गजल -१०८
तिम्रै हातले समाउने करुवा हुन मन लाग्छ,
सधै मैले जितेकै हो तिमीले जित्दा मजै अर्को
नजितेर सँधै पानी मरुवा हुन मन लाग्छ।
सधैँ प्यासी भैरहे झैँ बोलाई पानी मागी रँ'दा
तिम्रो प्यास मेटाउन जरुवा हुन मन लाग्छ,
टाढा हुँदा मन मरे नजिक हुन आउँथेँ म
तिम्ले भेट्न सक्ने गरी सरूवा हुन मन लाग्छ
पोलीरहे मनभित्र सम्झना साँच्न मन लागे
छाती भरि चरि र'ने चरुवा हुन मन लाग्छ
आनन्द श्रेष्ठ
काठ्माण्डौं, नेपाल
