गजल-फिर्ता लैजाउ बरु अब
सोच्दैछु म जिन्दगीको सागर एक्लै तरुँ अब ?
धेरै भयो लुका मारी गाह्रो भा'छ सहन लाई
बाँच्नै पर्ने पीडा बोकी उँभो जाउँ कि झरुँ अब ?
किन यस्तो!न'त घरको न घाटको भएँ आज
निस्ठुरिको वस्ती छोडि लाग्छ बसाइँ सरुँ अब ?
यस्तै रैछ जीवन भनी मन भुल्ने ठाउँ छैन
बैमानीले जालमा पर्यो कठै कसो गरुँ अब ?
चारैतिर घातै घात भो बिश्वासको मियो ढल्दा
आफ्नै मान्छे बैरी भए कसको भर परुँ अब ?
गोविन्द अधिकारी
रचना; २५ बैशाख २०६८
