केही मुक्तकहरु....
(१)व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ,
मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर,
अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ । (२)
तारा झार्छु भन्नेहरुले ब्ल्याक् होल झारेर बसे,जनविश्वासको उर्वर सतहभरी खाल्डो पारेर बसे
जनचाहना र भावना बुझ्ने नेता को छ र यहाँ ?
बनाउँछु भन्दै फेरी संविधानको मिती सारेर बसे ।
(३)निस्पन्दनले स्पन्दनसित केही खोलेझैँ लाग्छ,
यो मनले धड्कनसित केही बोलेझैँ लाग्छ
लोकतन्त्र भनेको त जनताको प्राण होइन र ?
तर कठीन जनजीवनले झन् पोलेझैं लाग्छ ।
नैना निरझरा
धादिंग, नेपाल
हाल: काठमाडौ


