यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-४

सुचना! सुचना!! सुचना!!!
आदर्णीय अग्रज ज्यु समकालिन मित्र तथा पाठकहरुमा यो सुचित गरिन्छ कि अब देखी 'घायलको तरही मुसायरा' आफ्नै ब्लगमा संचलान हुने भएकोले यहाँहरुले आफ्नो सिर्जना ब्लगमा नै पोस्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।


अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
'घायलको तरही मुसायरा-४' यहाँरुको सामु छ । गत श्रीङ्खलाहरुमा यहाँहरुको अत्याधिक सहभागीताले निक्कै हौसाएको छ । 'घायलको तरही मुसायरा'ले आज अर्को छलाङ्ग मारेको छ । अबदेखी घायलको तरही मुसायराले आफ्नै ब्लग पाएकोछ । यसमा सँधै झैं यहाँहरुको न्यानो साथ रहने नै छ भन्ने आशा गरेकोछु । संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । सँधै झैं हरेक श्रीङ्खलाहरुमा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट पाँचजना निर्णायक मण्डलको पोइन्टको आधारमा उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । हामी अब देखी हप्ताको एक श्रीङ्खला लिएर आउँनेछौं आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने
गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजल समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गरेको गजललाई बढी प्राथमिकता दिइनेछ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।


आज मैले हाल इस्राएलमा रहेर फेसबुकमा निक्कै राम्रो सिर्जनाहरु पस्किंदै आउनु भएकी सर्जक सुमित्रा पौडेल ज्युको गजलको मिसरा-ए-सानी 'यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा' लाई तरहको रुपमा पेश गरेकोछु । यसैको आधारमा यहाँहरुले एक पूर्ण गजल लेखेर 'घायलको तरही मुसायरा' ब्लगमा पोस्ट गर्नु होला .

गजल: सुमित्रा पौडेल
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६

घायलको तरही मुसायर-४'मा दिइएको तरहको पूर्ण गजल यहाँहरुको लागि पस्किंदैछु । अब 'घायलको तरही मुसायरा-५' भोलि दिउँसो १२ बजे (युएई समय अनुसार) आउँनेछ । सम्पुर्ण सहभागीहरुलाई धेरै धन्यबाद !

सुमित्रा पौडेल

बिदेशीको सामु शिर झुकाएर रुन्न आमा
यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा

तिम्रै लागि बाँचेको छु तिम्रै लागि हाँसेको छु
बिश्वमा नै अस्तित्व छ चुकाएर रुन्न आमा

बढ्छु अघि साहस लि नेपालकी छोरी हुँ म
आफ्नो देश्को पहिचान लुकाएर रुन्न आमा

फर्की भोली पुछाउँला बगेका ति आँशुहरु
कम्जोर भै यो शरिर सुकाएर रुन्न आमा

हार्दिन म कहिल्यै नि संघर्ष हो यो जीवन
हिड्दा ठेस लागे मन दुखाएर रुन्न आमा !!

Posted by Masti Entertainment on 10:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

16 comments for घायलको तरही मुसायरा-४

  1. yash

    भर पर नेपाली शिर झुकाएर रुन्न आमा
    परदेशमा स्वाभिमान चुकाएर रुन्न आमा ||

    भुत हरुको बस्ती माझ अश्रु मुल्य केनै छ र ?
    यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा ||

    बलियो छ आत्मबल दया भिख चाहिएन
    कर्म गर्ने हात हरु लुकाएर रुन्न आमा ||

    दुख्ख चर्को गधा सरि तर पनि केहि छैन
    पछुताई मन मुटु दुखाएर रुन्न आमा ||

    आशिर्बाद लागोस तिम्रो , 'यश' संग ज्यून सकुँ
    औकात हेर्ने प्रतिबिम्ब फुटाएर रुन्न आमा ||

    -यश घिमिरे
    हाल ; इजराएल
    ( दियिएको मिश्रा राम्रो लाग्यो , सहभागिता जनाउने कोशिस गरें है त घायल जी |)

  2. prabha

    मलाई भने यो पटक अन्तिममा मात्र गजल प्रस्तुत गर्ने इछ्या भयो । शुरुकै दिनमा नै जाँगर चलाएर गजल लेखेँ पोस्ट गर्न नै आएन त्यसैले मन मर्‍यो । अब अन्तिममा मात्र हाजिर हुनेछु है दलबिर जी । सबैलाई स्वागत गर्दै ।

  3. Buddhi Moktan

    "घायलको तरही मुसायरा -४ "

    गजल: सुमित्रा पौडेल
    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
    लय: ४+४+४+४=१६

    -----गजल ---------------

    नयनका सयौ प्याला सुकाएर रुन्न आमा
    पाखा हाँसो भित्र पिडा लुकाएर रुन्न आमा ।।

    पसिनामा पौरख् साट्छु प्रगतिले तिम्रा लागि
    बिना कर्म हातहरु दुखाएर रुन्न आमा ।।

    यो छोराको बाचा सम्झ जीत लान्छ धरै माथी
    हार बोकी तिम्रो शान थुकाएर रुन्न आमा ।।

    साहषीकी सुपुत्र हुँ ममताले जन्माएकी
    उही माथ कसै सामु झुकाएर रुन्न आमा ।।

    हाँसो सधैं संगै राख्छु जान दिन्न कतै पनि
    यो मनको पीर ब्यथा फुकाएर रुन्न आमा ।।

    -बुद्धि मोक्तान ['अघोषित योद्धा']

  4. नेपाली हुँ आफ्नो शिर झुकाएर रुन्न आमा
    विरताको निशानी त्यो चुकाएर रुन्न आमा।

    जिन्दगीको यात्रा भरि जति दु:ख भए पनि
    यी आँखाका मोति दाना सुकाएर रुन्न आमा।

    सहने छु आँधी हुरी चर्को घाम जे भए नि
    यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा।

    मुटु माथि ढुङ्गा राखी भए पनि हाँसेकै छु
    आफ्नो मन आफैले नै दुखाएर रुन्न आमा।

    लड्दैछु म स्वतन्त्रा र स्वधिन्ताको लागि यहाँ
    मातृत्वको अस्तित्वनै लुकाएर रुन्न आमा।

    सुवाश श्रेष्ठ गोरखा नेपाल

  5. Anonymous

    यहाँको अभियानमा सहभागी हुन पाउँदा खुसी लाग्यो । विभिन्न कारणले गर्दा हतार हतारमै घायलको तरही मुसायरा-४ का लागि गजल कोर्ने प्रयास गरियो ।

    गजल: सुमित्रा पौडेल
    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको/पिरब्यथा//फुकाएर/रुन्न आमा
    लय: ४+४+४+४=१६

    घायलको तरही मुसायरा-४ का लागि गजलः

    आपतमा परेली यी सुकाएर रून्न आमा
    रूनै परे तिम्रो चित्त दुखाएर रून्न आमा

    जन्म दियौ संसारमा, जिउन पनि सिकायौ
    यो मनको पीर-ब्यथा फुकाएर रून्न आमा

    अर्थ खोज्दै जिन्दगीको भौतारिँदा दोबाटोमा
    साथ हुन्छ तिम्रो आँट झुकाएर रून्न आमा

    संघर्षकै रूप हो जीवन, मूलमन्त्र यही भयो
    पाएपनि कस्तै दुःख चुकाएर रून्न आमा

    भएकैले चित्त बुझ्छ, छैन कुनै लोभ-लालच
    बाँच्दा पनि सुख-दुःख लुकाएर रून्न आमा

    टेकेन्द्र अधिकारी
    विराटनगर, नेपाल

  6. Anonymous

    सम्पूर्ण साहित्यप्रेमी मनहरुलाई कलमी अभिबादन साथै
    दर्शन नमस्कार। घायलको तरही मुसहरा ४ मा जानी
    नजानी सहभागिता जनाउने प्रयास मैले पनि गरे कस्तो
    भयो सुजाबको अपेक्षामा छु।
    गजल: सुमित्रा पौडेल
    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
    लय: ४+४+४+४=१६

    गजल
    दु:ख सामु आफ्नो शिर झुकाएर रुन्न आमा।
    खुशी खोज्ने आशा कुनै लुकाएर रुन्न आमा।।

    चोट लाग्दा तिम्रो मनभित्र आफ्नो आशु धारा
    परेलिको डिल भरी सुकाएर रुन्न आमा ।।

    गरीबिको भारी बोक्दै उकालीको चौतारीमा
    यो मनको पिर ब्यथा लुकाएर रुन्न आमा।।

    लाखौं चोटि भोगि सके यातनाका पिडाहरु
    अझै कलेजिको छेउ दु:खाएर रुन्न आमा।।

    यौबनको हत्या गर्दा स्वार्थी समाजको सामु
    मायालु को शान रत्ती थुकाएर रुन्न आमा।।

    दिनेश बस्नेत"मायालु"
    थुकिमा-ताप्लेजुङ नेपाल
    अहिले (दुबाइ यू ए ई )

  7. Anand Bhattarai

    खुसिसाथ बाँच्ने मन दुखाएर रुन्न आमा ।
    स्वाभिमान कोहिसामु चुकाएर रुन्न आमा ।

    आइपर्ने कस्टहरु जिम्मेवारी लिन्छु सबै
    निच भइ ठाडो शिर झुकाएर रुन्न आमा ।

    बाचुन्जेल रमाएर सेवा गर्छु तिम्रो सधैं
    सेवा गर्ने हातपाउ सुकाएर रुन्न आमा ।

    विधाताको डडेलोले चाह सबै जलेपनी
    यो मनको पिर व्याथा फुकाएर रुन्न आमा ।

    यथार्थको भोगाइ यो दुई छाक खोले फाँडो
    सुख भनि दु:ख जति लुकाएर रुन्न आमा ।


    आनन्द भट्टराई "गाउँले"

  8. sumitra

    lovely ...like very much .

  9. घायलको तरही मुसायरा-४
    अति नै मार्मिक भावको यो तरहबाट पुरै गजल तयार पार्न धौ धौ पर्यो .. तरै पनि 'आमा' शब्दले भावनात्मक बेग बढाउँदै लग्यो .. अनि पुरा भयो यो अर्को गजल ... सुझावको आशामा छु ...
    गजल: सुमित्रा पौडेल
    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
    लय: ४+४+४+४=१६

    बिना अर्थ तिम्रो रज, सुकाएर रुन्न आमा
    मातृभारा तिर्ने मौका, चुकाएर रुन्न आमा

    पौरखी छ तिम्रो दूध, आँत दह्रो बनेको छ
    तिम्रो शीर मेरो गजूर, झुकाएर रुन्न आमा

    दिएकी छौ सु-संस्कृत, शील गुण आनीबानी
    यस्तो कान्ति श्रीसम्पत्ति, लुकाएर रुन्न आमा

    दरिलो छु ढुक्क हुनु, दु:ख हाँक्न जानेको छु
    यो मनको पिर ब्यथा, फुकाएर रुन्न आमा

    'अनुरागी मन'की खानी, फेरि कहाँ पाउँला म
    स्नेहिलो तिम्रो छाती, दुखाएर रुन्न आमा

    ........ अनुराग अधिकारी 'अनुरागी मन'
    ........ दक्षिण कोरिया

  10. राजेन्द्र

    "घायलको तरही मुसायरा-४" मा मेरो प्रस्तुति यस प्रकार छ ।

    दशधारा दूधको मोल चुकाएर रुन्न आमा ।
    वैरी सामु ठाडो शीर झुकाएर रुन्न आमा ॥

    शत्रुसंग लडे पनि पराईको घेरा भित्र ।
    यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा ॥

    काटोस् बरु शीर मेरा देशकै लागी मर्छु ।
    यी आँखाका आँशु जम्मै सुकाएर रुन्न आमा ॥

    दश नङ्ग्रा खियाएर आफ्नै श्रम खान्छु म त।
    पराइ घर दैलो मुनी ढुकाएर रुन्न आमा ॥

    स्वर्ग हो आफ्नै घर प्यारो मेरै डाँडा पाखा ।
    तिमी सामु मेरा आँशु लुकाएर रुन्न आमा ॥

    राजेन्द्र मल्ल
    चैत २१, २०६७, काठमाडौं

  11. Anonymous

    गजल: सुमित्रा पौडेल
    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
    लय: ४+४+४+४=१६

    घायलको तरही मुसायरा-४

    मन्दिरमा देउकी तन ढुकाएर रुन्न आमा
    पाउनु पर्ने हक,खुशी चुकाएर रुन्न आमा

    पोख्न खोज्दा बेदनालाई अलच्छिनी भन्दै डसे
    यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा

    लुकामारी खेल्ने आँचल च्यातिएछ थोत्रे भन्दै
    पराइ झिल्के घुम्टोमा शीर लुकाएर रुन्न आमा

    त्यागकी मुर्ति लड्न सक्छु कुप्रथाको बिरुद्धमा
    भक्कानिंदै आँतको बहार सुकाएर रुन्न आमा

    दाइजो माग्दै बर्से छडि हिंडें चेतको बिगुल छर्न
    नारी स्वाभिमान मेरो झुकाएर रुन्न आमा

    सविना सिरु
    झापा, नेपाल

  12. गंगासरी माया तिम्रो लुकाएर रुन्न आमा !
    चोट खाइ हासी दिन्छु दुखाएर रुन्न आमा !!

    मन रुदा सधै मेरो शुभाशिष तिमि भर्ने !
    तिम्रो स्नेह बात्सल्यता सुकाएर रुन्न आमा !!

    स्वार्थ सिद्ध संसारको गुलामिमै बाँचे पनि !
    यो मनको पिर व्यथा फुकाएर रुन्न आमा !!

    मनै त हो दुखि हाल्छ ,स्वाभिमान टुक्रे पछी !
    हांसी हांसी मरि दिन्छु थुकाएर रुन्न आमा !!

    मलाई सुखी राख्न आमा, आफु दुख कति गर्यौ |
    उच्च राख्छु शिर तिम्रो, झुकाएर रुन्न आमा !!

    हिरु शर्मा ""बिराटनगर

  13. Anonymous

    मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
    काफिया: फुकाएर
    रदिफ: रुन्न आमा
    यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
    लय: ४+४+४+४=१६

    A GAZAL BY ATRIPT KAMAL
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
    पराई सामु ठाडो शिर झुकाएर रुन्न आमा
    देशको माया मुटुभरी लुकाएर रुन्न आमा

    देश रुँदा रोएको छु दुख्छ मुटु भित्र भित्रै
    रुन्छ मन तर नयन सुकाएर रुन्न आमा

    पराईको बचनले पोल्छ आँत आगोले झैँ
    बन्छु कठोर तर आत्मा दुखाएर रुन्न आमा

    हाँस्छन् बैरी यसै पनि हाम्ले दुख पाउँदा खेरी
    यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा

    बिरहरुको धरतीमा"कमल"फूल फुलाउनु छ
    तिम्रो सेवा गर्ने मौका चुकाएर रुन्न आमा

    अतृप्त कमल (कमल कार्की)
    बुटवल,रानीबगिया
    हाल:-दोहा,कतार

    "रदिफ "रुन्न आमा" भएको हुनाले भाव त्यति फराकिलो हुन सकेन,अन्य सर्जकजनहरुको सेरहरूसँग मेल खान गएको खण्डमा माफी चाहन्छु,समयाभावमा हतार गर्दै लेखेर सहभागिता मात्र जनाउन सकें..." धन्यबाद!!

  14. निर्मला अवस्थी

    घायलको तरही मुसायरा-४ मा म पनि सामेल भएँ है, साह्रै रमाइलो पो लाग्न थाल्यो यो थलो।
    गजल:
    तिमीसित कुनै कुरा लुकाएर रुन्न आमा
    अब देखि तिम्रो मन दुखाएर रुन्न आमा।।

    स्वभिमानी बनी सधैं यो जीवन धानेकी छु
    कसै सामु आफ्नो शीर झुकाएर रुन्न आमा।।

    यस्तै त हो जीवनमा कैले घाम कैले छायाँ
    बिस्कुन जस्तै यो पीडा सुकाएर रुन्न आमा।।

    झर्छ आँशु एक्लै बस्दा तिमीलाई संझिएर
    यो मनको पीर ब्यथा फुकाएर रून्न आमा।।

    परिश्रम गरेकीछु ठगी खान्न कैले पनि
    आफ्ना सारा अभिभारा चुकाएर रून्न आमा।।

  15. sanajaya

    "घायलको तरही मुसायरा-४"

    घरका सबै परिवारले बाटो हेर्छन वरन्दामा
    यो मनको पिर ब्यथा फुकयर रुन्न आमा ।।

    छोडी आए मातृभूमी विदेश तिर लागे
    परि आयो आपतीमा विदेश तिर ताके ।।

    आर्थिक संकट लगेपछी खुट्टा टेक्न पाइन
    नयाँ नेपाल भन्दा भन्दै रोजगार कतै छैन् ।।

    विदेशको बसाइ मेरो गर्दैछु म यस्तै काम
    यो मनको पिर ब्यथा फुकयर रुन्न आमा ।।

    स्वदेशमा काम गर्‍यो उचित मुल्य पाइन मैले
    देशका युबा यस्तै भन्छन् गाँऊ बनाउने कस्ले ।।

    चल्छ जाँगर कामगर्ने भरोसा दिने कोहि छैन्
    नसमाउने हागा छत टेक्ने ठाउँ कतै पाइन्न ।।

    हेर्छिन होली आमा पनि कहीले आउछ छोरो भनि
    वरन्दामा बसी हेर्छिन होली तोलाएर दिन गनी ।।

    छोडी आउँदा खम्बे आमा आजभोली हिंड्न छदिन
    ज्यान सुकी खोक्रो भयो लौरो बिना चल्न छदिन।।

    घरका सबै परिवारले बाटो हेर्छन वरन्दामा
    यो मनको पिर ब्यथा फुकयर रुन्न आमा ।।

    सञ्जय कुमार खड्का
    हाल : साउदिअरबिय

  16. Anonymous

    घायलको तरही मुसायरा - ४ को प्रतियोगी गजल

    >>>>>>>>>>>> गजल <<<<<<<<<<<<<<<<<

    नि'भ्या आगो तापि घाऊ सुकाएर रुन्न आमा
    जलन सहि तर शिर झुकाएर रुन्न आमा

    हुँदा गेडी सबै मेरी छैन गेडी सबै टेडी
    रितै यस्तो रै'छ मन दुखाएर रुन्न आमा

    उधो लाग्या म्रिग खेद्ने निर्दयिको संसारमा
    यो मनको पिरब्यथा फुकाएर रुन्न आमा

    हत्केलाले सुर्य छेकि दिनमै डाँका हाल्नेसँग
    भरपरि आफ्नो मुल्य चुकाएर रुन्न आमा

    भेल छोपी माछा मार्ने कति देखें कति यहाँ
    डुब्न लाग्या नाउ ब्यर्थै रुकाएर रुन्न आमा

    *******************************

    ०७ - एप्रिल - २०११
    सरोज पंहाङ्गो लिम्बू
    जल्जले - १, तेह्रथुम, नेपाल ।
    हाल : संयुक्त अरब ईमिरेट्स

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011