यो ब्लग हेर्नेको संख्या

75624

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

मान्छे

कविता By अनुप जोशी 

मान्छेलाई थाहा छ-
आकाशको रङ
थाहा छ- सगरमाथाको उचाई
झरनाको शिर
मौसमको जादुले रुखमै पाकेको फल
उसलाई सबै थाहा छ-
बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ ,
चट्याङ् पर्छ
थाहा छ -
भर्खरै हाँगा छाडेर भुर्र उँडेको चरा
बादलभित्र गायब भएको जहाज
जुनको आकार
ताराको धिपधिप ।
टाउको उठाएर
मान्छेले सबै-सबै देख्न सक्छ ।

तर साँच्चै , मान्छेलाई थाहा छैन-
आफु टेकेको धर्ती
भर्खरै पाइला बढाउँदा कुल्चिएको कमिलो
वैलिएर भुँइमा झरेको फुल
थाहा छैन-
यौटा नव कवि प्रकाशन गृहमा अल्मल्लीरहेको
हिँड्दा-हिँड्दै
आफ्नै जुत्ताको तुना फुस्किएको पनि थाहा छैन
मान्छेलाई केहि पनि थाहा छैन
तेसैले त मान्छेलाई जीवनमा
सबैभन्दा बेसी ठेस लाग्छ
सबैभन्दा बेसी मान्छेले ठक्कर खान्छ
उसलाई थाहै छैन माटोको गन्ध
थाहा छैन-
भुँइफुलको योवन
खोला छेऊ बालुवाको प्यास
किनभने यौटा स्वभिमानी मानिसलाई निहुरिन
उसको नैतिकताले दिँदैन ।

Posted by Unknown on 5:00 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मान्छे

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011