गजल:-पराग बोकेर उनी लजाइन समीपमा
सन्तोष स्पन्दन
पराग बोकेर उनी लजाइन समीपमा
अंगाली अगाध माया सजाइन समीपमा
झरना बनेर झर्ने चाहना रुपसिको
तानेर आफुमा झन बगाइन समीपमा
.....
अंगालो पाउदा झन हराएछु म उनीमा
यौबन छरेर मात लगाइन समीपमा
बालेर दीपक ज्योति नशालु ति नयनका
छोएर कोमल हात समाइन समीपमा
उन्माद खोसी अधरको प्रणय एकैछिन
मारेर मलाई उनी रमाइन समिपमा