यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-११

अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु  धन्यवाद ! 

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।




'घायलको तरही मुसायरा-११' को नियमित श्रीङ्खलामा आज मैले कल्पना अवस्थी जीको गजलको मिसरा-ए-सानीलाई तरहको रुपमा छानेकोछु । गज़लको क्षेत्रमा नयाँ नाम भए पनि कल्पना अवस्थीका निक्कै मिठा गज़लहरु फेसबुकमा पढ्न पाइन्छ । उहाँको सिर्जनाले सबैको मनलाई छुन सफल हुन्छन् । आउँनुहोस् आज उनै नवगजलकारको यो मिसरा-ए-सानी 'आँसु बगी पीडाहरु गलेपछि के को चासो' लाई तरहको रुपमा दिएकोछु । यहाँहरुले यसैको आधारमा एक पूर्ण गजल लेखेर ब्लगमा पोस्ट गर्नु होला ।




गजल: कल्पना अवस्थी   
मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
काफिया: गलेपछि
रदिफ: के को चासो 
लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो 
४+४+४+४=१६


कल्पना जीको यो गज़लको मिसरा-ए-सानी मैले तरहको रुपमा दिएको थिएँ ! प्रस्तुत छ उक्त मिसराको पूर्ण गज़ल !


जिन्दगी नै मेरो अब ढलेपछि के को चासो
आँसु बगी पीडाहरु गलेपछि के को चासो

दिनु पर्ने बेला साथ छोडी गयौं एकान्तमा
सम्झनाको कोसेली यो जलेपछि के को चासो

नजरको दोषी भएँ तिम्रो सामु आँउदा नी
अन्तै आँखा डुलाएर छलेपछि के को चासो

मेरो माया नाटक भो त्यही सम्झी मन रुन्छ
दिएँके थेँ चोखो माया न ले पछि के को चासो

जानु थियो गै हाल्यो त फर्की फेरी धाँउछौ रे
मेरो नाम आज भोली चलेपछि के को चासो 



गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २६ मे,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु


(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।

(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।


ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ । 

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

Posted by Masti Entertainment on 12:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

16 comments for घायलको तरही मुसायरा-११

  1. Anonymous

    सर्वप्रथम कल्पनाजीलाई बधाई । दलवीरजीको यस्तो रमाइलो अभियानमा सहभागी हुन पाउँदा खुसी लाग्यो । तसर्थ घायलको तरही मुसायरा-११ का लागि तलको गजल कोर्ने प्रयास गरेको छु । धन्यवाद ।
    गजल: कल्पना अवस्थी
    मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
    काफिया: गलेपछि
    रदिफ: के को चासो
    लय: आँसु बगी/पीडाहरु//गलेपछि/के को चासो
    ४+४+४+४=१६

    घायलको तरही मुसायरा-११ का लागि गजलः

    पिरतीमा नून-चूक दलेपछि के को चासो
    माया गर्ने मुटु आफैँ जलेपछि के को चासो

    स्वार्थी छ दुनियाँ यो, भन्ने लाग्न थालेको छ
    बिछोडको भेल-बाढी चलेपछि के को चासो

    घात हुँदा विश्वासमा, हृदयमा आघात पुग्छ
    स्वार्थी बनी आफन्तले छलेपछि के को चासो

    दिक्क लाग्छ कहिले काहीँ, सम्झिँदा आफैंलाई
    विरहमा भक्कानिँदै ढलेपछि के को चासो

    चौतारी हो जिन्दगी, मन बिसाउने हाँसो-खुसी
    आँसु बगी पीडाहरू गलेपछि के को चासो

    लिँदाभन्दा दिँदा जाति, हुन्छ भन्छन् पिरतीमा
    मूर्दा बनी आफ्नै चिता बलेपछि के को चासो

    -टेकेन्द्र अधिकारी
    विराटनगर, नेपाल

  2. तिर्खाएर आँत मेरो जलेपछी के को चासो ।
    भञ्ज्याङमा एक्लै पारी छलेपछी के को चासो ।

    प्रित रोपी सजाएको फुलबारी डढेपनी
    तिम्रो प्रित उतै तिर फलेपछी के को चासो ।

    एकान्तमा आँशु झर्दा क्षितिजमा लुक्यौ सधैं
    विना साथ यो जिन्दगी ढलेपछी के को चासो ।

    तिमी गयौ डाँडा काटी म एक्लै छु डाँडा वारी
    सम्बन्धमा शितहुरी चलेपछी के को चासो ।

    हेर्दाहेर्दै खुशीहरु रित्तिएर भित्रभित्रै
    आँशु बगी पिडाहरु गलेपछी के को चासो ।


    आनन्द भट्टराई "गाउँले"
    खोटाङ

  3. Dhundi Bairagi

    धोखा दिई साथीसंगी चलेपछि के को चासो
    आफै भित्र आफैसंग ढलेपछि के को चासो
    चाहिदैन सहयात्रा विचबाटो छोडी जाने
    एक्लो पारी खुशीहरु मलेपछि के को चासो
    माफ कहाँ मागिबस्छौ घाउ निको भए पछि
    आँसु बगी पीडाहरु गलेपछि के को चासो
    आस्था मरे किन जाने चर्चगुम्बा मन्दिरमा
    हेर्दा हेर्दै मन्को देव जलेपछि के को चासो
    चाह छैन घाम जुन भए हुने भन्ने अब
    आफै भित्र दन्न आगो बलेपछि के को चासो

    दुन्डी वैरागी
    जुम्ला कर्णालीबाट

  4. श्यामकुमार ग्लान (तामाङ)

    सम्पूर्ण गजलप्रेमी स्रस्टाहरुलाई न्यानो अभिबदन टक्याउदै यो मेरो प्रयास राखेको छु ।

    गजल: कल्पना अवस्थी
    मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
    काफिया: गलेपछि
    रदिफ: के को चासो
    लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
    ४+४+४+४=१६
    श्यामकुमार ग्लान (तामाङ)

    विश्वाशको धरोहर ढलेपछी के को चासो
    प्राणयको पत्रहरु जले पछी के को चासो

    जिन्दगीको मूनालाई सारेको थे दिल भरी
    बोट भरी बीष मात्र फलेपछी के को चासो

    फूल कुर्दै बसेको थे बसन्तको पर्खाइमा
    नियतिको तातो हावा चलेपछी के को चासो

    दु:खै रै'छ जिन्दगानी आँखा भरी टिल्पिलाको
    आशु बगी पीडाहरु गलेपछी के को चासो

    कुनैबेला भाग्य हामी सगै सँगै हिंड्ने गर्थ्यो
    आज आफ्नै भाग्यले नै छलेपछी के को चासो

    मझुवा सिन्धुली
    हाल: दोहा,कतार

  5. हामी भेट्ने पिपलु नै ढलेपछि के को चासो
    माया साँच्ने यो मुटुनै जलेपछि के को चासो।

    माया गर्ने मायालु त छल गरी भाग्छ भने
    नचिनेका पराईले छलेपछि के को चासो।

    दु:खपर्दा टाढा भागी नजिकिन खोज्नेलाई
    आँसु बगी पीडाहरु गलेपछि के को चासो।

    मीठा कुरा गर्छौ तर बगलीमा छुरा राख्दै
    षड्यन्त्रका जालहरु चलेपछि के को चासो।

    रोपेका ति मायाप्रीति फल्न नपाई झरेपछि
    नफल्नुथ्यो विष पनि फलेपछि के को चासो।

    सुवास श्रेष्ठ गोरखा नेपाल

  6. घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -११ लागि मैले गजल यसरी लेखेँ कल्पना जी ! लाई धन्यबाद

    गजल: कल्पना अवस्थी
    मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
    काफिया: गलेपछि
    रदिफ: के को चासो
    लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
    ४+४+४+४=१६

    सुख दिँदा दु:ख खोजी दलेपछि के को चासो
    रहरका खम्बाहरु ढलेपछि के को चासो

    आफ्नै सम्झी पछी लागेँ छोप्न अझै सके छैन
    आफ्नै मान्छे छाँया बनी छलेपछि के को चासो

    प्रियसीको प्रतिक्षामा मन्को दीयो बाली बसेँ
    मन्को दीयो राँको बनी बलेपछि के को चासो

    सम्झी सम्झी रुँदा रुँदा गले सबै पीडा पनि
    आँशु बगी पीडा हरु गलेपछि के को चासो

    सोध्ने गर्थ्येँ सधैं मैले तिम्रो ईच्छा के छ भनी
    तर तिम्रो चहाना नै जलेपछि के को चासो

    अज्ञात पाल्पाली

  7. घायलको तरही मुसायरा -११
    गजल कल्पना अवस्थी
    मिसरा-आँशु बगी पीडाहरु गले पछि के को चासो
    कफिया-गले पछि
    रदिफ-के को चासो
    लय-४+४+४+४=१६
    गजल

    मानिसले मानिस नै छले पछि के को चासो
    सम्झाउने मन त्यसै जले पछि के को चासो

    आफन्त नै पराइ भए बिश्वास मात्र कति गर्नु
    आत्मा सम्मान बिर्सिएर ढले पछि के को चासो

    परिवर्तन गर्न भनि समाज पनि कुल्ची हिंडे
    माया फ्याँकी क्रोधी आगो बले पछि के को चासो

    दिन दु:खी देख्दा देख्दै मूर्ती पुज्ने रीत कस्तो
    सच्चा देव नचिन्दै ति चले पछि के को चासो

    सत्य कुरा बुझ्नलाई मन मन्दिरमा पस्नु भन्दा
    आँशु बगी पींडाहरु गले पछि के को चासो

    इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा,हाल -इजरायल

  8. Buddhi Moktan

    घायलको तरही मुसायरा -११
    गजल कल्पना अवस्थी
    मिसरा-आँशु बगी पीडाहरु गले पछि के को चासो
    कफिया-गले पछि
    रदिफ-के को चासो
    लय-४+४+४+४=१६

    गजल

    संगै बाँच्ने आस्था मेरो ढलेपछि के को चासो
    निभ्नु थियो मनको आगो बलेपछि के को चासो

    भै गो अब आत धरै मैले किन दुखाउनु
    आत संगै साथ हरु छलेपछि के को चासो

    आफ्नो ठानी कति मैले स्थीर भइ बस भने
    बाटो मोडी अन्त कतै चलेपछि के को चासो

    साँचो प्रेम हामी माथी सल्किन्दैन राँको भन्थी
    फुस्स फुस्स भित्री कुना जलेपछि के को चासो

    भुल्नै निको ठाने मैले वर्ग तिनी अनुजा की
    आँशु बगी पिडा हरु गलेपछि के को चासो


    बुद्धि मोक्तान
    २०११/०५/२५

  9. विश्वाशका खम्बाहरु ढलेपछि के को चासो
    अलिकती बाँकी आश जलेपछि के को चासो ।

    तिमी प्यासी थ्यौ भने ढुङ्गा किन हान्यौ
    तलाउ जस्तो स्थिर मन चलेपछि के को चासो ।

    सपना त देखाउँथ्यौ आकाशको तारा झार्ने
    मेलापात पधेंरीमै छलेपछि के को चासो ।

    तिमी पाउँ भनी मैले के मात्रै गरिन त
    आँशु बगी पीडाहरु गलेपछि के को चासो ।

    तिम्रो चिठ्ठी पाएँ आज मेरै नाममा आ'को
    पराइको सिंदुर मैले दलेपछि के को चासो ।

    राजेन्द्र मल्ल
    निलकण्ठ-१, धादिङ बेंशी
    हाल काठमाडौं

  10. ठडिएको शिर मेरो ढलेपछी के को चासो
    सास फेर्ने कालेजो'नै जलेपछी के को चासो |१|

    कर्मै मेरो खोटी रै'छ दोष मैले किन दिनु
    अमृत रोपे बिष फल्यो फलेपछी के को चासो |२|

    घाऊ माथि चोट दियौ आँशु यहाँ बग्नै थियो
    आँशु बगी पिडा हरु गलेपछी के को चासो |३|

    सुख हुँदा साथ दियौ दु:ख पर्दा छोडि गयौ
    बिछोडमा छट्पटिदै ढलेपछी के को चासो |४|


    मिठा मिठा कुरा गरी लुट्नु थियो लुटी सक्यौ
    जानी जानी झुक्याएर छलेपछी के को चासो |५|

    जीतु खड्का (गाँउले )
    मोरङ उर्लाबारी

  11. Sumitra poudel

    घायलको तरही मुसायरा सफलताको कामना गर्दै जानी नजानी भाग -११ लागि यसरी लेखेँ प्रयास गरेको छु ,धन्यवाद !
    गजल: कल्पना अवस्थी
    मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
    काफिया: गलेपछि
    रदिफ: के को चासो
    लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
    ४+४+४+४=१६

    गजल --

    तिम्रो आशा त्यो भरोषा बले पछि के को चासो
    तड्पी तड्पी मेरो मुटु जले पछि के को चासो

    तिमीलाई आफ्नो ठानी चोखो प्रेम दिएकैथ्यें
    दोबाटोमा कुराएर छेले पछि के को चासो

    दुवै मिलि समाजको तारा बन्ने चाह थियो
    त्यो मनमा हावा हुरी चले पछि के को चासो

    आफ्ना सबै बिर्सिएर दिल भित्र सजौदा नि
    आँशु बगी पीडाहरु गले पछि के को चासो

    मुखले त राम् भन्थ्येऊ बगलीमा छुरा रै'छ'
    समाज कै सामु शिर ढले पछि के को चासो !!


    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल ;;-- इजरायल

  12. acharya prabha

    ( गजल ) आचार्य प्रभा


    मुटु पोल्दै ब्यथाहरु बलेपछी के को चासो
    जिन्दगीले आफैलाइे छलेपछी के को चासो ।

    झुटो बचन दिने बानी नगरेकै बेश हुन्छ
    समस्याको खात आफै टलेपछी के को चासो।

    भो भो अब नआउ है झुठो आश दिनलाइे
    आँसु बगी पीडाहरु गलेपछि के को चासो

    पर्दैन भो थामी दिन आस्थाका ति महलहरु
    आफ्नै शिर निहुँरेर ढले पछी के को चासो ।
    बित्ने कुरा बितिसक्यो फर्किएर आउन्न है
    तिम्रो पाउ स्वार्थभित्र चले पछी केको चासो ।

    आसुँरुपी शीत अब छर्ने केही काम छैन
    जब आँत सुक्खा बनी जलेपछी के को चासो ।

    ओखतीको खाँचो छैन घाउ गाढा भइे सक्यो
    जब मन रोगी बनी थले पछी के को खाँचो ।

    (रचना- मे/ २६/ २०११, समय १२ बजे दिनको अमेरिकी समय )

  13. acharya prabha

    ( गजल ) आचार्य प्रभा


    मुटु पोल्दै ब्यथाहरु बलेपछी के को चासो
    जिन्दगीले आफैलाइे छलेपछी के को चासो ।

    झुटो बचन दिने बानी नगरेकै बेश हुन्छ
    समस्याको खात आफै टलेपछी के को चासो।

    भो भो अब नआउ है झुठो आश दिनलाइे
    आँसु बगी पीडाहरु गलेपछि के को चासो

    पर्दैन भो थामी दिन आस्थाका ति महलहरु
    आफ्नै शिर निहुँरेर ढले पछी के को चासो ।

    बित्ने कुरा बितिसक्यो फर्किएर आउन्न है
    तिम्रो पाउ स्वार्थभित्र चले पछी केको चासो ।

    आसुँरुपी शीत अब छर्ने केही काम छैन
    जब आँत सुक्खा बनी जलेपछी के को चासो ।

    ओखतीको खाँचो छैन घाउ गाढा भइे सक्यो
    जब मन रोगी बनी थले पछी के को खाँचो ।

    (रचना- मे/ २६/ २०११, समय १२ बजे दिनको अमेरिकी समय )

  14. घायलको तरही मुसायरा ११ मा म बिना तामाङ् पनि सहभगी जनाउने रहरले यो गजल लेखेकी थिएँ पोस्ट गर्न नसकेकोले इन्दिरा प्रयासलाई जिम्मा लगाएँ,यदि गल्ती भए माफ गरी दिनु होला ।

    गजल: कल्पना अवस्थी
    मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
    काफिया: गलेपछि
    रदिफ: के को चासो
    लय: ४+४+४+४=१६

    म्याद थप्ने मात्र बहस् चले पछि के को चासो
    संबिधान नै बिना सदन् ढले पछि के को चासो

    दुई चार वर्ष पर्खाएर त्यसै भुल्याइ जनलाई
    बनेका ति खाका पत्रै जले पछि के को चासो

    हामीलाई छल्न भनि धोकेबाजी रङ्ग घोल्दै
    आफै माथि श्वेत रङ्ग दलेपछि के को चासो

    बनाएनौ हेर्यौ मात्र हामी सबै उफ्रीएको
    फतफती ति हातखुट्टै गले पछि के को चासो

    हाम्रो नियत् दिन दिनै काल चक्र लम्ब्याउने
    भत्ता फल्ने रुखाँ बिष फले पछि के को चासो


    बिना तामाङ्, काठ्माण्डौ नेपाल

  15. acharya prabha

    मैले तरही मुसायरा ११ को लागि लेखेको गजलमा अन्तिम को मक्तामा चासो हुनु पर्नेमा खाँचो भएछ । त्यस्कोलागी क्षमा प्रार्थी छु ।

  16. कल्पना जीको यो गज़लको मिसरा-ए-सानी मैले तरहको रुपमा दिएको थिएँ ! प्रस्तुत छ उक्त मिसराको पूर्ण गज़ल !

    जिन्दगी नै मेरो अब ढलेपछि के को चासो
    आँसु बगी पीडाहरु गलेपछि के को चासो

    दिनु पर्ने बेला साथ छोडी गयौं एकान्तमा
    सम्झनाको कोसेली यो जलेपछि के को चासो

    नजरको दोषी भएँ तिम्रो सामु आँउदा नी
    अन्तै आँखा डुलाएर छलेपछि के को चासो

    मेरो माया नाटक भो त्यही सम्झी मन रुन्छ
    दिएँके थेँ चोखो माया न ले पछि के को चासो

    जानु थियो गै हाल्यो त फर्की फेरी धाँउछौ रे
    मेरो नाम आज भोली चलेपछि के को चासो

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011