यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल-आचार्य प्रभा



आचार्य प्रभा

( गजल ) ( मातातिर्थ औंशीको पुनित अवसरमा ) 

जन्म दियौ कर्म दियौ जीवनको दर्शन दियौ
आखिर त्यस्को बदलामा तिमीले त के पो लियौ ?


परिवारको सुरक्षामा जिन्दगी नै सुम्पिएर
आधामरो भएर नै जीवनको सार जियौ ।

दश धारा दुधको भार हामीले त तिर्नै पर्छ
नाँगो शरीर हाम्रो ढाक्न भोटो नाना पनि सियौ ।

बाल बच्चा पालन पोषण गर्ने भार तिम्रै थियो
दु:ख सुख अभावमा कती आसुँ तिम्ले पियौ ।


 बालकको चाकरमा तिम्रा उमेर त्यसै बिते
आफुलाई घोटेर नै सिद्रा बन्दै तिमी खियौ ।

संसारमा सबैभन्दा आमा जात उच्च हुन्छ
एैले मात्र होइन है सत्ययुगकी  देबी थियौ ।

मातातिर्थ औंशिको पावन अवसरले हाम्रो माटोलाई स्वागत गरेछ त्यसैले मैले पनि हत्तार मा आफ्नी मात्र आमा नभइे सारा जननीलाई नै सम्झेर यो गजल श्रीजना गरें । ( रचना मे -२ २०११ )

Posted by Masti Entertainment on 11:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल-आचार्य प्रभा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011