यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-९

अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु  धन्यवाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-९'को नियमित श्रीङ्खलामा आज मैले छोटो समयमा नै निक्कै उत्कृष्ट गजल पस्किंदै आउँनु भएका सर्जक आनन्द श्रेष्ठको गजललाई तरहको रुपमा दिएकोछु । काठमाण्डौ निवासी उहाँ पेशाले इन्जिनियर भए झैं गजलमा नौला-नौला शब्द सिंगार्नमा पनि खप्पिस हुनु हुन्छ । आउँनुहोस् आज उनै चर्चित गजलकारको यो मिसरा-ए-सानी 'मुटुभित्र उर्लिएको छाल थाहा पाउँ' लाई तरहको रुपमा दिएकोछु । यहाँहरुले यसैको आधारमा एक पूर्ण गजल लेखेर ब्लगमा पोस्ट गर्नु होला ।



गजल: आनन्द श्रेष्ठ  
मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४

आनन्द श्रेष्ठ जीको यहि गजलको मिसरा-ए-सानी दिएको थिएँ र सोही गजल यहाँहरुलाई पस्किंदैछु । धन्यवाद !

कस्तो होला ?! हजुरको हाल थाहा पाउँ
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

अघि पछि देख्छु सबै, छर्लङ्ग यो यात्रा
आफन्तले बिच्छ्याएको,जाल थाहा पाउँ,

टेक्छु यहाँ आफ्नै देख्छु,आँखा चिम्ली हिड्छु
बाटो छेउ नदेखिने, नाल थाहा पाउँ,

अश्रुधारा बगिदिन्छ,भिजाउँछ जिउ
कहाँ होला मन छोप्ने,पाल थाहा पाउँ,

मायाँजाल डुबाउने, ताल थाहा पाउँ,
भागी जाने जिन्दगीको,चाल थाहा पाउँ ।।

गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम
दिन बिहीवार १२ मे,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।


ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् अनी प्रकशित हुने प्रतिक्षा गर्नुहोस्

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने मात्रै साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

Posted by Masti Entertainment on 12:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

8 comments for घायलको तरही मुसायरा-९

  1. यति छोटो समयमा यति धेरै अग्रजहरूसँग चिनाजानी भएकोमा र अग्रजहरुबाट प्राप्त सुझाव र हौसलाले म आफैलाई साह्रै नै भाग्यमानी ठान्दछु । गजल लेखन कार्यमा निकै कम समयमा यहाँसम्म आईपुग्नु मेरो प्रयास मात्र नभएर अग्रजहरूबाट प्राप्त मायाँ पनि हो । आशा छ यहाँहरू सबैले यो तरहीलाई सफल बनाउनु हुनेछ ।
    "घायल"को तरही मुसयरा मेरो नजरमा एकै प्रकारका काफिया र रदिफलाई भिन्न प्रकारले प्रस्तुत गर्न सक्ने क्षमता भएका सर्जकहरूको उपस्थिती हो ।
    "घायल"को तरही मुसयरा -९ मा मेरो गजल छानिनुमा म हृदयदेखि श्रध्देय गजलकार श्री दलबीर सिँह"घायल"ज्युलाई धन्यबाद दिन चाहन्छु।अत:सम्पूर्ण साहित्यप्रेमी सर्जक अग्रजहरूमा यो तरही सफल बनाईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

  2. आनन्द जी ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -९ को लगि मेरो गजल यसरी लेखेँ
    गजल: आनन्द श्रेष्ठ

    मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
    काफिया: छाल
    रदिफ: थाहा पाउँ
    लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
    ४+४+४+२=१४


    प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
    सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ

    तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै
    हाम्रो भेट गराउने काल थाहा पाउँ

    अधरमा लाली देखेँ सोध्न मन लाग्यो
    मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

    मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
    तिमी नाँच्ने मादलको ताल थाहा पाउँ

    मौका फेरि आउँदैन जाने भए जाउँ
    नबोलेर बस्छौ किन चाल थाहा पाउँ


    अज्ञात पाल्पाली

  3. Buddhi Moktan

    आनन्द सरलाइ बधाई दिदै घायलको तरही मुसायराको पूर्ण सफलताको कामना गर्दछु ।

    तरही मुसायरा -९

    गजल: आनन्द श्रेष्ठ
    मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

    --------------------------

    बाजा बज्ने मंसिरको साल थाहा पाउँ
    कुरी बस्ने कुमारीको चाल थाहा पाउँ

    कस्ती होली मेरी रानी कल्पिदिदा मैले
    वक्ष बाहु ओठ पाउ डाल थाहा पाउँ

    सम्झि दिदा रुप रङ्ग घुट्कन्छ यो मन
    चुम्न मिल्ने सबै अङ्ग बाल थाहा पाउँ

    भयो मुगा पुग्यो पन्ना दाइजोका चिज
    नारीत्वकी लक्ष्मी पूज्य थाल थाहा पाउँ

    मेरो जस्तै खुल्दुली त्यो उस्मा पनि होला
    मुटु भित्र उर्लिएको छाल थाहा पाउँ

    -बुद्धि मोक्तान
    २०११/०५/०७

  4. Sumitra poudel

    सम्पूर्ण साहित्यिक मनहरुलाई हार्दिक नमन टक्राउँदै घायलको तरही मुसायराको सफलताको कामना गर्दछु ! आनन्द जीलाई हार्दिक बधाईको साथमा उहाँको गजलको
    मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
    काफिया: छाल
    रदिफ: थाहा पाउँ
    लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
    ४+४+४+२=१४ आधारमा घायलको तरही मुसायरा ९ मा जानी नजानी सहभागिता जनाउँने प्रयास गरेको छु ,धन्यवाद !

    गजल -

    तिमी मेरो ढुक्ढुकी हौ चाल थाह पाउँ
    टाढा छु म तिमीबाट हाल थाह पाउँ

    चाह हैन प्रिय मेरो बिदेशिनु आज
    तिमी चल्ने समयको चाल थाह पाउँ

    पवित्र छ हाम्रो माया छचल्किदा तिम्रो
    मुटु भित्र उर्लिएको छाल थाह पाउँ

    नियतीले यस्तै पार्यो एक्लै हुँदा तिमी
    चोट पुग्ला त्यो दिलमा गाल थाह पाउँ

    आँखा लाग्ला दुनियाँको मलाई छ डर
    कसो गरी छोपुं प्रिय जाल थाह पाउँ

    अघि पछि जता जातै तिम्रै छाँया देख्छु
    त्यो नयनमा सजिएको ताल थाह पाउँ !!


    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल ;;-इजरायल

  5. राजेन्द्र

    यो श्रृखलाको प्रस्तुती मैले यसरी जनाएँ ।

    गजल: आनन्द श्रेष्ठ
    मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
    काफिया: छाल
    रदिफ: थाहा पाउँ
    लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
    ४+४+४+२=१४


    सानु तिमी संञ्चै छौ त हाल थाहा पाउँ ।
    सपनीमा आउँदाको चाल थाहा पाउँ ॥

    सुन्न मैले नसके नि ढुकढुकी तिम्रो ।
    मुटुभित्र उर्लिएको छाल थाहा पाउँ ॥

    तिर्खाएर तिमी प्यासी बनिरा'छौ भने ।
    हाम्रो माया प्रिती फल्ने झाल थाहा पाउँ ॥

    नाफा घाटा के कुरा भो खेल्ने मन भए ।
    जिन्दगी नै दाउ हान्ने खाल थाहा पाउँ ॥

    संगै बाँच्न नसके नी मर्छु तिमीसंगै ।
    तिमी संगै घाट जाने काल थाहा पाउँ ॥

    राजेन्द्र मल्ल
    निलकण्ठ-१, धादिङ बेंशी
    बैशाष २७, २०६८, हाल काठमाडौं ।

  6. श्यामकुमार ग्लान (तामाङ)

    गजल: आनन्द श्रेष्ठ  
    मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
    काफिया: छाल
    रदिफ: थाहा पाउँ
    लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
    ४+४+४+२=१४
    श्यामकुमार ग्लान (तामाङ)

    प्रणयले भरिएको ताल थाहा पाँउ
    स्वर्ग जस्तै सधैं माया जाल थाहा पाँउ

    नबोलेरै भएपनि मन भित्र पसेपछी
    मुटु भित्र उर्लिएको छाल थाहा पाँउ

    पछी बाट आँखा छोपी कतै लान खोज्दा
    परै बाट लुकी आको चाल पाँउ

    मर्नु पर्दा सँग सगै मर्नु पाए भन्दै
    नदेखेरै आइदिने काल थाहा पाँउ

    बिहानीको प्रभा सँगै एकै दृष्‍टि हेर्दा
    प्रमोद्ले टोलाएको हिमाल थाहा पाँउ

    माझुवा सिन्धुली
    हाल : दोहा,कतार

  7. sanajaya kumar khadka

    घायलको तरही मुसायरा-९ को लागि मेरो गजल

    मेरा प्रिया मित्र तथा आग्रज हरुलाई मेरो गजल्मा भयका गल्ति कम्जोरी हरु आउल्याइ सुझाब गरिदिनु होला /ध्न्यबद /



    नबोलेरै मायालुको चाल थाहा पाऊँ ,

    परिआए आपत्ति हाल थाहा पाऊँ ।।



    जब उनी नजिकिदै समिपमा देख्दा ,

    मुटु भित्र उर्लिएको छाल् थाहा पाऊँ ।।



    सपनिमा आइतिमी किन दिन्छौ झल्को,

    इसारामा मदलुको ताल थाहा पाऊँ ।।



    तिमी बिना जिन्दगी अधुरो लाग्छ सधैं ,

    बिनासोचे आयोभने काल थाहा पाऊँ ।।



    कोहिआइ जिन्दगीमा चुडी लग्योभने ,

    दुबै हामि मेल हुने साल थाहा पाऊँ ।।



    सञ्जय कुमार खड्का

    हाल :- साउदिअरब

  8. सधै तिम्रो हिडाईको चाल थाहा पाउँ
    जति टाढा बसे पनि हाल थाहा पाउँ।

    दुई जिउ भए पनि मुटु यौटै पारी
    मुटुभित्र उर्लिएको छाल थाहा पाउँ।

    तिम्रो मेरो यात्रालाई कोही रोक्न खोजे
    अगाडीनै बाटोका ति जाल थाहा पाउँ।

    सड्यन्त्रको ताना बाना बुन्दै भए कतै
    तिनीहरु बस्ने सबै खाल थाहा पाउँ।

    कहाँ बाट कैले बाट सबै कुरा खोजी
    दिन गते महिना र साल थाहा पाउँ।

    सुवास श्रेष्ठ गोरखा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011