गजल-साहित्यकी तारा तिमी
हाम्री प्यारी साथी गजलकार तथा गीतकार उमा सुबेदीको अन्तरार्ष्टिय साहित्यिक समाज इजरायलले गरिएको बिदाई कार्यक्रममा समयको अभावले उपस्थिती हुन नसकेको कारणले उहाँ प्रती दुई शब्द कोसेली स्वरुप चढाउछु ।
इन्दिरा प्रयास
साहित्यकी तारा तिमी उज्वल छौ जून भन्दा
बहुमुल्य हुनु तिमी अकबरी सुन भन्दा
बिलक्षण प्रतिभाले सबै मनमा जाग तिमी
नारी शक्ती देखाउ अब कमी छौ र कुन भन्दा ?
.
असल बाटो तिम्रो नै हो निरन्तर हिंड्दै जानु
मनकी न्यानी हुनु तिम्री शिशिरको ऊन भन्दा
.
नयन भरि साथी संगी सङगालेर भए पनि
अझै प्रिय हुनु तिमी सारङ्गिको धुन भन्दा
.
हाम्रो प्रयास साथै राख्ने मित्रताको घेरा भित्र
त्यसैले त भन्ने गर्छौ चखिली छौ नून भन्दा



