गजल-सोधी खोजी किन गर्छौ
फूल वैली झरेपछी सोधी खोजी किन गर्छौ
बदनाम गरेपछी सोधी खोजी किन गर्छौ
तिमीलाई हृदयको महलमा राखेको थें
अन्तै डेरा सरेपछी सोधी खोजी किन गर्छौ
इच्छाहरु बेहोस छन् तिम्रै लागि संगालेका
तिर्सना नै मरेपछी सोधी खोजी किन गर्छौ
मुल्यहिन ठान्यौ मेरो सिंउँदोको सिंदुर यो
अर्कै माथ भरेपछी सोधी खोजी किन गर्छौ
खेल्यौं धेरै मनसँग अनी आज धोका खायौ
बल्ल दु:ख परेपछी सोधी खोजी किन गर्छौ
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबि,युएई


