हेहेहेहे खै के खै के गजल
कैले भने पूर्णिमाको जून जस्तै तिम्रो माया ।।
त्यति बेला जाडो यामको उन जस्तै तिम्रो माया।।
कैले मिठो स्वरले कान गुन्जयमान पनि पार्छौ ।
अनि लाग्छ बाँसुरीको धुन जस्तै तिम्रो माया ।।
फेरी कैले बाँसघारीको रुप्पीको झै कराउँछौ ।
तरकारीमा धेरै हाल्या नुन जस्तै तिम्रो माया ।।
आग्रा भन्दा गाग्रो सुन्ने वानी तिम्रो विछट्टै छ ।
अनि लाग्छ मकैको त्यो घुन जस्तै तिम्रो माया ।।
जे भए नी तिम्रो साथ सधैभरी चाहेको छु ।
खैनीलाई पूर्ण पार्ने चुन जस्तै तिम्रो माया ।।
विष्णु भुर्तेल
विराटनगर ५ मोरङ्ग
२०६८ बैसाख २५ गते ।



