यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लघुकथा - चुँइगम


आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।


लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।

"Sir, may i seat here." मैले प्रश्न गरे
"Yes please, have a seat." सरले भन्नुभयो 

धेरै प्रश्नहरु सोधिए,धेरैको उत्तर दिएँ।अलि अलि गर्दै मेरो डरपनि गायब हुँदै गयो।एक प्रकारको आत्मविश्वास पलायो।

अन्त्यमा सर सँग हात मिलाउँदै म बहिर निस्किएँ,मन हर्षितनै थियो।सरको कुरा गराइबाट म पास हुने लगभग पक्का थियो/

एक हप्ता पछि रिजल्ट निक्कियो।म पनि ढुक्क हुदै रिजल्ट हेर्न गएँ।म झसङ्ग भएँ कहि कतै पनि मेरो नम्बर छैन।म जिल्ल परेँ।यता उता नजर डुलाएँ पर क्यान्टिन छेउमा मलाई अन्तरवार्ता लिने सरलाई देखेँ।म कुदेर सर भएको स्थानमा पुगेँ।

"सर नमस्कार!" मैले अभिवादन गरेँ 
"ए!भाई नमस्कार,आरामै हुनुहुन्छ?"सरले  उत्तर दिनुभयो
"आरामै छु सर।""सर....! "म रोकिएँ
"हजुलेर के सोध्न लाग्नु भएको मलाइ थाहा छ।"सरले भन्नु भो 
"हो, सर! आखिर मेरो नाम किन आएन??" मेरो जिज्ञासा
"भाइ, मानिसको पहिलो परिचय उसको व्यवहार हो।" 
"त्यो त मलाइ थाहा छ ।"मैले बिचमै कुरा काटे 
"थाहा भएको भए किन त्यो दिन चुँइगम चपाउँदै आउनुभएको त? अन्तरवार्ता दिन ।"
हँ! म छक्क परेँ, याद आयो त्यो दिन मेरो मुख सुक्खा भएकोले चुँइगम चपाउँदै लाइनमा लागेको थिएँ।भित्र जाने समयमा पनि फ्याल्न भुलेछु/

ल भाइ म लागेँ-सर पनि जानुभयो ।

म भने आत्माग्लानी गर्दै जड भएँ केहि सोच्न पनि सकिन।

निराजन प्रभात लुइँटेल 
झापा-नेपाल
हाल -दोहा कतार

Posted by Masti Entertainment on 1:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लघुकथा - चुँइगम

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011