मेरो रचनामा ।
बुद्धि मोक्तान
२०११/०६/१४
नमस्कार सम्पूर्ण अग्रज हरुलाई नमस्ते खोइ मेरो कमजोरी हो या मिसरामै त्रुटि हो बोलाइ मा मुठी भए पनि व्याकरण मा मुट्ठी हुन्छ की ? कुनै पनि गजल को मिसारा हरु लिएर आउदा दोधारमा नपारियोस भन्ने इच्छा मात्र हो मेरो जसो जसो पण्डित बा उसै उसै स्वाहा गरे मैले पनि
===========================
बोल्छिन आमा माथि उठी मेरो रचनामा
गर्ब गर्र्छिंन छाती कुटी मेरो रचनामा ||
हिर्दय खोलि साहित्यको सेवा गर्छु भन्दा
ममता पोखे गावै जुटी मेरो रचनामा ||
घायल थियो काब्य सुधा कथा रुदै थिए
आमा भर्र्थिन जडी बुटी मेरो रचनामा
देशको माटो सुहाउने कोर्दा गीत मैले
नेपाल आमा खोल्छिन मुठी मेरो रचनामा ||
समय खेर किन फाल्नु कोर्छु फेरी आमा
बुट्टा भर्र्छिन मुलै फुटी मेरो रचनामा ||
जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
(गजल ) आचार्य प्रभा
पाठक सारा खोल्छन् गुठी मेरो रचनामा
पढ्दछन् कृति मन त्यो चुठी मेरो रचनामा ।
लेख्दैछु आज देशको कृति स्वच्छ कलमले
नेपाल आमा खोल्छिन् मुट्ठी मेरो रचनामा
कोरिए भने पापिष्ट शब्द देशको इेज्जतमा
रुँदी हुन् आमा आफै टुटी मेरो रचनामा ।
जनता भाँड्ने अक्षर अब मैले कोरें भनें
देशका पाठक बाँच्लान् फुटी मेरो रचनामा ।
कलमी शक्ती देखाइे अब कोरौं इेतिहास
शान्तिको ध्वनी बज्छ छुटी मेरो रचनामा ।
लेखुँला गीत शान्तिको लागी आफ्नै इेमानको
अनर्थ लेखे मर्छु कुटी मेरो रचनामा ।
प्रण यो गर्छु शान्तीको धुन छर्ने देशभरी
बनुन् पाठक सबै जुटी मेरो रचनामा ।
( रचना - १३ जुन २०११ )
टाढा भएनी आउँछे उडी मेरो रचनामा ,
हाँस्दै आउँछिन् छिर्छिन् कुटी मेरो रचनामा ।
ज्ञान गुनका कुराहरु मुटु भरि राख्छे ,
खान्छिन् मकै बोल्छिन् चुठी मेरो रचनामा ।
सम्पती नै ज्ञान हो ज्ञान भए बल्छ दियो ,
उनी भन्छिन् दिन्छिन् गुठी मेरो रचनामा ।
मख्ख पर्छिन् गीत सुनी ताली पिट्नलाई,
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा ।
चित्त मलाई बुझेन है एकपल्ट नाच्छु बरु,
भन्दै हाँस्छिन् नाच्छिन् उठी मेरो रचनामा ।
राजेन्द्र मल्ल
आषाढ १, २०६८
घायलको तरही मुसायारा १४मा मेरो गजल यसप्रकार छ ..
नदेख आज तिमीले त्रुटी मेरो रचनामा !
दुखेर रुन्छौ हजारौं जुटी मेरो रचनामा !!
...भाग्य को खेल यस्तै रैछ सधै दुख पिडा!
खोजेर सुख लैजाउ लुटी मेरो रचनामा !!
देश को माँया साच्नु पर्छ आत्मा चोख्याएर !
नेपाल आमा खोल्छिन मुठी मेरो रचनामा !!
गर पौरख सक्छौ भनें देश रित्तिसक्यो !
पाउने छैनौ सहज बुटी मेरो रचनामा !!
सुन्यताको माँया सर्वेसर्वा बन्यो मेरैलागी !
घाइते कलम गयो छुटी मेरो रचनामा !!
हिरु शर्मा ...
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१४ लागि जानी नजानी भाग लिने प्रयास गरे ,धन्यवाद !!
गजल: बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
गजल ----१४
रम्लान भोलि पाठक् जुटी मेरो रचनामा
चेतना होला सन्देश फुटी मेरो रचनामा
कलम लिई डटेर सधैँ अघि बढ्ने छु म
गौरव गर्लान् माथि उठी मेरो रचनामा
बिग्रियो देश विकृतिले शान्ति पनि छैन
हुन्छ की सारा जडिबुटी मेरो रचना
भावना मिठो साहित्यको धारा प्रवाहले
नेपाल आमा खोल्छिन् मुठ्ठी मेरो रचनामा
गुन्जेर ध्वनि देश भरी आँशु पुछिएला
मन् ध्यान होला ती हृदय फुटी मेरो रचनामा
देश कै पीडा समेटेर कोर्छु इतिहास
हर्षले रोलान् इर्ष्या टुटी मेरो रचनामा !!
सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;-- इजरायल
सबै गजलप्रेमी महानुभाबहरुलाई हार्दिक अभिबादन । साथै तरही मुसायरा सफलताको कामना ।
गजल: बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
श्यामकुमार ग्लान (तामाङ)
मधु रसको खुशी लुटी मेरो रचनामा
अनुरागी नाच्छन उठी मेरो रचनामा
हिमाल जस्तै शिर राखी अझै लेख्न सकु
नहोस त्यस्तो टुटी फुटी मेरो रचनमा
पहाड भित्र चल्ने मुटु सधैं चलीरहोस
साहस बोकी हिडुन जुटी मेरो रचनामा
तराइ सँगै पाउ राँखु लक्ष भरिएको
नपरोस है हिंड्न छुटी मेरो रचनामा
गौरब गर्दै सगरमाथा विश्व सामु बस्दा
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
माझुवा सिन्धुली
हाल : दोहा,कतार
महल हैन लेख्छु कुटी मेरो रचनामा।
पाठकलाई बनोस् गुठी मेरो रचनामा।
कोइलीसँगै नौलो भाका फेर्दा साहित्यले,
डाँफे मयूर नाच्छन् जुटी मेरो रचनामा।
गुन्जिंदा गीत बीरताको गाँथा नेपालीको,
सहिदहरु हाँस्छन् उठी मेरो रचनामा ।
मितेरी गाँस्छ कलमले छाँगा पाखासँग,
बहन्छ भाब लहर छुटी मेरो रचनामा।
अशान्ति फाली जरैदेखि शान्ति बीज छर्न,
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा।
देशमा सबै हिड्छन् लुटी मेरो रचनामा
हिड्दैछन् कोही मान्छे कुटी मेरो रचनामा।
यो स्वभिमान जोगाउन परे अघि बढ्दै
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा।
कानुन पनि हाम्रो लागि मात्र रैछ यहाँ
दबाब दिउ सबै उठी मेरो रचनामा।
जनतालाई लाखा पाखा गर्दै भ्रष्टचारी
दलालहरु हिड्छन् जुटी मेरो रचनामा।
सोझा जनता बिना गल्ती वर्षौ जेल सड्छन्
ति चोरहरु जान्छन् छुटी मेरो रचनामा।
सुवास श्रेष्ठ गोरखा नेपाल।