गजल-आश बाँकी रहुन्जेल
मुटुभित्र एकचिम्टी आश बाँकी रहुन्जेल
तिमीलाई भुल्ने छैन सास बाँकी रहुन्जेल
देऊ दु:ख भोगी रन्छु लाश बाँकी रहुन्जेल
अधुरो छु अपुरो छु यै धर्तिमा बाँचेकोछु
नधपाऊ यहाँ मेरो बास बाँकी रहुन्जेल
पिरतीको अटुट म मुहान हुँ भन्थ्यौ तिमी
त्यो त रै'छ सम्पत्तिको रास बाँकी रहुन्जेल
अब मेरो अस्तित्व नै बाँकी कहाँ रह्यो यहाँ
म भन्दा नि अर्को कोहि खास बाँकी रहुन्जेल
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स
