कबिता:- दानब
जीरन जार राई "संकल्प थुलुङ"
प्रत्येक स्पन्दनमा
माया नै माया भरेर
मायाको रसपान गराए'थे/
संकिर्णतालाई टाढा राखी
मायाबी आस्थाले
जीवनका हर साथहरु दिए'थे/
मेरा सबै ईच्छा र आकांक्षाहरु
उनकै खुशीका लागी
उध्दत थिए/
मानौं म पबित्र मायाको
एक तपस्बी
एक उद्दीप्त र
समतुल्य तथा अभिजात अंग वा पुजारी/
त्यसैले तिनी हुनुमा म
म हुनुमा तिनी
यसैको परिपृच्छामा
हाम्रो सानो संसार
संसारसंग आवर्ती गरि रहेका खुशीहरु
भनौ संसारिक चक्र परिचक्रको
एक दृष्टान्त मेरुदण्ड/
अत: बिश्वास हो संसार
बिश्वास नै हो माया
एबं प्रकृयाले
बिश्वस्त: थिएं म त्यहाँ/
अफसोच, समयको वहाव भित्र
उन्मत्त बनेका यौबन या
सीमान्तकृत हुन नसकेका
स्वेच्छाचारी सत्रञ्जाहरु
पल्ठेजोडी खेल्न तयार भए/
जस्ले गर्दा
कुठाराघात भयो मेरो बिश्वास
दुराध्य बने मेरा शकुनहरु
टुक्रियो मेरो मुटु
तोडियो मेरो माया
पर्लाय भयो मेरो संसार/
म हुनुको तादम्य
मेटिए/रेटिए/लेटिए
जिउदो लाश सरी
घायल बने सबै खुशीहरु/
दिग्भ्रमितमा छु आफै
कस्लाई गरें माया ?
कस्लाई गरें बिश्वास ?
कोसंग रचें सानो संसार ?
चोखो मायाको अर्थ
पबित्र हृदयको समर्पण
नबुझ्ने शायद त्यो
मानब नभएर
खुशी लुट्ने रक्तपिपाशु
पक्कै त्यो दानब हुनु पदर्छ/