यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३


'घायलको तरही मुसायरा-३' (ख) एक भन्दा बढी गजल पोस्ट गर्न र पोस्ट गरे पछी रिमोभ पनि गर्न पाइने छैन ।




by Dalbir Singh Baraili 'Ghayal' on Friday, March 25, 2011 at 2:28pm

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-३' यहाँरुको सामु छ । पहिलो दोस्रो श्रीङ्खलामा यहाँहरुको अत्याधिक सहभागीताले निक्कै हौसाएको छ । हामीले एक छलाङ्ग मारेको हौं । संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । अब म हरेक श्रीङ्खलामा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । आशा छ यसमा यहाँहरुको सकृय सहभागीता रहनेछ । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट पाँचजना निर्णायक मण्डलको पोइन्टको आधारमा उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । हामी अब देखी हप्ताको एक श्रीङ्खला लिएर आउँनेछौं आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा नै गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न र पोस्ट गरे पछी रिमोभ पनि गर्न पाइने छैन  । गरेमा सो गजल अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गरेको गजललाई बढी प्राथमिकता दिइनेछ ।

आज मैले हाल दक्षिण कोरियामा रहेर फेसबुकमा
निक्कै राम्रो सिर्जनाहरु पस्किंदै आउनु भएका सर्जक अनुराग अधिकारी "अनुरागी मन" ज्युको गजलको मिसरा-ए-सानी 'यो डालीको थुँगा टिपी,कुन् डालीमा सार्‍यौ भन' लाई तरहको रुपमा पेश गरेकोछु । यसैको आधारमा यहाँहरुले एक पूर्ण गजल लेखेर पोस्ट गर्नु होला .

गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा  सार्‍यौ भन
काफिया = सार्‍यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्‍यौ भन
लय: ४+४+४+४=१६

गजल पोस्ट गरी सक्नु पर्ने अन्तिम मिती मार्च ३०, २०११ रातको १२:०० बजे । (युएईको समय अनुसार )

Anurag Adhikari (अनुरागी मन)

मैले माया मारें कि त, तिमीले पो मार्‍यौ भन
यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन

सधैं ख्याल राखेकै हो, तिम्रो चाख मैमा थियो
कल्ले जित्यो तिम्रो मन, मसँग चैं हार्‍यौ भन

सागर नै तार्छु भनि, मझधार ल्यायौ अनि
मेरो माया डुबाएर, कसको पारि तार्‍यौ भन

जिन्दगीको उकालीमा, माथिबाट हात थामें
फेरी किन खुट्टा तानी, उल्टै तल झार्‍यौ भन

खुशीहरु जुटाउन, तल्लीन भै लागेकै हुँ
बाँडिचुँडी लिने बेला, किन एक्लो पार्‍यौ भन

# अनुराग अधिकारी "अनुरागी मन"

--------------------------------------------------------------------------------------------------------------------------
गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्यौन भन
काफिया = सार्यौथ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्यौर भन
लय: ४+४+४+४=१६

(प्रतियोगितामा प्रथम हुन नसकिएला तर पोष्ट गर्न प्रथम हुने रहर जागेर पोष्ट गरि दिएँ ।)
'घायलको तरही मुसायरा-३'
गजल

खुशी दिन नसकेसि, दु:खी किन पार्यौ भन
परेलीमा बाढी बग्दा, तिम्ले कै'ले तार्यौ भन

झुठो भन्ने शँका थ्यो कि ! लाग्दैन थ्यो मायाँ गर्ने ?
मैले माया गर्छु भन्दा, तिम्ले किन टार्यौ भन,

गोडमेल गरिकन, मायाँ टिप्न जान्ने तिमी
यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्यौ भन

मायालु त लाखौ हुन्छ, मायाँ हुन्छ एउटा नै
मैँ एउटा तिम्रो तर मायाँ किन मार्यौट भन्,

खेल सिक्नु तिमीसँग, खेलाडि हौ जिन्दगीको
तिम्ले बाजी जितेकै हौ ,तर किन हार्यौ भन ।।

आनन्द श्रेष्ठ
दुम्ब:मार्ग,सामाखुशी
काठमाण्डौँ,नेपाल ।
-----------------------------------------------------------------------------------------------------------------
यो डालीको थुगाँ टिपी, कुन् डालीमा सार्‍यौ भन
उडिराको मन चरी, कुन आशामा मार्‍यौ भन ।

सँगै थिए पाईला हाम्रा, एकै थिए बाटाहरु
मन हाम्रो मिली सके, माया किन टार्‍यौ भन ।

खेल्ने तिमी भुल्ने तिमी, तिम्रै रहर पुरा हुँदा
एकान्तमा रोइ रोइ, किन आँशु झार्‍यौ भन ।

रहर तिम्रो अँगाल्यौ, भन किन सँगाल्यौ
गोल तिम्रै पोष्ट तिम्रै, किन माया हार्‍यौ भन ।

म त तिम्रो सधैँ सधैँ, दिनु चोट देउ अझै
चोट दिई आफ्नै मुटु, किन घायल पार्‍यौ भन .।
(रहर र समय एकअर्कामा लड्दा धेरै सुनौला मौका गुम्दोरहेछ । बत्तीको समयलाई ध्यानमा राख्दै छिटो यो मौकालाई छोप्न पुगेँ । घायल सरलाई धेरै धेरै धन्यबाद ।)
------------------------------------------------------------------------------------------------------------------------------
सबै मित्र हरु लाई नमस्कार, प्रतीस्पर्दा भन्दा पनि सिक्ने मौका दिनु भएकोमा दलबीर दाई लाई हार्दिक धन्यवाद हिजो को नियम सम्बधमा परेको तर्क बितर्क लाई कदर गर्दै मैले आफ्नो मुसराय २ को गजल रिमुब गर्न वाध्य थिए त्यसको लागि माफि चाहन्छु र हिजो को मेरो बिबाद बाट आज नियम मा संसोधन भएर सबै लाई नियम को परिधी भित्र ल्याउनु भएकोमा खुशी लाग्यो ..............
मैले पनि आफ्नो गजल टाँस्ने जमर्को गरे ताली र गाली हजुर हरुको हातमा
**********************************

सिखरमा चडाएर फेरी किन झार्यौ भन
मुटु भित्र राखेकै'थे माँया किन मार्यौ भन |१|

मझेरिमा आयौ तिमी गोधुलिको साँझ थियो
हृदयमा बास दिंए डेरा किन सार्यौ भन |२ |

सातै जुनी साथ हिंड्ने बाचा गरे पछी फेरी
तिम्रा आफ्नै डुब्दै थिए अरु किन तार्यौ भन |३|

छानो एकै मानो एकै खाने थाली भिन्न पर्यौ
एउटै थियो बस्ने डेरा भित्तो किन बार्यौ भन |४|

जीतु कुनै खेलौना हो खेलाएर गयौ तिमी
चित तिम्रै पोट तिम्रै फेरी किन हार्यौ भन |५|

जीतु खड्का(गाँउले )
मोरङ उर्लाबारी
हाल - अल साफि कम्पनी
साउदी अरब
-------------------------------------------------------------------------------------------------------------------------------
Amar Sarobar
माया गर्ने मन-मुटु, किन अर्कै पार्‍यौ भन ?
कलेजीमै छुरा हानी, चट्टै किन मार्‍यौ भन ?

जूनी-जूनी संगै बाँच्छु, सँगसंगै मर्छु भन्थ्यौ |
मीठा-मीठा बाचा गरी, किन साँघु तार्‍यौ भन ?

म त तिम्रै माली थिएँ, तिम्रै नीम्ति हाँस्थे सधैं |
यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन ?

मेरा सारा खुशीहरु, हुन्थ्यो तिम्रो आँखाभित्र |
परेलीमै काँडेबार, ब्यर्थै किन बार्‍यौ भन ?

बनाउनु थियो 'अमर', दुनियाँमा हाम्रो प्रेम |
जित्नुपर्छ भन्ने मान्छे, किन आँफै हार्‍यौ भन ?

११ चैत्र २०६७
----------------------------------------------------------------------------------------------------------------------------------
यो डालीको थुंगा टिपी कुन डालीमा सार्यौ भन!
मन मुटु जोडे पछी किन चाहना टार्यौ भन!!

तिमीलाई प्राप्त गर्न हजारचोट सहें मैले !
नमेटिने दाग छोडी किन एक्लो पार्यौ भन !!

आशु मात्र देखाएर दुनियालाइ धोका दियौ!
जितेपनि बाजी किन जानी जानी हार्यौ भन !!

तिमीलाई साथ् दिन्छु भन्ने पनि तिमि नै हौ !
तिरष्कृत गरि फेरी किन जिउदै मार्यौ भन !!

एकान्तमा टोलाउछु रहर सारा सकिसकें !
केको निम्ति अझैपनि धरातलमा झार्‍यौ भन !!
------------------------------------------------------------------------------------------------------------------------------
‎(गजल) आचार्य प्रभा



हाँसी राख्ने आँखाबाट किन आसुँ झार्‍यौ भन
आफुलाई सधैंभरी किन पिरमा पार्‍यौ भन ।

जीवन हो दुईदिनको कै'ले घाम कै'ले पानी
जिजीबिषा मनको फेरि किन चाँडै मार्‍यौ भन ।

मनलाई फूल सम्झी जताभावी नचढाउ
यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन ।

जहिले नि मान्छे भइे उदेश्यमा रम्नु पर्छ
आफुलाई कम्जोर ठानी किन चाँडै हार्‍यौ भन ।

अधरमा मुस्कानको छाँयालाई बाँध्न छाडी
आँसु धारा नदी सम्झी मन किन तार्‍यौ भन ।

रचना-(मार्च २५/ २०११) अमेरिकी समय १२ .१५ दिनको
-----------------------------------------------------------------------------------------------------------------------
आज जानि नजानि घायल जि को मुसरायेमा भागलिन आईपुँगे गल्ति भयेका ठाउमाँ माफ् गर्नुस् भन्दै यो सानो कोसेलि टक्र्‍याये है हजुर् नमस्कार् ।
~~~
गजल~~~
लक्ष्य सम्म पुग्छु भन्थ्यौ कुन दाउले हार्‍यौ भन
टुसाएका भाबनालाई कुन शब्दले मार्‍यौ भन

आफु मरी दिनदिनै तृप्‍ति मैले दिएकी थे
अशन्तोशी मन बोकी कुन शहरमा चार्‍यौ भन

बाग बनि बसेकी थे तिमी थियौ माली मेरो
यो डालिको थुँगा टिपि कुन डालिमा सार्‍यौ भन

यात्रा थियो सागर तर्ने गन्तब्यमा पुग्न लाई
भाबनाको डुंगा चाँही कुन मनले तार्‍यौ भन

भौतिक् शरीर सँगै थियो न्यानो बास झुपडिको
आत्मा आत्मा मिल्ने ठाउँ कुन मायाले बार्‍यौ भन

प्रश्न उठि सोधी रहेँ तिमी हिंड्ने बाटो कुन हो
मेरो मन शान्त पार्न कुन जवाफले टार्‍यौ भन

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल
--------------------------------------------------------------------------------------------------------------------------
यस तरही मुसायराका सञ्चालक तथा प्रत्यक्ष एबम् अप्रत्यक्ष रुपमा सहभागिता जनाईरहनुभएका/जनाउंनुहुने सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दै मेरो गजल लेखन प्रयास यसरी राख्दछु

गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन
काफिया = सार्‍यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्‍यौ भन
लय: ४+४+४+४=१६
~~>A GAZAL BY ATRIPT KAMAL<~~

संसार जित्ने अहम थियो कसो गरी हार्‍यौ भन
खाटी थियो माया मेरो के सम्झेर खार्‍यौ भन

तिम्रो चर्चा कानमा पर्यो अनि मेरो होश गुम्यो
मलाई जस्तै कतिलाई आश्वासनमै टार्‍यौ भन

जोबन साट्दै हिड्छौ अरे मायाकी त खानी रैछौ
मलाई वारी प्यासी राखी कस्लाई पारी तार्‍यौ भन

भमराले झैँ रस फूलको चाख्दै हिड्ने बानी तिम्रो
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन

हिलो सरी तिम्रो जीवन कमल फूलले ढाक्न चाहें
किन_ मलाई तिरस्कार गरि मरेतुल्य पार्‍यौ भन

धन्यबाद सहित:-
अतृप्त कमल
बुटवल,रुपन्देही

---------------------------------------------------------------------------------------------------------------------




घायलको तरही मुसयारा-२ मा सहभागिता जनाउन नसके पनि


घायलको तरही मुसयारा-३मा फेरि सहभागिता जनाउदैछु
गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन
काफिया = सार्‍यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्‍यौ भन
लय: ४+४+४+४=१६



रुखो बोली गर्न थाल्यौ कि त माया मार्‍यौ भन
मेरो लागि छैन ठाउँ त्यो मन् लाई बार्‍यौ भन


लाग्थ्यो तिम्रो मनभरी फुलेको छु बास्ना छरी
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन


तिम्रो साथ पाय देखि संसार नै जित्छु भनी
हाथ मैले थामेकै थें के भयर हार्‍यौ भन


दुई दिने जवानीले मातियर आज तिमी
म त बुढो गोरु भएँ कुन् बहर नार्‍यौ भन


भनी सगै मर्ने बाच्ने मिलन यो टुट्ने छैन
तर आज गोरेटोमा किन एक्लै पार्‍यौ भन


------------------------------------------------------------------------------------------------------------------------






नमस्कार ''घायल ज्यु ''नेपाली साहित्यिक गजल क्षेत्रमा यो तरही मुसायराको अभियान अत्यान्तै सह्रानीय छ ,, मलाई जहाँ सम्म लाग्छ यो कुनै प्रतिस्पर्धा तथा खेल होईन ,, यो एउटा खुल्ला साहित्यिक चौतारी हो र गजल क्षेत्रमा अभिरुची राख्ने नब सर्जकहरुको लागि उर्जा , प्रेरणा र मार्गदर्शन पनि हो ,, मेरो बिचारमा न यहाँ कोही ठुलो छ न कोही सानो ! यहाँ न त अहंको कदर हुनेछ न त सिकारुको लागि खिल्ली उडाईनेछ ! आ-आफ्नो साहित्यिक साधनाको प्रदर्शन गर्ने ठाउँ अर्थात आफ्नो खुबी र सिर्जनाको मूल्यांकन गर्दै हौसला बढाउँने उच्च स्थान लाग्छ मलाई ! यो सुनौलो अभियानमा बिना हिचकिच्चाहट अघि बढ्नु नै साहित्यिक क्षेत्र प्रतिको को झुकाब हो , त्यसैले मेरो तर्फबाट तरही मुसायरालाई सफल पार्न हटेर होईन डटेर अबस्य लागि पर्ने छु यो मेरो प्रतिबद्धता हो , यो महान् कार्यको सफलताको कामना गर्दै जानी नजानी '''तरही मुसायरा ----३ मा सहभागिता जनाउँने प्रयास गरे , मूल्यांकन हजुर कै हुने छ --------------

त्यो दिलको भित्री चाह किन आफै मार्‍यौ भन
समयको खेल भनी कुरा किन टार्‍यौ भन ---------१

छाती भित्र चोट लाग्दा हात माग्यौ साथ दिएँ
मुस्काउँदै नजिकिदा आँखा किन तार्‍यौ भन-----२

लालचको सपनीमा तिमी आफै फसे पछि
गल्ति मेरो के नै थियो फेरि किन खार्‍यौ भन----३

सुनगाभा सयपत्री सजाउँने फूल थियो
यो डालीको थुंगा टिपी कुन् डालीमा सार्‍यौ भन -४

बिश्वासले दिल खोल्दा दिई झनै चोटै चोट
कपटी र जाली भित्र तिम्ले किन पार्‍यौ भन --५

दु;ख सुख ,हाँसो खुशी बाड्नु नै थ्यो जिन्दगीमा
कुनै खेल थिएन यो किन तिमी हार्‍यौ भन ----६

तिम्रै लागि बाँचेको छु दुनियाँमा भन्थ्यौ आफै
जाल्को धागो कसी किन उनीसँग नार्‍यौ भन -७

चोखो माया लत्याएर बिलासिको साथ लिंदा
मेरै सामु शिर झुकाई आँशु किन झार्‍यौ भन ---८



--------------------------------------------------------------------------------------------------------------








सबै सर्जकहरुलाई नमस्कार, यहाँ त यति धेरै वादविवाद भएर पनि कति गजलहरु आईसकेका रहेछन्, मलाई त थाहा नै भएन। यसरी कुनै पनि कुराको बहस गरेर निस्कर्ष निकाल्नु राम्रो कुरा हो तर शुरुमा स्पष्ट रुपमा नियममा लेखिसके पछि पनि यसरी विवाद गर्नु भन्दा त्यही नियम अनुसार यस तरही मुसायरालाई अगाडि बढाउँदा नै राम्रो होला।

यति राम्रो बगैचाको किन माया मार्र्यौ भन
भित्र छिर्ने बाटो पनि फेरी किन बार्र्यौ भन।

एक्लो हुदाँ साहारा नै त्यही यौटा फूल थियो
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन

बाहना त के के गर्छौ कसो गरी बुझ्नु मैले
आफै माथि चढाएर किन तल झार्र्यौ भन।

ईच्छा रैछ तिम्रो अर्कै आफु एक्लै टाढा जाने
मैले सोध्दा हिजो किन कुरा मोड्दै ट़ार्र्यौ भन।

सयौ जुनी सँगै बाँच्ने गरेका ति वाचा भुली
धोका दिई किन आज विचल्लीमा पार्र्यौ भन।




---------------------------------------------------------------------------------------------------------------------






सबै लाई नमस्कार ! मेरो पनि सहभिगिता यसरी प्रस्तुत गरे कालो सेतो कस्तो छ हजुर हरु को नै जिम्मा ...


मिठो साथ दिदा दिदै माया किन मार्यौ भन
पर्ख पर्ख भनी भनी भर किन पार्यौ भन


म त त्यता आउदिन बेसि तिर झर भन्यौ
भेट्ने मन थिएन त बेसि किन झार्यौ भन

बसे बस्छु गए जान्छु मेरो ईच्छा भन्दै थियौ
गएछौ त आखिर मा कुरा किन टार्यौ भन

मगमग बसाउदै डाली भरि फुल्दा फुल्दै
यो डालीको थुँङा टिपी कुन् डालीमा सार्यौ भन

धाक दिने तिम्रो बानी चुरीफुरी निकै गर्थ्यौ
सबै लाई जित्छु भन्थ्यौ आफै किन हार्यौ भन

अज्ञात पाल्पाली

---------------------------------------------------------------------------------------------------------------



सम्पूर्ण साहित्यक मनहरुमा मेरो पनि कलमी नमस्कार
साथै न्यानो-न्यानो अभिबादन। भन्दै मैले पनि घायलको
तरही मुसहरा ३ मा सहभागिता जनाउने रहरले एउटा
जानी-नजानी गजल पेश गरेकोछु। अग्रज सर्जकको सल्लाह
सुजाबको अपेक्षा गर्दै मेरो गजल पेश गर्दछु।गाली र ताली
हजुरहरुको हातमा नमस्कार।।
गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीम...ा सार्‍यौ भन
काफिया = सार्‍यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्‍यौ भन
लय: ४+४+४+४=१६

गजल

फुल्दै थिए बास्ना छरी कोपिलामै झार्‍यौ भन।
यो डाकिको थुङ्गा टिपी कुनडालिमा सार्‍यौ भन।।

टुसाउन खोज्दै थिए मुनाहरु ति प्रेमका
एकै छिन टाढा हुँदा किन माया मारयौ भन।।

सङ्घर्सको मैदानिमा एक्लै लडन सक्छु भन्थ्यौ
प्रेम जित्ने चाह तिम्रो कसो गरी हारयौ भन।।

भुल्न खोज्थे दु:खहरु एकान्तको बगैचामा
खुशी साच्दै किन आज पिँजडामा पारयौ भन।।

दु:ख भुली चोखो माया मनभरी साच्दै दिदा
"मायालु"को बाटो कुन साइनोले बारयौ भन।।


--------------------------------------------------------------------------------------------------------------------





सम्पूर्ण साहित्यिक मनहरुलाई हार्दिक अभिबादन गर्दै, साथै मिठो सम्झनाको खुस्बु ले शितल-शितल स्पर्स गर्दै मैले पनि आफ्नो रचना प्रस्तुत गर्ने जमर्को गरें, रचना कत्तिको शितल भयो वा गर्मी भयो अनुभव गरी सुझाब दिने मन हजुरहरुको अनी सुधार्दै लैजाने जिम्मा मेरो, है त !

**गजल **

सँगै बाँचौं मरौं भनी, एक्लै किन पार्‍यौ भन !
बिर्सिएर वाचा कसम्- माया किन मार्‍यौ भन !

म सोझोलाई के थाहा र! बिसौनी झैं तिम्रो मन,
कस्को राज भयो अनी- मेरो बाटो बार्‍यौ भन !

भन्थ्यौ मेरो मनको राजा, जूनीभरी माया गर्छु,
छुट्नै थियो भने किन ? मायाको हल् नार्‍यौ भन !

भावनाको शिखर् चुम्न, तिमी सँगै हिड्दै थिएँ,
रहर मेरा टुक्रा पारी- भुईंमा किन झार्‍यौ भन !

तिमी नै त थियौ माली, मेरो मनको बगैचाको,
यो डालीको थूंगा टिपी- कुन डालीमा सार्‍यौ भन !

हमाल 'express'
Jeonju, South Korea.



-----------------------------------------------------------------------------------------------------------------------------







घायलको तरही मुसायरा -३


नौनी थियो मेरो दिल कुन् पुवामा झार्यौ भन ?
बाँधिएको रसी खोली कुन् जुवामा नार्यौ भन ?


बियोगको कालो मुस्लो उठ्दा मुर्दा घाट्मा
दिल खोली उहीबेला कुन् धुवामा चार्यौ भन ?

मेटु प्यास जिन्दगीमा सधैं हामी सगै भन्ने
धारो रोजी मेरो भाग किन कुवा पार्यौ भन ?

नाटकको पात्र रै'छौ मायाजाले ससारमा
छुरी धसी झस्केर मलाइ किन मार्यौ भन ?

फूल फूल्न खोज्दै थिए त्यो दिलको बगैचामा
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्यौ भन ?

-बुद्धि मोक्तान




----------------------------------------------------------------------------------------------------------








Indira Prayash 





घायल जिको तरही मुसायरा-३मा उपस्थिती हुन ढिलो भएकोमा माफी चाहन्छु,आफै अस्वास्थ्या भएको कारणले गर्दा गजल तयार गर्न ढिलो भयो,आज केही सन्चो भएको महशुस गरी गजल लिएर सहभागी जनाएँ ।


गजल
कोपिला मै फूल त्यसै,पानी बिना मार्‍यौ भन
माली घुम्ने बाटो सबै,किन ताराले बार्‍यौ भन

सुन्दर थियो बाग बगान,बास्नादार लता पनि
त्यो डालीको थुंगा टिपी,कुन डालीमा सार्‍यौ भन

तिमी जस्तो प्रकृतिको, संरक्षण गर्ने मान्छे
अनायसै बागै छाडी, किन खोला तार्‍यौ भन

हर घडी जागरुक ति,साहसिला कदम तिम्रा
खहरे भै सबै भुलि, किन मन हार्‍यौ भन

जस्तो सुकै समस्याले, झेले पनि नझेलिने
आज किन'प्रयास'बिनै,आफै पाइला झार्‍यौ भन





-----------------------------------------------------------------------------------------------------------------











‎'घायलको तरही मुसायरा-३'मा सहभागिता जनाउने प्रयास।
गजल;


छोड्नु रैछ हात थामी जाल्मा किन पार्‍यौ भन
डुब्थेँ बरु जंघारमा ब्यर्थै किन तार्‍यौ भन ।

खुशी मिल्छ भन्थ्यौ मेरो प्रगतिमा रमाउँदा
लक्ष भेट्न हिंडेको'थेँ बाटो किन बार्‍यौ भन ।

संगै बाँच्ने संगै मर्ने अधुरै भो बाचा सबै
सजाउँछु तिम्रै आँगन भन्दै किन टार्‍यौ भन ।

गोडेकाथ्यौँ दुबै मिली पिरतिका फूल हरु
यो डालिको थुंगा टिपी कुन डालिमा सार्‍यौ भन ।

आशा बोकी पर्खाइमा दोबाटोमा कुरी बस्दा
निर्दयी भै ईक्षाहरु मन्मै किन मार्‍यौ भन ।






----------------------------------------------------------------------------------------------------------------------













त्यसो त, 'यो डालीको थुङ्गा टिपी कुन् डालिमा सार्यौ भन' भन्ने जमिनले अनी 'सार्यौ ' काफियासँग मिल्न आउने मार्यौ, झार्यौ , हार्यौ भन्ने जस्ता सम्भावित काफिया हरुले गजलको भाव निर्धारण गरिसकेको छ । दिइएको जमिन र आउने काफिया अनुसार लेख्ने हो भने गजल प्रेम बियोग, दर्द र पिडा भरिएको हुन जान्छ । मैले पनि यो भावबाट फुट्ट उछिट्टिने प्रयास गर्दा बातावरणनै दुशित हुने गरी निक्कै ग्यासको उत्पादन गरे । लौ, म त अलि बढी भईदिएँ है ..

जरुवाको पानी खोज्दै किन काली तार्यौ भन
पानी छ कि तिर्खा मेट्ने दही मही पार्यौ भन

माया गरी मैले पनि चिमोटे झैं गर्छु ठूली
रिसाए झैं गर्दै तिमी, 'लौन ठुले मार्यौ भन'

तिम्रा सारा अङ्ग अङ्ग चाँदनीको चमक छ
चाँद आफै झर्यो कि त तिमीले नै झार्यौ भन

कति धेरै माया गर्छौ?! कैले काहीं शंका गरी
यो डालीको थुङ्गा टिपी कुन् डालिमा सार्यौ भन

हामी बिच पर्दा हुने कुनै लाज बाँकी छ र?!
सर्माएर शिरानीको बार किन बार्यौ भन ?







-----------------------------------------------------------------------------------------------------------------------------















छल्काएर आँखा भरी खुशी किन झार्‍यौ भन
संसारै पो जित्छु भन्थ्यौ अब केके हार्‍यौ भन


बाँझो हुँदा तर्की दियौ डुबानमा छु दर्कीदियौ
निस्सिदा म, अरु कस कसलाई तार्‍यौ भन

मन मुटु मिले पनि शंका पसे लंका डड्छ
भत्काएर आफ्नो घर कता डेरा सार्‍यौ भन

भाग्यमा नै ठेस लाग्यो जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्‍यौ भन

घाम हुँदा छाँया थिए तिम्रो सधैं दाँया थिए
बहकीयौ कि आँफैले किन आँफै मार्‍यौ भन








------------------------------------------------------------------------------------------------------------------------

















यो नुतन प्रयोगमा सहभागिताको लागि मात्रै


जिन्दगीको खेलकुदमा कति बाजी मार्‍यौ भन ?
म सँग झै झेल गरेर कतिलाई पछार्‍यौ भन ?


यतिसम्म स्वार्थी तिमी आवरणले चिन्नै गाह्रो
असली रुप लुकाएर जालमा कति पार्‍यौ भन ?

रै छौ तिमी इन्द्रजाली देख्दादेख्दै छारो हाल्ने
यो डालिको थुंगा टिपी कुन डालिमा सार्‍यौ भन ?

शिखर चुम्ने पार्इलाहरुलाई लिस्नो लगाई चढायौ र
फेरी किन लिस्नो तानी फेदीमा नै झार्‍यौ भन ?

'जीवन'सँग छल गरेर जिते ठान्नु तिम्रो भुल हो
जीतको भ्रममा यस्ता यस्ता हार कति हार्यौ भन ?

-मलेसिया









----------------------------------------------------------------------------------------------------------------------

गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन
काफिया = सार्‍यौ
रदिफ = भन
यो डालीको/थुँगा टिपी//कुन् डालीमा/सार्‍यौ भन
लय: ४+४+४+४=१६

घायलको तरही मुसायरा-३ का सहभागिताका लागि गजलः

माछो माछो भ्यागुतोमा कतिलाई पार्‍यौ भन
रिस उठ्दा साटो फेर्न कुन्नी के के दार्‍यौ भन

फूल देख्दा फूलबारीमा चुँड्दै-भाँच्दै हिँड्थ्यौ अरे
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन

भेट हुँदा बोलिदिन्थेँ, जे जे भन्थ्यौ सहिदिन्थेँ
गुन भुल्यौ बाचा बिर्स्यौ कता खै के झार्‍यौ भन

बगाएर मलाई उँधो, तिमी उँभो खोज्दैथ्यौ रे
बिर्सिँए नि केही छैन बार कस्तो बार्‍यौ भन

माया बस्यो, मन पराएँ, आँखाभरि सजाएथेँ
गोली हानी कलेजीमा ज्यूँदै किन मार्‍यौ भन

टेकेन्द्र अधिकारी
विराटनगर, नेपाल

---------------------------------------------------------------------------------------------------------------------------



'घायलको तरही मुसायरा-३' (ख) मा आधारित गजलमा मैले पनि सहभागिता जनाएँ । नियममा रहेर अहिले गजल लेख्‍ने प्रयासले पछि स्वतन्त्र रुपले लेख्‍न बस्दा कालजयी गजलहरु श्रृजना हुन सक्छ भन्ने मलाई लागेको छ । मेरो गजल प्रस्तुत गर्न चाहन्छु ।


मेरै घर बसीबसी कुन घडेरी खार्‍यौ भन ।
घरीघरी सोध्दा पनि किन लुकाई टार्‍यौ भन ।१।

औंलाहरु चुमी चुमी मेरै काँखमा बस्ने मान्छे ।
ती जुनेली रातभरी कुन् बगैचा चार्‍यौ भन ।२।

आफ्नै मान्छे ठानी मैले तिम्लाई माली बनाको'थें ।
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन ।३।

सर्वहारा कुरा गर्थ्यौ मन्को मैलो फालें भन्थ्यौ ।
ऐले तिम्रो भाञ्सा घराँ किन पानी बार्‍यौ भन् ।४।

अब के नै बाँकी छ'र लिनुदिनु तिम्रो मेरो ।
दोषी भइ मै बाँचुंला तिम्ले माया मार्‍यौ भन ।५।

राजेन्द्र मल्ल
चैत ११, २०६७, काठमाडौं


--------------------------------------------------------------------------------------------------------------





एसपालीको मिसरा १७ अक्षरको जस्तो लागेको थियो तर कोहि सर्जक हरुले पनि एस वारेमा कुरा नउठाउनु भएकोले मैले पनि चुप चाप रहेर १६ अक्षरमै यो गजल तयार पारी सहभागिता जनाएँ-


लुकिछिपी तिम्रो वास किन खोली तार्यौ भन ?
अनयाशै आँशु झारी किन माया मार्यौ भन ?

मेरो साथ हुँदा हुँदै अर्को साथ चाहान्नथ्यौ
पतिज्ञा त्यो तोडी किन गाउँ वस्ती चार्यौ भन ?

अँगालोमा कसी कसी माया लियौ सधैं मेरो
छोडी सबै आज किन विचल्निमा पार्यौ भन ?

गुलावझैँ फक्रिएर तिम्रै शिरमा फुलिरहेँ
यो डालीको फूल टिपी कुन डालिमा सार्यौ भन ?

रुपवती गुणवती अप्सराको चाल थियो
आज कस्को मोहनीले फोस्रो रुप धार्यौ भन ?

आनन्द भट्टराई "गाउँले", खोटाङ



-----------------------------------------------------------------------------------------------------------------------------------







‎'घायलको तरही मुसायरा-३'




हँसिलो यो मुहारमा खुशी कता पार्‍यौ भन
तिमीतिर आउने बाटो आज किन बार्‍यौ भन।१।


मौनतामै बसिरहे काँप्न थाले अधरहरु
के मा चित्त बुझेन र मेरो माया मार्‍यौ भन।२।

नियतिको खेल भन्दै मेरो माया लत्याएर
मझधारमै मलाई छाडी कस्लाइ पारी तार्‍यौ भन।३।

एकान्तमा मोतिदाना बर्षे तिम्रै सम्झनामा
यो डालीको थुङा टिपी कुन डालीमा सार्यौ भन।४।

पाईला मेरा लम्की रहे उजेलीको झल्को देखी
शिखरमा चढाएर फेरि किन झार्‍यौ भन।५।




-------------------------------------------------------------------------------------------------------------------------------------









काम बिशेषले उपत्यका बाहिर थिएँ। आज फर्कने बित्तिकै कम्प्युटर खोले र 'घायलको तरही मुसायरा-३' (ख) मा आधारित फेरी अर्को गजल पोष्ट गर्ने बारेमा जानकारी पाएँ र मैले पनि हतार हतार मै भएपनि सहभागिता जनाएँ। 





गजल: 
माया गर्छु भन्दा भन्दै किन आँशु झार्‍यौ भन
मेरो साथ छोडी किन अर्कै डेरा बार्‍यौ भन।।

हिजो सम्म ढकमक फुलिराथ्यो तर आज
यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन।।

भन्थ्यौ सधै हेरी राख तिम्रो मन भित्र फुल्छु
हेर्दा हेर्दै तर अर्कै किन बाग चार्‍यौ भन।।

तिमी बिना अडिदैन मेरो मन कतै पनि
थाहा हुँदा हुँदै आज किन एक्लै पार्‍यौ भन।।

संगै बाच्ने संगै मर्ने भनी बाचा गरेकोहो
आफु बाँची मलाईचै किन अघि मार्‍यौ भन।।

फड्को मारी हिड्यौ तिमी दाउ हात परे पछी
जित मेरै भयो तर तिम्ले किन हार्‍यौ भन।।





--------------------------------------------------------------------------------------------------------------------------











विद्वान साहित्यप्रेमी गज़ल् रूपी बिरुवाका मालीहरूको सेवामा सादर सर्वर नेपालीको गज़ल्को कोसेली स्वीकार गरि मन परेको भए प्रतिक्रिया जनाई दिनु हुन् अनुरोध छ . र 'संगै हिंड्ने गोरेटोमा.. भन्ने शेर खास गरेर आदरणीय वरिष्ठ गज़ल्कार दलबीर सिंह बरयली ज्यू लाई समर्पित गर्दछु .

गज़ल

सानैदेखि लाएको माया तिमीले किन मार्यो भन
दुनियासंग जीतेपनि कसै हिम्मत हार्यो भन

मेरो मनको हाँगा माफुल्ने ती फूल तिम्रै नासो थिए
'यस डालीको थुँगा टिपी कुन डालीमा सार्यो भन'

तिम्रो झलकको एक क्षणबाट सधैं आँखा टल्कि रहन्थे
यस दीपकको ज्योतिलाई कुन टुकीमा सार्यो भन

संगै हिड्ने गोरेटोमा आज एक्लै हिड्नु परेछ
बिच बाटोमा मलाई छाडी अप्ठ्यारोमा पार्यो भन

मादक आँखा बाट मेरो आँखा भित्र हेरिदियेर
थाहै न दी यस जीवनमा कस्तो मदिरा सार्यो भन

सर्वर नेपाली
नेपाल गंज बाँके
हाल शारजाह, यु ए ई






----------------------------------------------------------------------------------------------------------------------













आदरणीय सर्जक तथा साहित्यप्रेमी साथीहरुमा नमस्कार !
'घायल ज्यू' को गजलको यो यात्रामा यहाँहरुको उत्कृष्ट सहभागिता देखेर मैले पनि आफूलाई रोक्न सकिन । त्यसैले पहिलो पटक 'घायलको तरही मुसायरा-३' मा म पनि यसरी प्रस्तुत हुँदैछु; कृपया गल्ती भएमा औंल्याइदिनुहोला ।

खुशी फुल्ने शान्ति वनमा किन बारुद झार्‍यौ भन
अबोध बालक रम्ने ठाउँमा किन पिरो खार्‍यौ भन

अनिकालमा बाँच्न भनि जोगाएथें मकै बाली
सामन्ती जाल फिंजाई किन दुधे घोगा दार्‍यौ भन

परेवीको गुँडभित्र बाजको अन्डा राखिदिंदै
महामानव चोला किन पापको भेलमा तार्‍यौ भन

अहंकारले लीप्त तिमी माहुरी घारमा आगो लगाइ
त्यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन

हरियाली सुगन्धले जगै सुन्दर बनाइदिने
निर्दोष,निश्चल मालीलाई रेट्दै किन मार्‍यौ भन

छाल पंछाएर हास्न खोज्दा बगरमै सिरु
उखेलेर जरै किन डडेलोमा पार्‍यौ भन







-------------------------------------------------------------------------------------------------------------------------

घायलको तरही मुसायरा-३' (ख) मा आधारित सहभागी गजल:
आज फेरि किन वाचा अनायसै टार्यौ भन?
हाँसोलाई लुकाएर किन आसुँ झार्यौ भन?


खेल मीठो पिरतिको जीत हार हुने गर्छ
जित्दा-जित्दै खेल आज के को लागि हार्यौ भन?

आफ्नो ज्यानभन्दा धेरै-धेरै माया गर्थ्थौ तिमी
मेरो प्राण भन्दा- भन्दै किन माया मार्यौ भन?

कलमीझै जादु गरी अचम्मै पो गराएर
यो डालीको थुङ्गा टिपी कुन् डालीमा सार्यौ भन?

छोडी अन्तै गए पनि राम मर्थ्यो तिम्रै लागि
आफ्नै ज्यान धरापमा किन आफै पार्यौ भन?

Posted by Masti Entertainment on 7:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

1 comments for घायलको तरही मुसायरा-३

  1. sanajaya

    dai maile pathayako "घायलको तरही मुसायरा-३" ko gajal ya post vayan ta maile tapaiko message ma pathayako thiya tetikhera malai thaha navayara

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011