अर्थ खोज्दै हिंडेको छु
गज़ल
आज मेरो जिन्दगीको अर्थ खोज्दै हिंडेको छु
संधै दुख्ने मुटुलाई अझै घोच्दै हिंडेको छु
किन जन्में किन हुर्कें किन भएँ असफल
धर्तिको म बोझ हुँ कि भन्ने सोध्दै हिंडेको छु
सुख शान्ति कस्तो हुन्छ केहि थाहा पाइएन
यस्तै दु:खी रै'छ भाग्य दु:ख जोख्दै हिंडेको छु
दुनियाँको सामु मेरो बदनामी मात्रै भा'छ
कतै जाँदा पनि आफै मुख छोप्दै हिंडेको छु
समयको वेगसँगै न त संधै चल्न सकें
नियतिले थुपारेको बोझ बोक्दै हिंडेको छु
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
