यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल'

खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?
समयलाई पनि सोध किन तिमी हतारमा छौ?

खरिद बिक्रि हुन्छन् मान्छे नपत्याए ऐना हेर
बिक्रेता र क्रेता आफै जिन्दगीको बजारमा छौ ।

मनभित्र उथल पुथल किन हुन्छन् नसोध्नु है
आँधिहुरी सामान्य हो चाहनाको किनारमा छौ ।

भगवान नै छैनन् यहाँ नत्र भन कस्ले भेट्यो?
पूजा गरी मोक्ष मिल्ने अचम्मैको पत्यारमा छौ ।

'घायल'हरु छट्पटिंदा पिडकहरु खुशी हुन्छौ?
यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ ।

गुप्तेश्वर-३,रामेछाप
हाल: अलऐन,युएई
©घायल

Posted by Unknown on 11:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011