घायलको तरही मुसायरा-१०
मेरो यतिबेला फेसबुकमा एसेस (चलाउँन नपाउँने) नभएकोले यहाँहरुले शियर गरिदिनु भएमा आभारी हुनेथिएँ । धन्यवाद !
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
'घायलको तरही मुसायरा-१०'को नियमित श्रीङ्खलामा आज मैले अमर सरोबर जीको गजलको मिसरा-ए-सानीलाई तरहको रुपमा छनेकोछु । अमर सरोबर फेसबुक र बिभिन्न अन्य ब्लगहरुमा निक्कै चर्चित नाम हो । उहाँको सिर्जनाले सबैको मनलाई आफुतिर खिच्न सफल हुन्छन् । आउँनुहोस् आज उनै चर्चित गजलकारको यो मिसरा-ए-सानी 'रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु' लाई
तरहको रुपमा दिएकोछु । यहाँहरुले यसैको आधारमा एक पूर्ण गजल लेखेर ब्लगमा पोस्ट गर्नु होला ।
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६
अमर सरोबर जीको मुख्य गज़ल यहाँहरुलाई पेश गर्दै छु ! धन्यवाद !
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार १९ मे,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

छाडिदिए हुन्थ्यो कि त, तारिदिए हुन्थ्यो बरु ।
रुवाएर राख्नु भन्दा, मारिदिए हुन्थ्यो बरु ।।
म फुटेर टुक्रा-टुक्रा, हुँदा पनि नहोस् दुखी,
दु:ख जति मेरै तिर, सारिदिए हुन्थ्यो बरु ।
माया गर्ने मन भन्दा, धोका दिने मन धेरै,
मुटु अझै छिया-छिया, पारिदिए हुन्थ्यो बरु।
जति जति जल्दै गएँ, झनै धेरै जल्न दियौ,
थोरै चित्त राखी अरु, टारिदिए हुन्थ्यो बरु ।
सङ्लो थियो 'सरोवर', विष किन घोलिदियौ
अब सदा आँशु संगै, झारिदिए हुन्थ्यो बरु
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार १९ मे,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

घायलको तरही मुसायराको सफलताको कामना गर्द्छु ।
गजल: अमर सरोबर
मिसरा: रुवाएर/ राख्नु भन्दा/ मारिदिए/ हुन्थ्यो बरु
जुनी बित्ने एक जुवा, नारिदिए हुन्थ्यो बरु
जोती खाने छेउ कुना, बारीदिए हुन्थ्यो बरु
फुस्स फुस्स सिंदुरका कण हरु शीर माथी
चलाउदै दक्ष औंला, झारिदिए हुन्थ्यो बरु
कस्ता होला कहाँ होला छिट्टै पाउँ मैले भन्ने
भावनाको खुल्दुली यो, टारिदिए हुन्थ्यो बरु
रोकी छल्न सकिन है, तिब्र मनका इच्छा मैले
आमा बन्ने जीव कोष, सारिदिए हुन्थ्यो बरु
धरै आँशु बगे मेरा, औंला भाँची कुरी बस्दा
रुवाएर राख्नु भन्दा,मारिदिए हुन्थ्यो बरु
-बुद्धि मोक्तान
२०११/०५/१५
मेरा अग्रजहरु सबै जना "घायलको तरही मुसायरा-१०" को लागि मेरो गजल पेश गरेको छु ।यसमा केही कमजोरी भएमा सुझाब दिनु हुन को लागि अनुरोध् छ।
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६
दोबटोको चौतारीमा झरिदिए हुन्थ्यो बरु ,
बैशालुको मायाजाल्मा परिदिए हुन्थ्यो बरु ।।
पर्खिबसे झुपडिमा हेर्दा हेर्दै रात ढल्यो ,
कति दिन्छौ पिडा मत्रै हरिदिए हुन्थ्यो बरु ।।
आँशु झार्दै बसिरहे आँखा मेरा सुख्खा भए ,
रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु ।।
तुच्छ बोल्दा सधैं भारी मिठो सम्झि सुनिरहे ,
बुरा सबै बानीहरु छाडिदिए हुन्थ्यो बरु ।।
जती टाढा हुन्छौ तिमी मेरो मुटु पोल्छ सधैं ,
तिम्रो डेरा मेरो घर सारिदिए हुन्थ्यो हुन्छ बरु ।।
मेरो फोटो देख्दा सधैं झर्को लाग्छ भनेपनि,
बाँस काटी चोया बुनी बारीदिए हुन्थ्यो बरु ।।
सञ्जय कुमार खड्का
रामेछाप देउराली
हाल :- साउदिअरब
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१० लागि मैले जानी नजानी भाग लिने प्रयास गरेको छु , ''घायल ज्यु '' तथा सरोवर जीलाई हार्दिक धन्यवाद !
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६
गजल --
रिसाउनु भन्दा बाटो बारिदिए हुन्थ्यो बोरु
यो दिलका त्यो सम्झना झारिदिए हुन्थ्यो बोरु
यसै दु;खी छ यो मन तिम्ले खेल खेल्यौ झन
जति जित्नु जित्यौ अब हारिदिए हुन्थ्यो बोरु
नजिकिंदा भन्छौ आफै तड्पिन्छु म तिमी बिना
पिरतिको फोस्रो ढावा टारिदिए हुन्थ्यो बोरु
कति खेप्नु दु;ख पीडा जिन्दगीको यो यात्रामा
हे ईश्वर !यो भेल् बाट तारिदिए हुथ्यो बोरु
सक्तिन म बिछोडिन माया प्रेम् को रोग लाग्यो
रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बोरु !!
सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;-- इजरायल
"घायलको तरही मुसायरा-१०"
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६\
कति राख्छौ परेलीमै तारिदिए हुन्थ्यो बरु
तिम्रै दिलको झ्यालखानामा सारिदिए हुन्थ्यो बरु ।
ईश्र्वर तिमी छौ भने माग्न पाए एउटा कुरा
दु:ख जम्मै मलाई मात्र पारिदिए हुन्थ्यो बरु ।
किनारा झैं प्यासी भएँ हरेक साँझ पिउँदा पनि ।
ईन्द्रले नै सोमरस वर्षाईदिए हुन्थ्यो बरु ।
तिम्रो नजर डुलेको छ क्षितिज पारी पारी
मेरै अंग सुम्सुम्याउँदै चारिदिए हुन्थ्यो बरु ।
खाटा बस्यो सिरानीमा तिम्रो पिडा धुँदाखेरि
रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु ।
राजेन्द्र मल्ल
जेष्ठ ४, २०६८
निलकण्ठ-१, धादिङ बेंशी
हाल काठमाडौं