यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

Old series घायलको तरही मुसायरा-१


Old series घायलको तरही मुसायरा-

by Dalbir Singh Baraili 'Ghayal' on Sunday, January 30, 2011 at 1:13pm
आजभोलि नेपाली साहित्यमा निक्कै फष्टाएको कुनै बिधा भने त्यो गजल नै हो भन्दा अत्तियुक्ती नहोला गजलको बिकाससँगै विविध नयाँ प्रयोग पनि हुँदै आएको कतिपय विद्वानहरुले अब गजलको संरचना नै बदलेर नयाँ क्रान्ति गर्नु पर्छ भनिरहेको बेलामा हामी भने गजल कै एक लोकप्रिय भाग 'तरही मुसायरा' बारेमा भने अनभिज्ञ छौं आज त्यही 'तरही मुसायरा' भनेको के हो ? कसरी लेखिन्छ? भन्ने बारेमा केही भनाइ राख्न चाहन्छु यो 'तरही मुसायरा' फारसी, उर्दु हिन्दीको शास्त्रीय परम्परा हो त्यहाँ एकदम लोकप्रिय पनि यसले शायरहरुमा इन्धन भर्दछ एउटै जमिनमा अनेक थरिका गजलहरु पाठक माझ आउँछन्  'तरही मुसायरा'मा कुनै पनि गजलको मिसरा--सानी (मतलाको दोस्रो मिसरा) को आधारमा अरुले पनि गजल काथ्ने काम गर्दछन् 'तरही मुसायरा'मा तरह (दिईएको मिसरा) लाई मतला भागमा भन्दा अन्य शेरहरुमा प्रयोग गर्नु श्रेयष्कर मानिन्छ

संयुक्त अरब ईमिरेट्सको दुबईमा मेरै सम्पादनमा प्रकाशित हुने 'सहयात्रा' द्वैमासिक पत्रीकाको अंक असार-साउन २०६४ सालदेखी सुरु गरेर श्रिङ्खला सम्म चलायौं यस 'तरही मुसायरा'का स्तम्भकार श्री मोहम्मद जाकिर हुसैन (जैकी मोजाहु ) हुनु हुन्थ्यो त्यसबेला यो श्रीङ्खलाले निक्कै लोकप्रियता हासिल गरेको थियो तर प्राबिधिक कारणले त्यसपछी पत्रीका प्रकाशन गर्न सकेनौं त्यो स्तम्भ 'तरही मुसायरा'को प्रचार बिकास गर्ने हाम्रो अभियान त्यही तुहिएको थियो तर आज संयोग पनि त्यस्तै पर्यो गजलको संरचना नै बदल्नु पर्छ भनिरहेको बेलामा यो गजलको लोकप्रिय पक्षलाई किन नभित्र्याउँने फेसबुकमा यस बारेमा किन छलफल नगर्ने भन्ने लागेर
यहाँहरु समक्ष पेश गरेको छु यो 'तरही मुसायरा' नेपाली गजलमा नौलो लाग्न सक्छ तैपनी हामीले यसलाई स्थापित गर्न सक्यौं भने नेपाली गजलले एक खुड्किला माथि उक्लने सौभाग्य पाउँनेमा दुईमत नहोला
आउँनुहोस् आजै देखी हामी पनि 'तरही मुसायरा' लेख्न थालौं यस पटकको लागि मैले मेरै एक गजलको मिसरा--सानी पेश गरेको छु।
गायक:-आनन्द कार्की
संगीत: हरी लम्साल
एल्बम: पर्दा
' घोडामा तिम्रो लागि डोली लिई आउँछु'
काफिया:- डोली
रदिफ:- लिई आउँछु

यो माथि दिईेको मिसरा--सानीलाई कुनै एक शेरमा समावेश गरी यही जमिन (आधार)मा सबैले एक एक पूर्ण गजल लेखेर यही फेसबुकमा पोस्ट गर्नु होला यसले गजलकारहरुले आफ्नो खुबी देखाउँने अरुसँग दाँज्ने अवसर पनि मिल्नेछ यहाँहरुको सकृया सहभागीताको अपेक्षा गरेको छु धन्यवाद !
Mukhya gazal
पञ्चै बाज जन्तीहरु भोली लिई आउँछु 
 घोडामा तिम्रो लागि डोली लिई आउँछु 


घुम्टोभित्र तिमिलाई देख्ने ठुलो रहर  
छिट्को सारी मखमली चोली लिई आउँछु 


तिम्रो खाली सिउँदोमा रंगाउँदा सिन्दुर 
हाँसोखुशी उमंगको होली लिई आउँछु 


माईतिघर छोड्नु पर्दा तिमी रुन्छेउ हौली 
मायागरी फकाउँने बोली लिई आउँछु 


रितिथिती परम्परा बच्चाउँन संस्क्रिती 
लोगन्ती  भातखौरे टोली लिई आउँछु (यो शेर गजल गाउँदा समावेश गरेको छैन)
---------------------------------------------------------------------------------------
o  
कृष्णपक्ष थापा 

मखमली साडी अनि चोली लिई आउछु 
सजिएर बस्नु प्रिय डोली लिई आउछु 

स्वर्ग जस्तै हुनुपर्छ हाम्रो सानो संसार
सपनाको मिठो मिठो, "भोली" लिर्इ आउछु 

जिन्दगीका रंगहरू, सँगसँगै खेल्न
उल्लास उमंगको होली लिर्इ आउछु 

तिर्खाएका वैंशहरू, सम्हालेर राख 
उर्लदो यो जवानीको खोली लिई आउछु

प्रतिक्षाको कृष्णपक्ष सधैँ कहाँ हुन्छ ?
जुनतारा उजेलीको टोली लिइ आउछु
-------------------------------------------------------------------------------------

Bhakti Prasad Paudyal 


पर्खिबस तिम्रो लागि डोली लिई आउँछु 
ऐले तिमी किशोरी छौ भोलि लिई आउँछु


तिमीसङ्ग उमङ्गको साटासाट गर्न 
बगैँचाका फूल एक झोली लिई आउँछु

गरिबको छोरो तर माया मेरो धनी
एकान्तमा बोल्न मिठो बोली लिई आउँछु


गुनिउँचोली छानी छानी गहनाको खात
तिमीलाई परी पार्न मोली लिई आउँछु 
---------------------------------------------------------------------------------
यश जि 
समुन्नत उमंगको 'भोलिलिई आउछु 
 घोडामा तिम्रो लागि डोली लिई आउछु 


धेरै भयो तड्पिएको नपाइ सानिध्यता 
तिम्रो लागि प्रेमोपारको 'झोलीलिई आउछु 


सुनेको थें बिरहमा अश्रु धारा  रे 
अब छिट्टै खुशीको त्यो 'होलिलिई आउछु 


सजिएर बस प्रिय 'यश'को प्रतिक्ष्यामा 
तिम्रो रुपमा मेरो प्यास घोली लिई आउछु
------------------------------------------------------------------------------
रुबेन जी यहाँको गजललाई मैले नेपालीमा राखी दिएको छु  यहाँको सहभागीताको लागि धेरै धन्यवाद  भविस्यमा पनि यस्तै सहयोगको आशा राखेको छु  धन्यवाद !

Ruben Pun
 घोडामा तिम्रो लागि डोली लिई आउँछु 
तिम्रो माया माग्न दिलको झोली लिई आउँछु 

मेरो लागि साँचेको त्यो कोमल् कन्चन् सिंउँदो 
सजाउँन सिन्दुरको होली लिई आउँछु 

तिम्रो माया लाग्छ सँधै अनी देश  भेषको 
त्यसैले  मक्खमली चोली लिई आउँछु 

थुनी राख उर्लदो त्यो जवानीको भेल 
सँगै सँगै बगी जाने खोली लिई आउँछु
------------------------------------------------------------------------------
Sumitra Poudel 


जिन्दगीको तिम्रो खुशी भोली लिई आउँछु 
 घोडामा तिम्रो लागि डोली लिई आउँछु ! 


राखे हौली सम्हालेर मेरै लागि चोखो माया 
खालि  यो मेरो दिलको झोली लिई आउँछु ! 


पानी पिउँदा नमेटिने होलान् तिम्रा प्यासहरु 
उर्लदो यो जवानीको खोली लिई आउँछु ! 


हराभरा बास्ना दिने फक्रिएको फूल सरी 
तीम्रै प्रितको संगालेको लोली लिई आउँछु ! 


नमस्कार ''घायल ज्यु ''' हजुरको अनुरोध सहस्र स्विकार गर्दै जानी नजानी यति कोर्न सफल भएकिछु तर मिसरा -सानी को आधारमा गजल भयो की भएन ? के कस्तो भयो मुल्यांकन हजुर कै हुने  !  जस्ता सिकारुको लागि हौसला  प्रेरणादायी हजुरको यो कार्य सह्रानीय  ! यहाँलाई हार्दिक हार्दिक धन्यबाद !!
----------------------------------------------------------------------------
Manu Lohorung 


रातो साडी मखमली,चोली लिई आउँछु
'
 घोडामा तिम्रो लागिडोली लिई आउँछु'


टाढा देखि देखें रुपमन भयो रंगिन
सातै जूनी घोल्ने रङ्कोहोली लिई आउँछु 


आफु राम्रो भए हुन्छसबै भलो जगत
सधैँ मन रिझाउनेबोली लिई आउँछु


हामी बीच हुनु पर्छविश्वाशको महल
अजम्बरी प्रेम बग्नेखोली लिई आउँछु 


दलबीर जी ! के कस्तो भयो गजल चाहीं ? तर मैले चाहीं हाजिर पकाको मात्रै है ! हेहेहे..किनभने मलाई गजल सम्बन्धि पर्याप्त ज्ञान छैन l
----------------------------------------------------------------------------
Dev E Dhungana 


मैले पनि सहभागिता जनाउने कोसिश गरेको हुँ |..तोते बोल्ने बालक हुँ.. गजल मा के कस्तो भयो दलबीर दाजु......मैले यसो गरेँ ...

चुरा पोते मखमली चोली लिई आउँछु
 घोडामा तिम्रो लागि डोली लिई आउँछु 


कल्पना मा डुब्दै थिए तिमि लाई सम्झी 
भावना का भेल बाढी खोलि लिई आउँछु 


सजिएर बस्नु तिमि पर्खिएर  लाई 
सृंगारका रंगी चंगी होलि लिई आउँछु


आउदै  भनिदिनु संगिनी ले सोधे 
लगन आज होइन रे भोलि लिई आउँछु 
धन्यबाद !
-------------------------------------------------------------------------------
रिमा साईराम 


मैले पनि जानी नजानी गजल कोरेर सहभागिता जनाउँने कोशिश गरेकी छु | शिकारु हुँ तर थाहा छैन गजल कस्तो भयो भनेर ,,,,


तिम्रो निम्ती सुनौलो त्यो भोलि लिई आउँछु
मधुरसले भरिएको बोली लिई आउँछु|


स्वच्छ खाली तिम्रो सिउँदो भरि सजाउँन 
खुशी हुदै सिन्दुरको होलि लिई आउँछु 


मेरै निम्ती चोखो माया संगालेर राख्दै गरे 
हात थाप्दै खाली दिलको झोली लिई आउँछु |


बस तिमी बाटो हेर्दै सोर्ह सृंगार सजिएर 
 घोडामा तिम्रो लागि डोली लिई आउँछु 


रिमा साईराम (सापकोटा )
-------------------------------------------------------------------------------
Chainsmoker Grg 
गजल !
चुरा पोते रातो साडी चोली लीई आउँछु
नौमती  साथमा जन्ती भोली लीई आउँछु 


ओढी बस लाजको घुम्टो सजाई सपना मनमा 
 घोडामा तिम्रो लागि डोली लिई आउँछु


माया भन्नु पवित्र त्यो सागर हो भन्छन्
सागर भेट्न तिम्रो सामु खोली लीई आउँछु 


सजाउ मलाई सिउँदोमा सातै जूनी सम्म 
तिम्रै लागि खुशीको त्यो होली लीई आउँछु


 सर्वथा अनभिज्ञ रहेछु यो " तरही मुसायरा " सम्बन्धमा  आज घायल जी मार्फत जान्ने बुझ्ने  सहभागी हुने अवसर पाउँदा खुशी लाग्यो  सबै साथिहरुले राम्रा राम्रा गजल लेख्नु भएको रहेछ तर भावगत हिसाबले पनि उस्ता उस्तै भयो गजलहरु ( मेरो गजल पनि ).... मैले ".........../// संगै जिउन संगै मर्न गोली लीई आउँछु " भन्ने भावमा गजल कोर्न बसेको तर सकिन  यही common भावको गजल पोस्ट गरें  अब अन्य मित्रहरु बाट केही फरक भावको गजल आउने अपेक्षा राख्दछु साथै घायल जी लाई हृदय देखि नै धन्यवाद ! - यो गजल लेख्न प्रेरित गर्ने " तरही मुसायरा " का नीम्ति ।।
---------------------------------------------------------------------------------
Bhagawati Basnet 

मुटुभरि मायाको नै सोली लिई आउँछु
पञ्चे बाजा घन्काउदै डोली लिई आउँछु

आलिंगन समिप्यता आँखाभरी सजाउदै
राजिखुशी रुचाएको बोली लिई आउँछु

चाहनाका बगैंचामा गुलाव झै मुस्कुराउन
भरोशा  बिस्वाशको झोली लिइ आउँछु

जुनी जुनी हाम्रो माया अजम्बरी बनाउन
रङ्ग भर्दै मद्होसीको होली लिइ आउँछु

  ढिला भएछु हतार हतार लेखे खै कस्तो भयो सहभगिता मात्र जनाए है हार्दिक धन्यवाद घायल ज्यूमा यो शुभ अवसरको लागि 
------------------------------------------------------------------------------
Soban Pariyar 


आज सायत जुर्याछैनभोली लिई आउँछु  
 घोडामा तिम्रो लागिडोली लिई आउँछु ।। 


सबै बाट तिर्स्कार गाली मात्रै पायौ हैन  
आज तिम्ले रुचाएकोबोली लिई आउँछु ।। 


चोखो माया पाउने आशमाभौन्तारिएँ धेरै  
रित्तो  यो भरीदेउ हैझोली लिई आउँछु ।। 


सिउँदोनाडीघाँटी सबैखाली रैछ् तिम्रो  
चुरापोतेमखमलिचोली लिई आउँछु ।। 

sorry 
घायल सर ब्यस्तताले समयमा गजल post गर्न सकिन   सीकारु हुँ तर पनि गजल लेख्ने मन लगेर प्रयाश गरेँ आशा  गल्तिहरुमा सच्याइ दिनु हुने   सुझाब पनि दिनु हुनेछ 

Posted by Masti Entertainment on 9:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for Old series घायलको तरही मुसायरा-१

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011