गज़ल:हलोको फाली झैँ अड्कियो जिन्दगी I
आनन्द श्रेष्ठ
हलोको फाली झैँ अड्कियो जिन्दगी
उम्लेको चामल झैँ छड्कियो जिन्दगी
म भोको भए पो अघाउन सक्थेँ त !
भरिंदा भरिंदै पड्कियो जिन्दगी
वर्षे भेल कति दिन थेगेर थेगिन्छ !
रोकिंदा रोकिंदै भड्कियो जिन्दगी
मायाको राप पो सँघारै थियो त !
भिजेको लुगा झैँ झड्कियो जिन्दगी
न बादल,बिजुली न झरि छ कतै
तै पनि चट्याङग झैँ चड्कियो जिन्दगी ।