यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

आमा !


निमेष गिरी 
                                          खै कसरी म तिमी प्रतिको मेरो आगाध स्नेहलाई दर्शाउ तिमी प्रतिको माया र ममता बताउन शब्दको खडेरी लागेको छ । तिमीले आफनो गर्भमा राखेर मलाई यो संसार हेर्ने भोग्ने सु अवसर प्रदान गरेकी छौं । मेरो तोते बोलीमा लोली लाग्नु अगाडी तिमीले नै मलाई शब्द ज्ञानको भ्रुण छर्ने काम गरेकी थियौ । त्यसलाई कहा म भुल्न सक्छु र । मेरा थरथराउने
कोमल शरीरमा तिम्रो मायालु हातको स्पर्शका साथै तेलको मालीशले मेरा शरीरमा तागत भरेकी थियौ । त्यहि तिम्रो स्पर्शको पौष्टिकताले आज मेरा शरीरका चुरहरु शक्तिशाली बनेका छन् ।

अति सन्काहा र रिसाहा स्वभावको मेरा आचरणहरुलाई तिमीले झेलेकी थियौ । मेरो शरीरको क्रमिक विकाशको क्रममा तिमीले जानेका र बुभेका समाजका सवल पक्ष्यको ज्ञान बाडनु का सथै समाजका खराब र खोक्रो आण्डम्बरको बिरुद्धमा
लडनु पर्छ भन्ने सोचको बिकासमा सधै सकि्रय भुमिका निर्वाह गरेकी थियौ । मेरा बालपनका दिनमा तिमीले घर परीवारमा कामको बाडफाडमा पनि उतिकै भुमिका निर्वाह गर्दै हामीलाई खाना बनाउन लगाउने र आफना कपडाहरु धुन र आफुले खाएको भाडा आफै सफा गर्नुपर्छ भन्ने मान्यतालाई हिटलर शासन लादेको आभास नभएको पनि होईन तर आज लाग्छ तिम्रो तत्कालीन समयको त्यस किसीमका व्यबहारले हामीलाई धेरै कुरामा सजिलो बनाएको छ । आज प्रवाशमा रहदा खाना आफै बनाउनु पर्दछ आफनो पेल्ट आफै सफा गनुपर्दछ लुगा आफै धुनुपर्दछ तर बिगतमा नै यि कामहरुको आदत बसिसकेका कारण धेरै सजिलो भएको छ । हो आमा कहिले काहि त बालपनमा तिम्रो सत्ताको बिरुद्धमा आन्दोलन गरेका पनि थियौ तर कहिले तिम्रा सत्ता हल्लाउन सकेनौ । तिम्रो सत्ताको बिरुद्ध उत्रदा कहिले चुल्होमा पानी खन्याउने त कहिले सफा गर्न राखेका भाडाहरुलाई भकुण्डो
खेल्ने काम भाई र दाईको तुलनामा मैले नै धेरै गरेको तिमीऌ बिसर्िएकी छैनौ होला है तिमीले । फुलमा पानी हाल्दै गरेको मलाई रिसका एक आबेगमा गमला र फुल प्रति आफनो क्रोध प्रकट गर्ने मलाई सम्हाल्न तिमीले कुचो चप्पलको स्वादिलो अचार बारम्बार चखाएकी थियौ र केहि क्षढमा नै तिम्रो रिसको समाप्ति संगै दाई र भाईसंग लुकाएर केहि रुपया दिएर खुशी बनाउथ्यौ है ।

कति खन्चुवा थिए है तिमीले एक हप्ताको लागी किनेर ल्याएकी फलफुललाई एकै दिनमा स्वाहा पार्न त सारै मज्जा आउथ्यॊ । म बारम्बार तिम्रो सत्तामा उपद्रो मचाईनै रहन्थे तिमी त्यसलाई पचाई नै रहन्थ्यौ । कहिले दण्डित गरेर त कहिले माया गरेर मलाई सुधार्ने काम गरेकी थियौ । मलाई तिन कक्षमा पढदा कबिता लेखेर वाचन गर्न दिने तिमीले मलाई साहित्य प्रति मेरो रुचिलाई बढाउने काम तिमीले नै गरेकी हौ वास्तवमा तिमी नै मेरो साहित्यिक गुरु हौ भन्ने कुरामा बिमति छैन । तिमीले हाम्रा चाहाना र ईच्छालाई पुरा गर्न तिम्रा चाहानाईच्छालाई तिलान्जली दिदै हाम्रा मुहारमा खुशीका रेखहरु कोर्न निरन्तर सकि्रय थियौ । खै आमा आज भौगोलीक रुपमा म तिमी भन्दा धेरै टाढा छु तर पनि तिम्रा काखका न्यानो पना र तिम्रो ओठको मधुर्य चुम्बनको लालसा लागेर आउछ । यो जन्म त तिम्रै कोखबाट भयो यदि संसारमा सात जन्म हुन्छ भने प्रत्येक जन्म म तिम्रै कोखबाट जन्मन चाहान्छु है आमा ।

Posted by Masti Entertainment on 11:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आमा !

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011