यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३६


हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग सकियो ! अझ बिचमा केही समय मेरो नेटको समस्याले गर्दा रोकिन पनि गएको थियो । आज तरही मुसायरा संसारभरी जहाँ जहाँ नेपालीहरु छौं र साहित्यमा रुची राख्छौं भने तरही मुसायराको बारेमा सबैलाई जानकारी भै सकेको छ । जानकारी मात्र हैन सबैले सकृय रुपमा सहयोग पनि गरिरहनु भएको छ यसको लागि म यहाँहरु सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु र भविस्यमा पनि यस्तै साथ पाइरहने आशा गर्दछु । आउनुहोस अब आजको 'घायलको तरही मुसायरा-३६सौं अंक तर्फ अगाडी बढौं ......!!

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

उदयपुर जिल्ला त्रीयुगा नगर पालिका वडा न -१५ मा जन्मिनु भएका 'रमेश बिमान' ११-१२ बर्षकै उमेरमा काठमाडौं आउनु भएको हो र हाल कोटेश्वर पुरानो सिनामंगल वडा न -३५ मा स्थाइ रुपमा बसोबास गर्नु हुन्छ । हाल उहाँ रोजगारीको सिलसिलामा दक्षिण कोरीयाको किम्हेमा कार्यरत हुनु हुन्छ  ।  आज भन्दा ९ बर्ष अघी बानेश्वर मिनभबन कलेजको बिधार्थीको चुनाबमा गजल बाचन गरेको सुन्नु भएको थियो र त्यसैबाट प्रभाबित भै एक जना साथिलाई दशैंको कार्डमा पहिलो गजल लेखि पठाउनु भएको थियो । धेरै समय पछी उनै साथिलाई फेसबुकमा भेटेपछी उनैको अग्रहले पुन: गजल लेख्न थाल्नु भएको हो ! अब छिट्टै उहाँको गजल संग्रह "गजल लेख्ने मान्छे" आउँदैछ । केहि गजलहरु कम्पोजको लागी पनि दिनु भएको छ । हो आज उनै प्रतिभाशाली गज़लकार रमेश बिमान ज्युको गज़लको यो मिसरा-ए-सानी  'खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु' लाइ 'घायलको तरही मुसायरा-३६' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुकको कमेन्ट बक्समा पोस्ट गर्नु हुन, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार २३ फेब्रुअरी २०१२ रातको १०:०० बजे (टाइम जोन +४ अनुसार)

गजल: रमेश बिमान
मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
काफिया: नाँच्ने
रदिफ:  कसम खान्छु
लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
लय:- ४+४+४+४=१६  

उहाँको मुख्य गज़ल यस प्रकार छ !

यो छात्तिमा तीर रोपे अझै बाँच्ने कसम खान्छु
खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु

छाल्किएको बैंस तिम्रो सराबको प्याला हो कि 
त्यही प्याला पिउँदै म माया साँच्ने कसम खान्छु

मात्तिदैछौ उसैपनि उन्मादले सिमा नाग्ला 
दिल जले सामु पर्दा होस जाँच्ने कसम खान्छु

यो धर्तिमा नटेकि नै उड्नेभए त्यो जवानी 
हावा मै त्यो पिरतिको चिनो टाँच्ने कसम खान्छु

उर्लिएर आयौ यता बसमा छैन मनै अब 
बैंशालु त्यो धुनसंगै कम्मर भाँच्ने कसम खान्छु

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा, वेबसाइटमा पोस्ट गर्ने वा इमेल बाट प्रेषित गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

फेसबुकको लागि तल क्लिक गर्नु होला

Posted by Unknown on 10:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

31 comments for घायलको तरही मुसायरा-३६

  1. आनन्द श्री श्रेष्ठ · Subscribed · Top Commenter · IOE Pulchowk · 117 subscribers
    सबै मित्रहरूलाई यो असल कार्यमा सहभागी हुन अनुरोध गर्दछु र रमेश विमान जीलाई बधाई दिन चाहन्छु ।.

    तिम्ले माया दियौ भने सँगै बाँच्ने कसम खान्छु.
    चोखो माया मुटुभरि सधैँ साँच्ने कसम खान्छु.

    ढुङ्गा जस्तै मूर्ती बनी तिम्रो बाटो कुरी रहेँ.
    खुशी दिए मयुर झै सँगै नाँच्ने कसम खान्छु.

    फूल दिए यो मुटुको बगैँचामा सजाउँछु.
    मुटु दिए ढुकढुकीको चाल जाँच्ने कसम खान्छु.

    कैयौँ यस्ता दिन आउला सासै फेर्न मुस्किल हुने.
    जस्तो सुकै कठिनाईमा सधैँ हाँस्ने कसम खान्छु.

    काटियुन् कि घाँटी मेरो चाहे फाँसी दिउन् मलाई.
    तिम्रो तस्वीर जै'ले पनि दिलमा टाँस्ने कसम खान्छु ।.
    Reply · 6 · Like · Follow Post · February 16 at 11:38pm

  2. थापा मिरा · Works at Working in israel (As nursing caregiver)
    चोट धेरै खाएको छु तर हाँस्ने कसम खान्छु।.
    बाँच्नु व्यर्थ बुझेको छु तर बाँच्ने कसम खान्छु।।.

    झुटो रहिछ तिम्रो माया नबुझ्नु नै गल्ती भयो.
    जाली माया राख्दिन म जरै नास्ने कसम खान्छु।।.

    चुस्नु सम्म चुस्यौ खुशी खोस्टा किन चुस्थ्यौ तिमी.
    बाँकी मेरा खुशीहरु अझै साँच्ने कसम खान्छु।।.

    दोबाटो मै छोडि दियौ धुजा धुजा पारि मुटु.
    च्यातिएको मुटु मेरो फेरी गाँस्ने कसम खान्छु।।.

    विश्वास हो माया भन्नु हात देउ साथ दिन्छु.
    खुसि दिए मयुर झैँ सँगै नाँच्ने कसम खान्छु।।.

    _________पहिलो प्रयास ______.

    ________धन्यबाद _______
    Reply · 1 · Like · Follow Post · February 19 at 9:22pm

  3. Indra Tamang · Subscribed · Rr campus kathmandu
    यहाँहरु सबैलाई मेरो नमस्कार! धेरै पछी मैले पनि सहभागी हुने सानु कोसीस गरेको छु ।.

    जन्मौं जन्म सयौं जन्म सँगै बाँच्ने कसम खान्छु ।.
    अजम्मरी तिम्रो माया सँधै साँच्ने कसम खान्छु ।.

    जती दु:ख पाए पनि कै'ले पनि रुदिन म,
    मात्र तिम्रो साथ पाए सँधै हाँस्ने कसम खान्छु ।.

    धड्कनको ताल सँगै गाउ गीत पिरतिको,
    खुशी दिए मयुर झैँ सँगै नाच्ने कसम खान्छु ।.

    सजाउँछु तिमीलाई यो मुटुको भित्ताभरी,
    उप्किएर गए पनि सँधै टाँस्ने कसम खान्छु ।.

    सम्बन्धको डोरी हाम्रो अचानक चुडीगए,
    सत्य सत्य धरोधर्म फेरी गाँस्ने कसम खान्छु ।.
    Reply · Like · Follow Post · February 18 at 8:03am

  4. श्रेष्ठ बसु
    घायलको तरही मुसायरा को ३६ सौं अंक मा मेरो प्रयास

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६
    गजल
    भगवान साँक्षी राखी सँगै बाँच्ने कसम खान्छु
    अजम्बरी माया लाई सधैँ साँच्ने कसम खान्छु !!

    जस्तो सुकै अड्चन पनि मुस्कुराई पार गर्छु
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु !!

    उन्दै जान्छु खुशीले त्यो पिरती को माला मैले
    कहीँ कतै चुडी गए फेरी गाँस्ने कसम खान्छु !!

    आँशु सबै तिम्रा प्रिय आफ्नो सम्झी पिई दिन्छु
    पिंडा हरु मन भित्र आफैं खाँच्ने कसम खान्छु !!

    साथ तिम्रो दिन्छु भन अरु केही चाहिंदैन
    आफै लाई जलाएर म त हाँस्ने कसम खान्छु !!
    बसु श्रेष्ठ
    भैरहवा
    February 16 at 11:57pm · Unlike · 11

  5. जीतु खड्का गाउले
    सम्पूर्ण अग्रज सर्जक लाई न्यानो अभिबाधन टक्राउदै पोस्ट गरे गजल मैले नी
    ---------
    हात दिन्छु साथ देउ सँगै बाँच्ने कसम खान्छु
    रुँदा रुन्छु फेरी हाँस्दा सँगै हाँस्ने कसम खान्छु !!

    कती हुनु चौतारोको एक्ले बर सधैं भरी
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु

    साहारा म बन्न सक्छु जुनी भरी तिम्रो लागि
    दु:खका ती हाँगा सँगै भाँच्ने कसम खान्छु !!

    तिमी बाहेक अन्त कतै मुटु साट्ने छैन भन्दै
    तिम्रो तस्बिर हृदयमा सधैं टाँस्ने कसम खान्छु !!

    कुरिती र कु बिचार जरा गाडी बसी सके
    चलेका ती कु-संस्कार जरै माँस्ने कसम खान्छु !!

    जीतु खड्का गाउले
    February 16 at 11:59pm · Unlike · 14

  6. नीरस मैनाली
    नमस्कार सबै गजल मनहरुमा, घायल तरही मुसायरा ३६ मा मैले आफूलाई यसरी प्रस्तुत गराए ।

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६
    गजल

    माया दिन्छु भनि हेर, सँगै बाँच्ने कसम खान्छु
    जति दुःख परेपनि, सँगै हाँश्ने कसम खान्छु !!

    अजम्बरी माया हाम्रो, युगान्तर रहोस् भनि
    भगवान सबै भाकी, वर माग्ने कसम खान्छु !!

    फूल लिई सधैभर, तिम्रै बाटो कुर्ने गर्छु
    सबै भुली मन्मा तिम्रै, फोटो टाँश्ने कसम खान्छु !!

    जप तप सबै तिमी, ध्यान गर्छु सधै तिम्रो
    कहिले नि नछुट्टिने, ,माया गाँश्ने कसम खान्छु !!

    बाटो लामो जीवनको, सधै सँगै बाँचौ हामी
    खुशी दिए मयुर झै, सँगै नाँच्ने कसम खान्छु !!

    फेब्रुअरी १६,२०१२ २३:४५
    डार्फर, सुडान
    February 17 at 12:58am · Unlike · 9

  7. Nirmala Khadka
    घायलको तरही मुशयरा ३६ मेरो थप प्रयाश

    गजल: रमेश बिमान
    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६

    साथ पाए प्रिय तिम्रो ,जुनी बाँच्ने कसम खान्छु
    पिरतीको नशा पीउदै सँगै हाँस्ने कसम खान्छु

    दुखी थियो जीवन यो, संयोगले भेट भयो
    खुशी दिए मयुर झैँ संगै नाँच्ने कसम खान्छु

    बिर्सी देउ पुराना ती हृदयका चोटहरु
    अंगालोमा राखी तिम्रा पिडा माँस्ने कसम खान्छु

    उदास ती आँखा भित्र सपनाको रंग भर्दै
    जिन्दगीको रंगी चंगी माला गाँस्ने कसम खान्छु

    बिस्वासको डोरी बाँधी थामी हेर हात मेरो
    मुटुभरि तिम्रै चोखो माया साँच्ने कसम खान्छु

    निर्मला खड्का
    भैरहवा
    February 17 at 3:32am · Unlike · 12

  8. Kiran Meyongba
    नमस्कार ..मैले यस्तो प्रयास गरे ............गजल

    साथ पाए शयौ जुनी सँगै बाच्ने कसम खान्छु
    दु:ख पिडा बिर्सिएर सगै नाच्ने कसम खान्छु

    माया नपाई यत्र तत्र छरिएको मन छ मेरो
    माया पाए दुई मुटु सँगै टाच्ने कसम खान्छु

    सुनामी झै सत्रु भई कोही आए तिम्रो सामु
    भन तिमी ईसाराले हाडै भाच्ने कसम खान्छु

    साथ दिदै हात दिदै रितो मनलाई भर्छौ भने
    बिहानीको सीत झै तिम्लाई साच्ने कसम खान्छु

    दुखी रा'छ मेरो मुटु मन्को पिरले थिच्दा होकी
    मान्छौ भने मेरो सँगै मुटु जाच्ने कसम खान्छु

    किरण "थाङ्ने कान्छा"
    हाल यू ए ई
    पाँचथर
    February 17 at 5:08am · Unlike · 16

  9. Ramesh Biman
    धन्यवाद दाइ यहाँलाई !

    यहाँले मेरो गजललाई छनोट गरेर मुसायराको सिमराको लागी स्थान दिनुभएकोमा म निकै खुशी छु ।
    यहाँले गजल प्रती पुर्याउदै आउंनु भएको योगदान एक दिन इतिहासको पानामा लेखिने छ भन्ने मैले बिस्वास लिएको छु । यहाँका पाइलाहरु सदा साहित्यिक क्षेत्रमा अघी बढिरहुन मेरो शुभ कामना !!

    मुसायराको सदा जय हो !!!
    February 17 at 7:44am · Unlike · 11

  10. अज्ञात मित्र
    “घायलको तरही मुसायरा” मा मैले पनि हिस्सा लिने निधों गरे, अग्रजहरुलाई अभिवादन गर्दै पेश गर्छु मेरो दुष्प्रयास....

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६
    गजल
    तिम्रै लागि चोखोमाया सबै साँच्ने कसम खान्छु !
    हासी हासी तिम्रो साथ सधै बाँच्ने कसम खान्छु !!

    चुपचाप सहिदिन्छु पिडा दियौ भने पनि !
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु !!

    बिश्वासको फुलहरु फुलाउछु मनभरी !
    शंकाको यो काँढाघारी आजै मास्ने कसम खान्छु !!

    कामना नै तिमि मेरो हर तिर्थ भाकलको !
    यो मुटुमा त्यै ज्यानको मुर्ति राख्ने कसम खान्छु !!

    लोभिन्न म आकाशको जूनतारा देख्दाखेरी !
    तिमीसंगै अजम्बरी नाता गाँस्ने कसम खान्छु !!
    -अज्ञात मित्र
    सिजुवा ९, मोरंग
    February 17 at 10:31am · Unlike · 7

  11. दिर्गराज गिरी 'प्रियसी'
    घायलको तराहि मुसायरा 36औँ भागमा म यसरी प्रस्तुत भएँ, स्विकार्य हुनेछ भन्नेमा आशावादि छु।
    ___
    खुसी दिए मयुर झै संगै नाँच्ने कसम खान्छु॥
    मृत्यूहरु आऐपनी सँधै बाँच्ने कसम खान्छु॥

    ***
    दुनीयाँमा सब्काजोडि देख्दा यस्तो लाग्छ कठै,
    मैलेपनी धरोधर्म प्रिती गाँस्ने
    कसम खान्छु॥

    ***
    पर्खीमात्र हेरसानु मेरा लागी केहि पल,
    योजिन्दगी तिम्रैलागी सदा साँच्ने कसम खान्छु॥

    ***
    संघर्षका पर्खालहरु सबै सहेन गर्दै,
    आजिबन माया तिम्रो मन्मै टाँस्ने कसम खान्छु॥

    ***
    हरघडि रमाएर चन्द्र छुने मनसाय छ,
    बिनासर्त मन्मुटाब हाम्रा माँस्ने कसम खान्छु।

    ***
    कति रुनु जिन्दगीमा दुखै पर्दा मात्रै मैले,
    दुख्खभित्र पनीअब हेर हाँस्ने कसम खान्छु॥

    ¤दिर्गराज _ 'प्रियसी' _
    आदर्श बस्ति कैलाली॥
    February 17 at 10:39am · Unlike · 11

  12. Sabitra Luitel
    नमस्कार सम्पूर्ण अग्रज अनि सर्जकहरुमा , घायलको तरही मुसायरा ३६ मा मेरो सानो प्रयाश :-

    जिन्दगीको गोरेटोमा संगै बाँच्ने कसम खान्छु
    परेलिका आँशु पुछ्दै संगै हाँस्ने कसम खान्छु !!

    प्रखाइमा बसेकी छु मिलनको दिन कुर्दै
    ढुकुरको जोडी जस्तै माँया गाँस्ने कसम खान्छु !!

    दु:ख पीडा जती आऊन् बाटो छेक्दै हामी बिच
    आएका ती बाधा सबै जरै नाँस्ने कसम खान्छु !!

    चोखो प्रिती गाँसेका हौ मेटीदैन मेटाएर
    अजम्बरी माँया हाम्रो संधै साँच्ने कसम खान्छु!!

    तिमी नै हौ मेरो भन्नु छैन मेरो अरु कोही
    हृदयमा तिम्रै नाम संधै टाँस्ने कसम खान्छु !!

    साबित्रा लुइँटेल घिमिरे
    झापा (हाल इजराइल )
    February 17 at 11:25am · Unlike · 16

  13. Asmi Gm
    नमस्कार सम्पूर्ण अग्रज अनि सर्जकहरुमा , घायलको तरही मुसायरा ३६ मा मेरो प्रयाश :- समर्पण भै तिमीमा, संगै बाँच्ने कसम खान्छु!
    अजम्बरी हाम्रो मायाँ,संगै साँच्ने कसम खान्छु !!

    जात-भात छुवाछातले, गाँजेको यो दुनियामा
    सुख दुख जे भएनी, संगै हाँस्ने कसम खान्छु!!

    सानो जात भनि तिम्रो, खुशी लुट्ने समाजको
    रुढिवादी परम्परा ,संगै नास्ने कसम खान्छु!!

    अन्यायको हिमालय, चुल्लिदै छ समाजमा
    चट्टान झैं गर्जिएर ,संगै भाँस्ने कसम खान्छु!!

    मैले हिड्ने हर मोडमा, सहयात्री बन्दै तिम्ले
    खुशी दिए मयुर झैं, संगै नाच्ने कसम खान्छु!!
    February 17 at 2:58pm · Unlike · 13

  14. Purna Gurung
    घायलको तरही मुसायरा को ३६ मा मेरो प्रयास

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६
    गजल

    यो जिन्दागी तिम्रै लागी सधै साच्ने कसम खान्छु
    मर्ने पनि सगै भनि सगै बाच्ने कसम खान्छु

    आउ गरौ हातेमालो जिन्दागीको गोरेटोमा
    जिबनको फुलफुलाई माला गास्ने कसम खान्छु

    भगेरा र भागेरी झैँ जोडी भई जिबन भरि
    खुसी दिए मयुर झैँ सगै नाच्ने कसम खान्छु

    म तिम्रो हो तिमी मेरो सारा खुसी भन मात्रै
    तिमी र म जिबनमा सगै हास्ने कसम खान्छु

    तिमी मलाइ साथ देउ तिम्रो मेरो जिन्दगीमा
    दुख दिन पलाएका मुना भाच्ने कसम खान्छु

    पूर्ण कान्छा गुरुङ
    हाल: कतार
    February 17 at 5:13pm · Unlike · 6

  15. प्रेम निशानी मगर

    घायलको तरही मुसायरा-३६ मा आधारित
    गज़ल
    मुटुसंग मुटु साटी माया गास्ने कसम खान्छु
    तिमी रुदा सगै रुने हास्दा हास्ने कसम खान्छु

    मायाले नै जीवन दिन्छ, लिन्छ जीवन बुझी राख
    खुसि दिए मयुर झैँ सगै नाच्ने कसम खान्छु

    कसरी म हेर्न सक्छु तिम्रो आखा रसाएको
    पैतालामा बिझ्न खोज्ने काडा भाच्ने कसम खान्छु

    हाम्रो माया प्रेम देखि जल्नेहरु धेरै भए
    तिम्रै लागि चोखो माया सधै साच्ने कसम खान्छु

    तिमी भए खुसि फुल्छ सयौ जुनी सम्म पनि
    निदाएर तिम्रै काखमा मर्ने बाच्ने कसम खान्छु
    February 17 at 11:30pm · Like · 9

  16. Sunil Hamal
    म यो मुसयरालाई यसरी व्यक्त गर्न चाहन्छु ।

    चन्दा माग्ने लुटि खाने कु बुद्दि छोड्छौ भने,
    सँगै हिड्ने साथ दिने दिगो कसम खान्छु !!

    हातको बन्दुक फालेर कपि कलम् बोक्छौ भने,
    राहत् दिने ज्ञान दिने स्कूल् खोल्ने कसम् खान्छु!!

    गुन्डागर्दि पकेटमारा कु-ब्यबाहार छोड्छौ भने,
    मायाँ गर्दै सद्-भाबको लहर छाउने कसम् खान्छु!!

    एक-आपसमा मिलिजुलि सदभाबमा हिड्छौ भने,
    खुशी दिए मयुर झै सँगै नाँच्ने कसम खान्छु!!

    सयौ फुलका थुङ्गा हामि समालेर राख्छौ भने,
    एुटै माला बनाएर साझाउने कसम खान्छु!!

    सुनिल हमाल,
    ------------------
    February 18 at 12:27am · Unlike · 8

  17. Ratan Bdr Bk
    आदरणिय दाजु 'घायल' अनि तमाम अग्रजहरु प्रति मेरो हार्दिक नमस्कार छ।

    महान मुसायराको उत्तरोत्तर प्रगतिको काँमना ब्यक्त गर्दै
    "घायलको तरही मुसायरा३६" मा मेरो अज्ञानी प्रयास यसरी अघि सार्दैछु।

    गजल:-रमेश बिमान

    काफिया:-नाँच्ने

    रदिफ:-कसम खान्छु

    लय:-खुशी दिए/मयुर झै//संगै नाँच्ने/कसम खान्छु

    लय:-४+४+४+४=१६

    त्यो शिरानि यो पाखुरी,संग दाँज्ने कसम खान्छु

    फर्कि आऊ मेरो मुटु,मन्मा साँच्ने कसम खान्छु

    मिलनको पर्खाईमा,सिंगो ज्यान सियो भयो

    रित्त्याएर रोदन् अब,फेरी हाँस्ने कसम खान्छु।

    घात दिए अंजुलीले, शिरोधर्य गर्छु लाटी

    खुशी दिए मयुर झैँ, संगै नाँच्ने कसम खान्छु।

    छ गुनासो पनि भने चन्द्र बिम्व खोली बोल

    तिमी सामु प्रणयको,भिक्षा माँग्ने कसम खान्छु।

    आकाश् खस्यो धर्ती फाट्यो,
    बिटुलियो चोखो माया

    'रतने'ले प्रण गर्यो,कुल्मा गाँज्ने कसम खान्छु।

    रतन ब.बि.क.
    मनाउ-१ बर्दिया नेपाल
    हाल:-अहमदाबाद भारत
    February 18 at 12:31am · Unlike · 9

  18. Atit Lingden
    सम्पूर्ण साहित्य अग्रज तथा सर्जक हरुमा मेरो साहित्यिक अभिवादन "घायलको तरही मुसायरा-३६" मा मेरो पहिलो प्रयास :

    गजल: रमेश बिमान
    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए / मयुर झैं /सँगै नाँच्ने / कसम खान्छु

    माया प्रिती चोखो भए सधै साँच्ने कसम खान्छु!
    फूल टिपी साँची राख माला गाँस्ने कसम खान्छु!

    कस डोरी टुट्नु हुन्न माया हाम्रो देउता भाकी !
    जोडी देउ नाता हाम्रो संगै बाँच्ने कसम खान्छु !

    प्रिय बनी चौतारीमा मिलनको धुन बजाई !
    मन खोली गीत गाए अब नाँच्ने कसम खान्छु !

    गाउँ नै छोडी गए पछी एक्लो भयो जीवन यहाँ !
    मुटु धड्की दुखी दिंदा सधै जाँच्ने कसम खान्छु !

    झर्न दिन्न सित को थोपा सुन्दर ति आँगनीमा !
    आँशु तिम्रो पुछी दिंदै पिडा मास्ने कसम खान्छु !

    अतित सुब्बा
    झापा
    February 18 at 3:42am · Unlike · 12

  19. Jane Tamu
    घायलको तरही मुसायरा को ३६ मा मेरो प्रयास

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६

    मर्नै परे सँगै मर्ने सँगै बाच्ने कसम खान्छु%
    हैन एक जुनी -जुनी लाखौ साच्ने कसम खान्छु%

    साक्षी राखी देउराली बोल्दैछु म सत्य सत्य,
    खुशी दिए मयूरझै सँगै बाँच्ने कसम खान्छु%

    प्रेम वृक्ष हाम्रो साझा फुलिदेउ मात्र तिमी ,
    पलाएनी अईझेरू आफै भाँच्ने कसम खान्छु%

    पायो भने तिम्रो माया के नै चाह्यो दायाबाया,
    पाखैभरी दुबोसरी टम्मै गाँज्ने कसम खान्छु%

    शंका भए माया मेरो तिम्रो लागी कही कतै,
    लाखौ गर परिक्षा लौ तर जाँच्नेे कसम खान्छु %

    जेन तमू[gyanendra]
    February 18 at 1:48pm · Unlike · 14

  20. Dilip Rai

    घायलको मुसायारा 36 अनुसार मैले यसरी लेख्दै छु,
    गल्ति भए सच्याऊने अबसर दिनुहुने छ भन्दै मेरो त यस्तो भो ।
    मिसरा =खुसि दिए मयूर झै सँगै नाच्ने कसम खान्छु ।
    काफिया = नाच्ने ।
    रदिफ = कसम खान्छु ।
    लय=4 + 4 + 4 + 4 =16,
    ################

    दुख सारा बिर्षिएर संधै हाँस्ने कसम खान्छु ।
    तिमि सँगै मर्ने अनि सँगै बाच्ने कसम खान्छु ।

    सारा तन मन बदन् आफै माथि सुम्पिएर ।
    खुसि दिए मयूर झै सँगै नाच्ने कसम खान्छु ।

    जन्मे पछि मर्नै पर्ने रिति अरे अनि र त ।
    मरिगए स्वर्गमानि कुरि राख्ने कसम खान्छु ।

    मनैबाट निकालेर मलाई छोडी गए पनि ।
    धरो धर्म तिम्रै माया सँधै सँाच्ने कसम खान्छु ।

    मायाको यो परिक्षामा पछि परे होला तर ।
    अझै तांबो तुल्सी गरी माया गाँस्ने कसम खान्छु ।
    DILIP RAI BHOJPUR NEPAL,
    February 18 at 3:11pm · Unlike · 11

  21. Sabitra Luitel
    माफी चाहान्छु म वाट गल्ति भएछ पहिलो पोस्टमा दिएको मिसरा राख्न बिर्सेछु ..उही गजल पुन पोस्ट गरेकी छु ,धन्यवाद

    जिन्दगीको गोरेटोमा संगै बाँच्ने कसम खान्छु
    परेलिका आँशु पुछ्दै संगै हाँस्ने कसम खान्छु !!

    सुख मैले खोज्या छैन खुशी मात्र खोजेको हु
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु !!

    दु:ख पीडा जती आऊन् बाटो छेक्दै हामी बिच
    आएका ती बाधा सबै जरै नाँस्ने कसम खान्छु !!

    चोखो प्रिती गाँसेका हौ मेटीदैन मेटाएर
    अजम्बरी माँया हाम्रो संधै साँच्ने कसम खान्छु!!

    तिमी नै हौ मेरो भन्नु छैन मेरो अरु कोही
    हृदयमा तिम्रै नाम संधै टाँस्ने कसम खान्छु !!

    साबित्रा लुइँटेल घिमिरे
    झापा
    February 18 at 7:26pm · Unlike · 13

  22. लक्ष्मण 'मिलन' विष्ट
    सर्ब प्रथम साहित्यिक अभिवादन सम्पुर्ण अग्रज र समकालिन गजलमनहरुमा..!!
    घायलको तरही मिसायरा 36 को लागी मेरो प्रयास..!!

    गजल- रमेश 'विमान'
    मिसरा- खुशी दिए/ मयुर झै/ सँगै नाच्ने /कसम खान्छु/
    काफिया- नाँच्ने
    रदिफ- कसम खान्छु//
    लय- 4 + 4 + 4 + 4 =16

    गजल-
    ---------
    सयौँ जुनि सँगै मर्ने सँगै बाँच्ने कसम खान्छु !!
    टुक्रिएका दुई मुटु फेरी गाँछ्ने कसम खान्छु !!

    यो कसरी सम्भव भयो.? तिम्रो मेरो विछोड आखिर..
    कस्को माया कती थियो साँच्चै दाँज्ने कसम खान्छु !!

    जिन्दगी नै सुम्पिएको थिएँ तिम्रो राजिनामा..
    खुशी दिए मयुर झैँ सँगै नाच्ने कसम खान्छु !!

    किन होला यती धेरै कुरुर देख्छु अचेल तिमी..
    कि अंगाल सम्हाल मन् नत्र भाँच्ने कसम खान्छु !!

    आउ बस दिल्को ढोका खुल्लै छोड्छु तिम्रो लागी..
    मुटु भरी चोखो माया सदा साँच्ने कसम खान्छु !!

    --------
    लक्ष्मण 'मिलन' विष्ट
    कालिकास्थान, (अछाम)
    हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बई
    (उपा-ध्यक्ष)
    February 19 at 7:39am · Unlike · 8

  23. Bhagawati Basnet
    घायलको तरही मुसायरा को ३६
    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६

    गजल
    सेवा भाव मन भित्र सधैं साँच्ने कसम खान्छु
    मानवताको बस्ती भित्र रमाइ नाँच्ने कसम खान्छु !

    उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर
    यस्तै हुन सक्छु कि त आँफै जाँच्ने कसम खान्छु !!

    शिशिरले नग्याउँदा बसन्तको आश सधैं
    खुशी दिए मयुरझैँ सँगै नाँच्ने कसम खान्छु !!!

    संघर्स र चुनौतिका यात्रा बीच नडराइ
    धैर्यतामा अडिकभैँ सधैं हाँस्ने कसम खान्छु !!!!

    अन्धबिश्वास कुरितिको जरा सबै उखेलेर
    कुंसस्कार कु-प्रथालाई मास्ने कसम खान्छु !!!!!
    February 19 at 2:53pm · Unlike · 10

  24. Laxman Bhantana Sireesh
    घायलको तरही मुशयारा- ३६ औं श्रिंखला सम्मा पुग्दा थुप्रै सिक्ने अबसर पाएँ म जस्तो सिकारुले। आउँदा दिनहरुमा पनि यस्तै अबसर प्रदान गर्दै जानुहुनेछ भन्ने आशाका साथमा दाजु दल वीर प्रती आभार प्रकट गर्न चाहन्छु।

    यो ३६ औं अंकमा रमेश बिमानको गजलमा मेरो पनि मेरो नजानिदो शैली प्रस्तुत गर्ने जमर्को गरेको छु आशा छ अग्रज मन हरुले साथ दि कमिकम्जोरी छुट्याइ दिनु हुनेछ भन्ने।

    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु

    काफिया: नाँच्ने

    रदिफ: कसम खान्छु

    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु

    लय:- ४+४+४+४=१६

    साक्षी राखी अग्नी ज्वाला साथै बाँच्ने कसम खान्छु
    मुटु भित्र जुनी जुनी प्रीती साँच्ने कसम खान्छु !!

    परेली यो चुँ'दा ओत लाग्ने काख मिल्छ भने
    हात राखी शिरमाथि सधैं हाँस्ने कसम खान्छु!!

    पाले पुण्य मारे पाप तिमी नै हौ मेरो प्राण
    खुशी दिए मयुर झै संगै नाँच्ने कसम खान्छु !!

    विश्वाशको दियो बाल्नु दुनियाँले डाह गर्दा
    युगौ जाने अजम्बरी प्रीती गाँस्ने कसम खान्छु !!

    तिमी बहेक् अन्त कतै मुटु साट्या छैन प्रिया
    चाहन्छेउ त सीताले झैं जलि जाँच्ने कसम खान्छु।।

    लक्ष्मण भन्तन " शिरिष्"
    अश्राङ-४, गोरखा
    हाल्: आबुधाबी
    नाँच्ने
    February 19 at 4:22pm · Unlike · 9

  25. Santosh Sitaula
    Santosh Sitaula
    सँगै मर्ने तिमी सँग सँगै बाँच्ने कसम खान्छु!
    अजम्बरी हाम्रो मायाँ यूगौं साँच्ने कसम खान्छु!

    तिमी मेरो मनको माली फुल्छौ दीलको डाली डाली!
    खुसी दिए मयुर झै सँगै नाच्ने कसम खान्छु!

    साथ देउ हात देउ निस्छल चोखो आँत देउ!
    तिमी सँगै जिन्दगीको यात्रा आँट्ने कसम खान्छु!

    अल्झिरहु नयनमा धड्किरहु मूटु भित्र!
    तिम्रै निम्ती यो श्वासलाई चलाई राख्ने कसम खान्छु!

    आउलान बाधा बनी धेरै माँयाको यो बाटो भरी!
    माँया लुट्ने बैरी सारा जरै मास्ने कसम खान्छु!
    February 19 at 10:14pm · Unlike · 5

  26. Sajana Gurung
    गजल: रमेश बिमान
    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६

    टुट्न पुगे नाता हाम्रो पुन गाँस्ने कसम् खान्छु !
    तिम्रो निम्ति आँशु पिई सदा हाँस्ने कसम् खान्छु !

    चोखो मेरो प्रेम्मा सधै खोट तिम्ले भेटे पनि
    गुणी पत्नी बन्ने प्रयास् गर्दै बाँच्ने कसम् खान्छु !

    सुनी देउ एकै चोटी हृदयको पुकार् तिमी
    गुनासोका हाँगाहरु सारा भाँच्ने कसम् खान्छु !

    राख्ने छैन कैले पनि तिम्ले देको चोट्को हिसाब्
    मात्रै माया जुनी भरि मन्मा साँच्ने कसम् खान्छु !

    एकै रथ्का दुइ पांग्रा वर बधु भन्ने बुझी
    खुशी दिए मयुर झै संगै नाँच्ने कसम् खान्छु !
    Monday at 9:23pm · Unlike · 7

  27. Tak Tamu · Friends with Mero Nepal and 13 others
    सम्पुर्ण मित्र हरुलाई मेरो अभिबादन्!

    खुशी दिए म-युर झैं संगै नाच्ने कसम खान्छ्
    दुइ मुटु एक पारी सदा बांच्ने कसम खान्छु

    चाहानाको निवेदन्मा तिम्रो भए स्विकारोक्ति
    परेलिमा सम्हालेर सधैं साँच्ने कसम खान्छु

    दसी के छ्,देखिदैन चोखोमाया भन्छौ भने
    आफ्नै मुटु निचोरेर प्रिय जाँच्ने कसम खान्छु

    स्वर्ग गए नर्क गए तिम्रै पछी लाग्छु म त्
    राम हैन तिम्रो नाम नित्य बाच्ने कसम खान्छु

    सुस्त सुस्त सास फेर्छु छाती भित्र तिमी बस्छौ
    दुख्छ भने तिमीलाई सासै भाँच्ने कसम खान्छु
    Monday at 11:26pm · Unlike · 5

  28. Starhang Bantawa 'jalan'
    मेरो त अहिले दिमागको ढोका नै बन्द भएको बेला । रमेश सर को मिसरामा गजल नलेखी नहुने हुँदा । बल्ल बल्ल कनी कुथी लेखेर पोस्ट गर्ने जमर्को गर्‍या छु । जदौ "झुत्रेजेठा"

    मेरो हात थामिदिए संगै बाँच्ने कसम खान्छु ।
    सुख दु:ख जूनिभरी संगै हाँस्ने कसम खान्छु ।।

    मेरोलागी तिमीले'नी खोखो माया दिन्छौ भने ।
    तिम्रो माया हृदयमा सधैं साँच्ने कसम खान्छु ।।

    तिमीबिना एक्लै मैले कती आँशु पिउदै बस्नु ।
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु ।।

    छैनन कोही जिन्दगीमा आफ्नो भन्ने यहाँ हेर ।
    तिम्रो साथ पाएदेखी मुटु गाँस्ने कसम खान्छु ।।

    विश्वाशमा बस्नु तिमी झुटो बाचा खादिन म ।
    मेरो हर कुरा तिमी सँग बाँट्ने कसम खान्छु ।।

    झुत्रेजेठा
    हाल- यु ए ई
    21-Feb-12
    Tuesday at 9:04am · Unlike · 4

  29. अज्ञात पाल्पाली
    बल्ल बल्ल भेट भो दर्शन नमस्ते !
    घायलको तरही मुसायरा-३६

    गजल: रमेश बिमान
    मिसरा: खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु
    काफिया: नाँच्ने
    रदिफ: कसम खान्छु
    लय: खुशी दिए/ मयुर झैं//सँगै नाँच्ने/ कसम खान्छु
    लय:- ४+४+४+४=१६

    हृदयमा अट्ने जति माया साँच्ने कसम खान्छु
    जिन्दगी मा संगै मर्ने संगै बाँच्ने कसम खन्छु

    मेरै बनी आउ तिमी खुशी दिदै जाउ तिमी
    खुशी दिए मयुर झैं संगै नाँच्ने कसम खान्छु

    तिम्रो हात समाउदै हरपल रमाउदै
    हिमाल झैं घाम संगै सधैं हाँस्ने कसम खान्छु

    पिरती को बैध्य हुँ म प्रेम रोग हरू जाँच्छु
    तिम्रा मन्का सबै पिर ब्याथा जाँच्ने कसम खान्छु

    चोखो हुन्छ हाम्रो माया जुनी जुनी बाँची र'न्छ
    यौटा मिठो अजम्मरी नाता गाँस्ने कसम खान्छु

    अज्ञात पाल्पाली ....
    Yesterday at 5:29pm · Unlike · 4

  30. Tej Bibas Rai जीको गज़ल
    घायलको तरही मुसायारा 36 को लागी मेरो यो प्रयस जानि नजानि पेश गरेको छु उपयुक्त भए समावेश गरिदिनु होला।
    GAJAL

    तिमी सँगै मर्ने अनि,सँगै बाँच्ने कसम खान्छु।
    तिम्रो लागि चोखो माया,सदा साँच्ने कसम खान्छु।

    क्षण भरमा टुटि जाने,फेशनरुपी नठान,
    सयौं जुनी अमर हुने,माया गाँस्ने कसम खान्छु।

    चोटहरु हृदयमा,खातै खात लागेपनी,
    लुकाएर मुटु भित्र,सधैं हाँस्ने कसम खान्छु।

    पिडै पिडा भरिएको,जिन्दगीको यात्रा गर्दा,
    खुशि दिए मयूर झैं नाँच्ने कसम खान्छु।

    स्वार्थी हाम्रो समाजमा,दुवो सरी मौलिएको,
    कुरितिका हाँगाहरु छाँस्ने कसम खान्छु।
    22 hours ago · Like · 1

  31. तरही मुसायरामा सहभागी सम्पूर्ण सर्जक ज्युहरुलाई हृदयदेखि आभार व्यक्त गर्दछु ...साथै आफ्नो गज़ल उपलब्ध गराइदिनु भएकोमा रमेश बिमान जी लाइ धेरै धन्यवाद !

    उहाँको मुख्य गज़ल यस प्रकार छ !

    यो छात्तिमा तीर रोपे अझै बाँच्ने कसम खान्छु
    खुशी दिए मयुर झैं सँगै नाँच्ने कसम खान्छु

    छाल्किएको बैंस तिम्रो सराबको प्याला हो कि
    त्यही प्याला पिउँदै म माया साँच्ने कसम खान्छु

    मात्तिदैछौ उसैपनि उन्मादले सिमा नाग्ला
    दिल जले सामु पर्दा होस जाँच्ने कसम खान्छु

    यो धर्तिमा नटेकि नै उड्नेभए त्यो जवानी
    हावा मै त्यो पिरतिको चिनो टाँच्ने कसम खान्छु

    उर्लिएर आयौ यता बसमा छैन मनै अब
    बैंशालु त्यो धुनसंगै कम्मर भाँच्ने कसम खान्छु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011