गज़ल:-खोजेको सबै भेटिन्न बुझ्यौ
टिका खड्का (राष्ट्रप्रेमी)
.
खोजेको सबै भेटिन्न बुझ्यौ ,
भाविको लेखा मेटिन्न बुझ्यौ ।
.
औकात आफ्नो नभुल तिमी ,
हातले घाम छेकिन्न बुझ्यौ ।
.
नगरी कर्म पाइदैन फल ,
सिखरमा त्यसै टेकिन्न बुझ्यौ ।
.
खोजेर सुख पाउँने भए ,
दु:खले मान्छे रेटिन्न बुझ्यौ ।
.
जिबनमा नपाई आफुले चोट ,
अरुको घाऊ देखिन्न बुझ्यौ ।
.
पैसामा तिमी बिकेनी नेता ,
यो "राष्ट्रप्रेमी" बेचिन्न बुझ्यौ ।
.
सुभ पल कुसल मंगल रहोस तपाईहरुको ।
मधुमल्ला -४