घायलको तरही मुसायरा-१३
गज़ल प्रेमी सम्पूर्ण अग्रज, मित्र तथा शुभचिन्तकहरुलाइ गत हप्तादेखि 'घायलको तरही मुसायरा' पुन:फेसबुक र ब्लगमा पनि यथावत: संचालन भैरहेको सबैलाई जानकारी गराउँदछु । यहाँलाई जहाँ सजिलो लाग्छ त्यहाँ आफ्नो सिर्जना पोस्ट गर्नु सक्नु हुँनेछ ।
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
'घायलको तरही मुसायरा-१३' मा आज पुन: मैले २०३४ सालदेखी साहित्यको बिभिन्न बिधामा कलम चलाऊँदै,सैनिक रेडियो कार्यक्रम र बिभिन्न गिती एल्बमबाट पाठक तथा स्रोताको मन जित्न सफल कलमकर्मी जो आधा दर्जन भन्दा बढी सम्मान तथा प्रसंसापत्रहरु पाईसक्नु भएकोछ । अग्रज सर्जक प्रभा आचार्य ज्युको गजलको
एक मिसरा-ए-सानी 'स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न' यहाँहरुलाई पेश गर्दैछु । यही मिसरा-ए-सानीको आधारमा एक पूर्ण गजल लेखेर फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु होला ।
गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८
सहभागिताको लागि सम्पूर्ण मित्रहरुलाई आभार सहित धन्यवाद व्यक्त गर्दछु र यसै गरि यहाँहरुको निरन्तर साथको अपेक्षा गर्दछु ! प्रभाजी को मुख्य गज़ल यहाँहरुको लागि प्रस्तुत छ !
कोमल त्यो मनभित्र रुखो ढुङ्गा फलाउनु हुन्न ।
नेतृत्वको स्वाभिमानी आस्थालाई ढलाउनु हुन्न ।
जन्म दिइेन् कर्म दिइेन् आखिरमा दृष्टि पनि दिइेन्
सकेसम्म ममताको चोखो आत्मा जलाउनु हुन्न
शान्त बनी सधैं बगोस् निर्मल बन्दै मनभित्र नदी
अशान्तिको ढुङ्गा फ्याँकि शान्त नदी चलाऊनु हुन्न ।
सबै मिली रोपौं आजै मल्जल् गरी शान्तिरुपी बिज
अशान्तिको तिखो काँढा मरिगए पलाउनु हुन्न ।
थपी दिउँ शाहसको अघी बढ्ने शक्तीरुपी बल
चालेका ति गोडाहरु निरश बनी गलाउनु हुन्न ।
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०९ जुन,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद
फेसबुकको लागि तलको लिंक हेर्नु होला
http://www.facebook.com/note.php?note_id=213453648678217




सर्जक मित्रहरु आज फेरि मेरै गजलको मिसरा देखेर म अचम्भित् बनें । मत १३ औं श्रिंखलामा के मिसरा आएछ ?अब गजल लेख्नु पो पर्यो भनेर तयार परेकी त आफ्नै पो रहेछ । आजको गजल लेखनको झन्झटबाट भने बँचेँ । यो गजल पुरा कस्तो छ? मैले पनि खोजेर हेर्नै पर्छ । मैले निक्कै अघाडी नै पठाएको गजल रहेछ । मेरै दोहोरिन गएकोमा पक्कै पनि दलबिर जीले सहि निर्णय नै गरेर गर्नु भएको होला । यहाँहरुलाइे शुभकामना तथा बधाई..../
घायल दाजु यसपटक किन हजुरले अर्थ न वर्थको मिसरा दिनु भाको हो ? न लय मिल्छ न सेन्स नै ,न के न के , कुन सेन्स मा टेकेर लेख्ने त खै यसपालीको गजल, अनी एसरी एकै सर्जक को दोहोर्याएर मिसरा दिनु भन्दा बरु नियमित रुपमा उत्साहका साथ् सहभागिता जनाइ रहनु भएका नव गजल्कारहरुको पनि एक एक पटक मिसरा दिंदा हुन्थ्यो की , जस्ले वहाँ हरुमा पनि अवस्य उत्साह थप्थ्यो ,मेरो विचार निस्फिक्री रुपमा हजुर समक्ष राखेँ है दाजु , सायद ठिकै पनि बोलेँ जस्तो लाग्छ, गल्ति भए माफ पाउँ ।
नाम नराखी बोल्नेलाइे खै के भन्ने ? मैले पनि त भनेकी नै छु नि किन एकजनाको राखिएछ भनेर । हिजोको मेरो स्टाटसमा यो कुरा मैले राखी सकेकीछु । शायद अरु गजल प्राप्त नभएर हो कि भनेर । दलबिरजी लाइे पँगु बनाउँन फेरि यो आँगनमा यस्ता प्रतिकृया लेखिएको हो । यो मिसरा आफैमा गलत हुनु र अर्थ न बर्थको हुनु स्वभाविक होला यहाँले भने अनुसार तर यहाँ ठीक र बेठिक अर्थ न बर्थको छुट्ट्याउन नसक्नु दलबिर जीलाइे असक्षम देखियो यसर्थ सबै पोख्त हुन सक्दैनन् । यहाँ दलबिर जी र म असक्षम ठहरिएता पनि यस्ता दिग्गज श्रोता पाठक वा सर्जक जस्ले यती महत्वपूर्ण सुझाव दिनु भयो । यहाँले यस्तो प्रतिकृया निर्धक्कसँग नडराइे आफ्नो नाम सहित दिनु भएको भए हामी आभारी हुनेथियौँ र यहाँले पनि दलबिर जी लाइे गजल पठाउनु भएको भए हुन्थ्यो वा पठाएर पनि दलबिर जी को ध्यान गएन यो त आचार्य प्रभालाइे थाहा हुन सकेन । अब यहाँ अन्धकारमा लुकेर बिथोल्न खोज्नु भन्दा हिम्मतले आफ्नो नाम राखेर यसरी सुझाव दिँदा यहाँको शाहसिक कदमलाइे हामी सबैले शिरोपर गर्ने नै छौं र यो प्रतिकृया दिने उही दिग्गज तर "......"लाइे मैले अनुमान लगाइे सकें । जय होस् बिथोल्ने कामको । अब यो मुसायरामा उक्त प्रतिकृयावालाले सधैं गजल पोस्ट गरेर पनि यहाँ भने गजल पोस्ट गर्नुहुने छैन । कारण वहाँलाइे यहाँ बिथोल्नु मात्र छ । अनी मेरो बिरुद्धमा आक्रोश पोख्नु छ । जो मेरो लिस्टमा पनि हुनुहुन्न आजकल । न म नै छु ।
"मेरो सहभागिता त्यसको लागि, जस्ले /जहाँ नेपाली गजलको इतिहासमा नयाँ आयाम भित्र्याउदैछ/भित्रिन्दैछ !!!"
घायलको तरही मुसायरा सफलताको कामनाको साथमा प्रभा दिदीलाई हार्दिक बधाई /धन्यबाद ।
गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको/आस्थालाई/ढलाउनु /हुन्न
४+४+४+४+२=१८
गजल
दाजु सग भाइ लडी दुस्मनता फलाउनु हुन्न
कस्को जय हुन्छ फेरि हतियार चलाउनु हुन्न
रगतको मुल्यलाई साक्षी राखी साहषले भर्दै
सन्ततीको भाग्य फल्ने अवसर छलाउनु हुन्न
बीरताको गाथाबोकी उदाएको नाताफेर्छु भन्दै
सदभावले कोरिएको इतिहास जलाउनु हुन्न
कर्म प्रिय भुमिमाथी शान्तिप्रिय हाम्ले बिझ रोप्न
पौरखीला हात पाउ खुम्च्याउदै गलाउनु हुन्न
चाहाना त्यो जनताको गणत्तन्त्र देशै भरी हेर्ने
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
-बुद्धि मोक्तान
२०११/०६/०६
moktanbu.blogspot.com
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१३ लागि जानी नजानी भाग लिने प्रयास गरे !
गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८
गजल ---
सद्भावना प्रेम मासी बैरभाब पलाउनु हुन्न
अस्तित्व छ ठुलो हाम्रो संरचना जलाउनु हुन्न
सुन्दर त्यो फुलबारी छत्तिस् थरि सुवास छ यहाँ
ती फूल् फुल्ने आँगनमा द्धेष-घृणा फलाउनु हुन्न
हातेमालो गर्न छाडी हत्या हिंसा बढाउँने किन ?
देश ढाक्यो तुँवालोले गोली बारुत् चलाउनु हुन्न
शिर ठाडो पार्न सिक बैरिसँग झुकाउँनु किन ?
नेपाली हौँ पिर व्यथा पाली मुटु जलाउनु हुन्न
मानवमा नैतिकता बिश्वासको खडेरी छ यहाँ
बुझ्दैन त्यो तनाबले तनमन गलाउनु हुन्न
जनताको चाह बुझी उन्नतिको बाटो लेऊ अब
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न !!
सुमित्रा पौडेल भरतपुर चितवन
हाल --इजरायल
Bhupendra Mahat जीको फेसबुकबाट
टोली पिच्छे बोली फेर्ने जिब्रोलाई चलाउनु हुन्न
आत्मा ग्याली होला कतै आँफैलाई छलाउनु हुन्न
उर्लेर के! कुर्लेर के! खहरेको के भरोसा भो र ?
होश गर्नु बगाउला आसपास पलाउनु हुन्न
स्वबिबेक धितो राखी कस्तो गर्ब हुन्छ कुन्नी खोइ ?
पोल्ला कतै चुलो फुक्न आफ्नै हात जलाउन हुन्न
राम राम धेरै भयो छलछाम गर्नेहरु बिच
पाप पुण्य चिन्ने ले त मन्मा लोभ फलाउनु हुन्न
कालो कालै हुन्छ रंग बदलेर सेतो बनाएर
आस्थाले बनाएको धरोहर ढलाउनु हुन्न
मुसायरा-१३ को यो श्रृखलामा प्रभा दिदीको मिसरामा गजल लेख्दा के'भा के'भा जस्तो भै'रह्यो तर पनि प्रयास गरें ।
हत्याहिंसा आफ्नै देशाँ हाम्रो खुशी जलाउनु हुन्न ।
कालकुट बिष हो त्यो बगैचामा फलाउनु हुन्न ॥१॥
वीरहरुको कथा हाम्रो भुल्नु हुन्न कैहिल्यै जीवनभर ।
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न ॥२॥
कति सहनु चाप पनि दक्षिणको त्यो तातो हावा ।
डटेर बस्नुपर्छ नेपाली मनलाई गलाउनु हुन्न ॥३॥
पराईको त कुरै छाडौं आफ्नै घरको मान्छे टाढा ।
टाढैबसे पनि पर्छ बाड्नु हाम्ले छलाउनु हुन्न ॥४॥
कहिल्यै सोध्यौ हाल मेरो विरानो भै परदेश बस्दा ?
साथी ! विदा भएँ म त मनभित्र पाप पलाउनु हुन्न ॥५॥
राजेन्द्र मल्ल
जेष्ठ २५, २०६८
समय ब्यबस्थापन गर्न नसकेर,भने जस्तो गजल श्रीजना गर्न नसक्नुमा आँफै लाई दोश दिन्छु ।
यस्तै हतारोमा रचिएको चित्त नबुझ्दो गजल लिएर सहभागीता जनाए । स्विकार्नुस् ।
घायलको तरही मुसायरा-१३
गजल-प्रभा आचार्य
मिसरा-स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
कफिया-ढलाउनु
रदिफ-हुन्न
लय-४+४+४+४+२=१८
श्यामकुमार ग्लान (तामाङ)
शहिदको सपना र बलिदानी जलाउनु हुन्न
युग हाँक्न तम्सिएको जोसलाई गलाउनु हुन्न
जस्तो सुकै आधी हुरी छेक्न किन नपरोस यहाँ
छिने पनि हाम्रो शिर कतै पाउ चलाऊनु हुन्न
स्वतन्त्र सार्वभौम फुलिरहोस हाम्रो देश सधैं
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
हरा भरा बसन्त झै छाइरहोस मेचीकाली सदा
अबिश्वास अन्यायको टुसो कतै पलाउनु हुन्न
अटल छ अमर छ पुर्खाको त्यो चिनोहरु यहाँ
भात्किएला बिग्रिएला जथाभाबी चलाऊनु हुन्न
सिन्धुली,माझुवा
हाल : दोहा, कतार