Old series घायलको तरही मुसायरा-२
घायलको तरही मुसायरा-२
by Dalbir Singh Baraili 'Ghayal' on Monday, January 31, 2011 at 8:34pm आजभोलि नेपाली साहित्यमा निक्कै फष्टाएको कुनै बिधा छ भने त्यो गजल नै हो भन्दा अत्तियुक्ती नहोला । गजलको बिकाससँगै विविध नयाँ प्रयोग पनि हुँदै आएको छ र कतिपय विद्वानहरुले अब गजलको संरचना नै बदलेर नयाँ क्रान्ति गर्नु पर्छ भनिरहेको बेलामा हामी भने गजल कै एक लोकप्रिय भाग 'तरही मुसायरा' बारेमा भने अनभिज्ञ छौं । आज म त्यही 'तरही मुसायरा' भनेको के हो ? कसरी लेखिन्छ? भन्ने बारेमा केही भनाइ राख्न चाहन्छु । यो 'तरही मुसायरा' फारसी, उर्दु र हिन्दीको शास्त्रीय परम्परा हो र त्यहाँ एकदम लोकप्रिय पनि छ । यसले शायरहरुमा इन्धन भर्दछ र एउटै जमिनमा अनेक थरिका गजलहरु पाठक माझ आउँछन् । 'तरही मुसायरा'मा कुनै पनि गजलको मिसरा-ए-सानी (मतलाको दोस्रो मिसरा) को आधारमा अरुले पनि गजल काथ्ने काम गर्दछन् । 'तरही मुसायरा'मा तरह (दिईएको मिसरा) लाई मतला भागमा भन्दा अन्य शेरहरुमा प्रयोग गर्नु श्रेयष्कर मानिन्छ ।
संयुक्त अरब ईमिरेट्सको दुबईमा मेरै सम्पादनमा प्रकाशित हुने 'सहयात्रा' द्वैमासिक पत्रीकाको अंक ४ असार-साउन २०६४ सालदेखी सुरु गरेर ४ श्रिङ्खला सम्म चलायौं । यस 'तरही मुसायरा'का स्तम्भकार श्री मोहम्मद जाकिर हुसैन (जैकी मोजाहु ) हुनु हुन्थ्यो । त्यसबेला यो श्रीङ्खलाले निक्कै लोकप्रियता हासिल गरेको थियो तर प्राबिधिक कारणले त्यसपछी पत्रीका प्रकाशन गर्न सकेनौं र त्यो स्तम्भ र 'तरही मुसायरा'को प्रचार र बिकास गर्ने हाम्रो अभियान त्यही तुहिएको थियो । तर आज संयोग पनि त्यस्तै पर्यो गजलको संरचना नै बदल्नु पर्छ भनिरहेको बेलामा यो गजलको लोकप्रिय पक्षलाई किन नभित्र्याउँने र फेसबुकमा यस बारेमा किन छलफल नगर्ने भन्ने लागेर यहाँहरु समक्ष पेश गरेको छु । यो 'तरही मुसायरा' नेपाली गजलमा नौलो लाग्न सक्छ तैपनी हामीले यसलाई स्थापित गर्न सक्यौं भने नेपाली गजलले एक खुड्किला माथि उक्लने सौभाग्य पाउँनेमा दुईमत नहोला ।
माथि उल्लेखित उद्देश्यले मैले फेसबुकमा पनि हिजोदेखी यो श्रीङ्खलाको सुरुवात गरेको थिएँ यहाँहरुको सकृय सहभागीता देखेर मलाई यती खुशी लागेको छ कि त्यसलाई म यहाँ शब्दमा व्यक्त गर्न सक्दिन !! गजलको गुरुको रुपमा परिचित श्री भक्ती ज्युले गजल लेखेर पोस्ट गर्नुले यो मेरो प्रयासलाई उच्चाइ थपेको छ भने नारायण गाउँले जीले 'तरही मुसायरा' को नेपाली
ईतिहासको बारेमा जानकारी दिएर यसको अस्तित्वलाई स्थापित गरिदिनु भएको छ । साथै आजको प्रवासी साहित्यमा परिचित नामहरु सुनिलसंगम,जितेन्द्र मल्ल, मनु लोहोराङ, दीप्स शाह,यश जी, रुबेन पुन, कृष्णपक्ष, देव जी, रिमा साईराम, चन्द्र गुरुङ, भगवती बस्नेत, सुमित्र पौडेल,सोबन परियार, बिपुल बिक्रम, अमर सरोबर ज्युहरुको सकृय सहभागिता र प्रतिकृयाले मलाई धेरै हौसला मिलेको छ । वाह! वाह! ले मान्छेलाई जहिले पनि अल्छि बनाउँछ मलाई पनि त्यस्तै केही आलोचनात्मक सुझाव आएकाछन् त्यसलाई मैले सहर्ष स्विकार गरेर अगाडि त्यस्तो विवाद नपरोस भन्नेमा चनाखो बनाएको छ र म त्यस तर्फ म सदैब सचेत रहनेछु । र आउनुहोस् आज 'तरही मुसायरा'को दोस्रो श्रीङ्खला सुरु गरौं र सबैको सहभागीताको लागि हार्दिक अनुरोध गर्दछु ।
गजल: दलबीर सिंह बराइली 'घायल' गायिका: चञ्चला घिमिरे संगीत: हरी लम्साल एल्बम: फूलको धारले......
'पलपल तड्पाएर रुवाएको पाप लाग्ला' काफिया:- रुवाएको रदिफ:- पाप लाग्ला
यो माथि दिईेको मिसरा-ए-सानीलाई कुनै एक शेरमा समावेश गरी यही जमिन (आधार)मा सबैले एक एक पूर्ण गजल लेखेर यही फेसबुकमा पोस्ट गर्नु होला । यसले गजलकारहरुले आफ्नो खुबी देखाउँने र अरुसँग दाँज्ने अवसर पनि मिल्नेछ
ईतिहासको बारेमा जानकारी दिएर यसको अस्तित्वलाई स्थापित गरिदिनु भएको छ । साथै आजको प्रवासी साहित्यमा परिचित नामहरु सुनिलसंगम,जितेन्द्र मल्ल, मनु लोहोराङ, दीप्स शाह,यश जी, रुबेन पुन, कृष्णपक्ष, देव जी, रिमा साईराम, चन्द्र गुरुङ, भगवती बस्नेत, सुमित्र पौडेल,सोबन परियार, बिपुल बिक्रम, अमर सरोबर ज्युहरुको सकृय सहभागिता र प्रतिकृयाले मलाई धेरै हौसला मिलेको छ । वाह! वाह! ले मान्छेलाई जहिले पनि अल्छि बनाउँछ मलाई पनि त्यस्तै केही आलोचनात्मक सुझाव आएकाछन् त्यसलाई मैले सहर्ष स्विकार गरेर अगाडि त्यस्तो विवाद नपरोस भन्नेमा चनाखो बनाएको छ र म त्यस तर्फ म सदैब सचेत रहनेछु । र आउनुहोस् आज 'तरही मुसायरा'को दोस्रो श्रीङ्खला सुरु गरौं र सबैको सहभागीताको लागि हार्दिक अनुरोध गर्दछु ।
(१) मुख्य गजल
मेरो खुशी गर्भ भित्रै तुवाएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
सातै जुनी तिमीलाई साथ दिन्छु भन्दै लुटी
आज धोका दियौ कसम् खुवाएको पाप लाग्ला
पोको पारी राखें मैले लाखौं मेरा ईच्छाहरु
फुकाउँन नपाई त्यो कुवाएको पाप लाग्ला
डाँडा पाखा बस्ति–बस्ति हात गाँसी हिडाए’थ्यौ
जीबन् साथी भनि मुर्ती छुवाएको पाप लाग्ला
‘घायल’छु नहाँस भो पत्थर हौ तिमी अब
झरी सरी आँशु मेरो चुवाएको पाप लाग्ला
------------------------------
(२) Chainsmoker Chandra Grg
सिन्दुर हाली सात फेर घुमाएको पाप लाग्ला
अर्धाङीनी भन्दै खुट्टा छुवाएको पाप लाग्ला
तिमी मेरी मुटु भन्थ्यौ माया गरि अधर चुम्थ्यौ
संगै जिउने मर्ने कसम खुवाएको पाप लाग्ला
नशा पीई घर आउँथ्यौ जे जे पायो त्यहि बक्थ्यौ
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
कस्तो आँधी हुरी चल्यो सपना सबै उडाई लग्यो
मलाई छाडी पराईलाई डुलाएको पाप लाग्ला
माया भन्नु बिश्वास हो बाँच्नु सधैं बिश्वासमा
शंका गरि सम्बन्ध त्यो छुटाएको पाप लाग्ला
----------------------------------
(३)रिमा साईराम (सापकोटा)
सत्ते कुरा नबोलेर लुकाएको पाप लाग्ला
माया गर्ने मायालुलाई झुक्याएको पाप लाग्ला |
आउँछु भनि भेट्न सधैँ देउरालीमा कुराएर
आशा देखाई निराशाम फर्काएको पाप लाग्ला
चोखो माया कस्तो भनि नबुझेमा पछी हेर
जीबनभरि तिम्ले मलाई घुर्क्याएको पाप लाग्ला |
यो दु;खीको मनबाट टाढै हुन खोजे तिम्लाई
पलपल तड्पाएर रुवाएको पाप लाग्ला |
---------------------------------
(४)जोय ठकुरी
अर्कैसँग जोडी बानी सुहाएको पाप लाग्ला
अम्रितमा बिष हाली खुवाएको पाप लाग्ला
यस्तै रै'छ जिन्दगीमा माया प्रेम भन्नु पनि
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
अन्तै नाता जोडी गयौ हाम्रो माया तोडी गयौ
जानी बुझी पीडाभित्र डुबाएको पाप लाग्ला
सँगै-सँगै जाने गर्थ्यौ सतबिज छर्नलाई
गंगाजल छर्किएर नुवाएको पाप लाग्ला ।
-------------------------------
(५) Bhagawati Basnet
'पलपल तड्पाएर रुवाएको पाप लाग्ला'
फुल्न नदिई कोपिलामै तुवाएको पाप लाग्ला
मिलनको खुशीहरु ,नयनभरि सँगालेथे
आशाका ती सपनाहरु चुहाएको पाप लाग्ला
भिजे मेरा नयनहरु तिम्रै बियोगको छट्पटिमा
मनको तृष्णा मनभित्रै कुवाएको पाप लाग्ला
सोच्दा सोच्दै कल्पनामा,तिम्रै मात्र बन्छ छाँया
सँगै बाँच्ने मर्ने, कसम छुटाएको पाप लाग्ला
लक्ष्य खोज्दै क्षितिजपारी पुगिएछ विरानीमा
आफ्ना रहर आँफै भित्र लुकाएको पाप लाग्ला
--------------------------------
(६) Manu Lohorung
बत्ती बाली तामा-तुल्सी छुवाएको पापा लाग्ला
"पलपल तड्पाएर रुवाएको पाप लाग्ला"
बोट देखि टिपी ल्यायौ, फाल्यौ शितमाथि
बिनाकसुर् फूललाई कुहाएको पाप लाग्ला
अमृतको प्याला भन्दै घुट्को घुट्को निल्न लायौ
झुक्क्याएर बिष हाली खुवाएको पाप लाग्ला
जीवनको नदी तरी संगै पारी जाउँ भन्दै
बिचै नदि भंगालोमा डुबाएको पाप लाग्ला
----------------------------------
(७) यश जि
शहिदको रगतले , नुहाएको पाप लाग्ला
गर्छु भनि भर् दिएर, तुहाएको पाप लाग्ला ||
उजाड़ भए कति सिउँदो,भाच्चीगयो टेक्नेलौरो
पलपल तड्पाएर रुवाएको पाप लाग्ला ||
न त शान्ति न शुरक्षा न त घट्यो भ्रष्टाचार
जनताको भावना लाई कुहाएको पाप लाग्ला ||
कहाँ छ'नि तपोभूमि ,काँ' बिलायो 'यश'को देश !
सगरमाथा दक्षिणतिर छुवाएको पाप लाग्ला ||
----------------------------------
(८) Sumitra Poudel .
हात माग्यौ साथ दिदै खुवाएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला !
दिल भित्र सजाएथे देखे आज अर्कैसँग
मनका कुरा नखोलेर लुकाएको पाप लाग्ला !
भयौ किन तर तर यति चोखो माया दिँदा
पानी जस्तो संङ्ग्लो मन दुखाएको पाप लाग्ला !
तिमीले नै खाएकाथ्यौ मिलानमा बाचा कसम
सम्झेकोथ्ये एउटै धड्कन छुटाएको पाप लाग्ला !
सुन्दर फूल फुलाउँने बोट आफै रोप्यौ तिमी
लाग्दै थिए ती कोपिला चुडाएको पाप लाग्ला !
---------------------------------
(९)कृष्णपक्ष थापा
जानी जानी दिल मेरो, दुखाएको पाप लाग्ला
पिरतीको बन्धन यो, फुकाएको पाप लाग्ला
किन ढाट्यौ जुनी जुनी, तिमीसंगै जिउछु भनी
छाती भित्र अर्कै कोही, लुकाएको पाप लाग्ला
कसरी यो मुहार देखाउँ, दुनियाको सामु आज ?
रुझाएर मेरो नजर झुकाएको पाप लाग्ला
उर्लिएथे छातीभरि, उमंगका भेलहरु
खडेरी झैं अनायासै, सुकाएको पाप लाग्ला
अध्यारोमा कतैतिर, हिड्दै थियो कृष्णपक्ष
छल गरी मेरो लक्ष्य, चुकाएको पाप लाग्ला ।
---------------------------------
(१०)Bhakti Prasad Paudyal
मायालुलाई धोका दिई झुक्याएको पाप लाग्ला
पल पल तडपाएर रुवाएको पाप लाग्ला
अन्धो बनी नभाग है सम्पत्तिका पछि तिमी
गरिबको चोखो मन दुखाएको पाप लाग्ला
अरुलाई अभावमा जिउन एक्लो पारी तिमी
स्वार्थी बनी मानवता झुकाएको पाप लाग्ला
साथै हिँड एक्लै तिमी पुग्ने छैनौ गन्तव्यमा
भाग खोसी अरुको त्यो लुकाएको पाप लाग्ला
-----------------------------------
(११) Amar Sarobar
नदुखेको मुटुभित्र दुखाएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
जिन्दगीको यात्राभरी सधैं साथ दिन्छु भन्थ्यौ
झुटो वाचा झुटो कसम खुवाएको पाप लाग्ला
मिर्मिरेमै तिमी आयौ रात छाडी गयौ अनि
बिहानीको मिठो आशा तुवाएको पाप लाग्ला
जति बिर्सु भनेपनि कल्पनामा आउछ्यौ फेरि
सारा चैन,भोक, तिर्खा टुटाएको पाप लाग्ला
----------------------------------
(१२)बिष्णुनन्द चाम्लिङ्ग
मात्तिएर कान्छी शाली लुकाएको पाप लाग्ला ।
घरकीलाई धुरु /धुरु रुवाएको पाप लाग्ला ।
ढकमक्क फुलेका ती जूनतारा झैँ फूलहरु,
भित्र/भित्रै जरै काटी सुकाएको पाप लाग्ला ।
उड्दै थिए माथि माथि भावनाका चङ्गाहरु,
अनायसै चट्ट धागो चुटाएको पाप लाग्ला ।
उड्ने मेरो मनचरीको प्वाँख सबै काटी दियौ,
शून्यतामा तप्प आँशु चुहाएको पाप लाग्ला ।
---------------------------------
(१३)Ruben Pun
तिम्रो शिर छोई कसम खुवाएको पाप लाग्ला,
पल पल तड्पाएर रुवाएको पाप लाग्ला ।
तिम्लाई बिश्वास गर्दा मैले पाएको यो बदनामि,
दाग लगाई हाम्रो माया कुवाएको पाप लाग्ला ।
चोखो माया पिरतिमा बिश्वासघाती छुरा रोपि,
घाउहरु यि आँशुले धुवाएको पाप लाग्ला ।
मरे सँगै मरौं हामी बाँचे सँगै बाचौ भनि,
सँग सँगै तामा तुलो छुवाएको पाप लाग्ला ।
--------------------------------
(१४)सुरजदेव श्रेष्ठ ऐयार
हर घंडी मझेरीमा कुराएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
अँधेरीमा तिमी कतै फर्किन्छौ कि कुरी रहें
पर्ख भनी अन्तै बाटो जुराएको पाप लाग्ला
तिम्रै भरपरी हिंडे, आँखै चिम्म गरि हिंडे
यता भनी उता तिर पुराएको पाप लाग्ला
ऐले आई धेरै पछी रोए जस्तै गर्छौ तिमी
सत्य छोपी असत्यले नुहाएको पाप लाग्ला
मन रुँदा आँसु झर्छ त्यो'हो अर्कै कुरा प्रिय
देखावटी अश्रुधारा चुहाएको पाप लाग्ला
दुनियाँलाई आफ्नो भनी पुजेर हिड्छौ अरे'
आज "देव" अस्तित्व नै तुहाएको पाप लाग्ला
---------------------------------
(१५)Jitendra Malla
चाँडै आउँछु भनी बर्सौ,कुराएको पाप लाग्ला ।
साथै ज्युँने मेरो रहर,तुहाएको पाप लाग्ला ।
मेरो माया चोखो थियो,शंकालु त्यो बानी तिम्रो,
शंका गरी नानाथरी,सुनाएको पाप लाग्ला ।
तिम्रै मन खोटी रै'छ,तोड्नु रै'छ अटुट नाता,
मिठो बोली मायाजालमा,भुलाएको पाप लाग्ला ।
धोका दियौ स्वार्थी रै'छौ,भिजेका छन् आँखा सधैं,
पलपल तड्पाएर, रुवाएको पाप लाग्ला
----------------------------------
(१६)Indira Prayash ===
मायालुको मन त्यसै,दुखाएको पाप लाग्ला
जानी जानी बिषपान,खुवाएको पाप लाग्ला
समाजको नजरमा,सम्बन्धको खोल ओडी
सम्बन्धमा बाँधें भन्दै,झुक्याएको पाप लाग्ला
सधैंसधैं सुन्ने गर्थें,धड्कनमा तिमी नै छौ
धड्कनमा अर्कै राखी,लुकाएको पाप लाग्ला
नचुकाई अबसर लुट्ने जती सबै लुटी
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
सबै मिली सकेपछि,जतिपाति हेरिकन
मेरा सारा चाहलाई तुवाएको पाप लाग्ला
-------------------------------
(१७)Sus Sangroula
फक्रिएकेा फुललाइं मारेकेा पाप लाग्ला
विश्वास दिएर छेाडेकेा पाप लाग्ला
सुन्दर फुल्ललाइं पैतालाले टेकेकेा पाप लाग्ला
झरेका अासुका थेापा थेापाकेा पाप लाग्ला
माया लगाएर कुराएकेा पाप लाग्ला
चेाखेा प्रितलाइं नबुझेकेा पाप लाग्ला
मुटुलाइं टुक्रापारी लताएकेा पाप लाग्ला
पल पल रूवाएकेा पाप लाग्ला
--------------------------------
(१८)Deeps Shah
पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला
तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला
हाँगापात लछारेर जानुरैछ मोडिएर
कोपिलामै फूलको डाली नुवाएको पाप लाग्ला
तिमी गयौ जिन्दगीको जून मेरो डुबी गयो
अँधेरीमा आँशुधारा चुहाएको पाप लाग्ला
---------------------------------
(१९)Hari Manandhar
अमृत भनि बीष मलाई खुवाएको पाप लाग्ला
बाचासँगै तामा तुलसी छुवाएको पाप लाग्ला
वाचा तोडि अर्को खोजी वीच बाटोमा छाडी गए
पलपल तड्पाएर रूवाएको पाप लाग्ला
कैयौ दुःख भोगेपछि पाएकोथेँ तिम्रो साथ
जुनी काट्ने दोसाँधमा तुवाएको पाप लाग्ला
तिम्रो मन सिँगारेछौ, गुलाव सरी फुलाएर
झारपात सम्झि मलाई कुवाएको पाप लाग्ला
घमण्डको जीत कहिल्यै, हुँदैन भो सँसारमा
विवशलाइ सोझो देखी धुवाएको पाप लाग्ला
---------------------------------
(२०)अतृप्त कमल
जनताको सपनाहरु कुवाएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
सपुत हुँ तिम्रो आमा गर्छु सधैँ भलो भनी
टुक्रा टुक्रा पारी देश धुँवाएको पाप लाग्ला
नेपाली भै विदेशीको चाकरीमा खटिएर
गरिबका आशाहरु तुहाएको पाप लाग्ला
आफ्नो मात्र स्वार्थ हेरी घुम्दै कुर्सी वरिपरी
आमा भन्दै गोही आँशु चुहाएको पाप लाग्ला
बेचेकै हो तिमीहरुले मेची काली बिदेशीलाई
धर्म गर्न सात धाम नुहाएको पाप लाग्ला
-----------------------------------
(२१)Soban Pariyar
मेरा सारा इच्छाहरु, तुवाएको पाप लाग्ला ।
पल पल तड्पाएर, रुवाएको पाप लाग्ला ।।
आफु भन्दा पनि धेरै, विश्वाश गर्थें तिम्लाई ।
अमृत भन्दै जहर, खुवाएको पाप लाग्ला ।।
मनबाट पिरतिको, फूल टिपि पठाएँथें ।
बिना वास्ता शितमा छोडि, कुवाएको पाप लाग्ला ।।
सँगै मर्ने, सँगै बाँच्ने, बाचा हाम्ले गरेकाथ्यौं ।
छोड्यौ मलाई देउता, छुवाएको पाप लाग्ला ।।
----------------------------------
(२२)Anju Subedi
गर्छू भन्दै देश निम्ति नगरेको पाप लाग्ला
सपना ति छरी धेरै न उठाको पाप लाग्ला
जनताको नाम लिदै महल आफ्नो बनाउदा
बाचाहरु बिर्सिएको तिमीलाई पाप लाग्ला
झुपडीमा कोही कतै झाडा लागि मर्नु पर्दा
बिदेसको सयर गर्ने टिकेटले पाप लाग्ला
गरीब छ देश हेर च्यातिएछ जता ततै
पुस्तालाई थुपारेको सम्पतिको पाप लाग्ला
आफ्नो मात्र खुशी हेर्दा बेथिति भो देस आज
'पलपल तड्पाएर रुवाएको पाप लाग्ला'
--------------------------------
(२३)Neer Yakha
हेर्दा हेर्दै मेचीकाली डूबाएको पाप लाग्ला
पलपल तड्पाएर रुवाएको पाप लाग्ला
पुछिएका छैनन आशु अझै हाम्री सुन्तलिका
आश्वासनका पोकोबाडी फकाएको पाप लाग्ला
सोरौदाउ नि चिप्लीलड्नु खोटीखप्पर तिन्को क्यार्नु
छिर्के दाउमा इमान जमान हराएको पाप लाग्ला
थप्पड खान्छौ झल्लुले झैँ पालोतिम्रै पर्खिबस
हाम्रोश्रमले तिम्रासन्तान पोसाएको पाप लाग्ला
----------------------------------
(२४)कल्पना गिरी भाबुक
मेरो मुल्य सस्तो ठानी, हुत्याएको पापलाग्ला,
सडिएको बस्टु भनी, छुट्याएको पापलाग्ला।।
साहित्यको संसारमा ,रुची राख्नु गल्ती भोकी,
सरुवारोग सम्झी मलाई,खुट्याएको पापलाग्ला।।
सिक्न खोज्छु आसमर्दै, जादा पनी दिनदिनै,
अलपत्र बाटो बिच्मा, रुवाएको पापलाग्ला।।
जन्मजात निधारमा, लेखी आँउनु पर्ने होकी,
निरन्तरता दिनु भन्दै, फुर्काएको पापलाग्ला।।
पकपक मुख बाउँदै, आश्वासन निल्न खोजे,
कोखाइ भनि अन्तैलागि,झुक्याएको पापलाग्ला।।
---------------------------------
(२५)Kalpana Awasthi
बाहिरनै देउतालाई छुवाएँको पाप लाग्ला
पलपल तड्पाएर रुवाँएको पाप लाग्ला
ठुलो सानो जातिवाद गर्नेहरु तिमीलाई
हाम्रो दुःखी पसिना यो चुहाँएको पाप लाग्ला
समाजको नियमले यस्तो गरे नभन है
गंगाजल छर्किएर नुवाँएको पाप लाग्ला
हेर्दा तन उस्तै छ भित्रि मन पनि उस्तै
नियतिको खाड्लमा डुबाँएको पाप लाग्ला



This is an old series of 'ghayalko tarahi musayara.............