गज़ल:-प्रेयसी तिमी हाँसेर आउ
जीतु खड्का (गाउले )
प्रेयसी तिमी हाँसेर आउ
प्रेमको डोरी गाँसेर आउ ||
.
स्विकार गर्छु हृदय बाटै
पराइ नाता माँसेर आउ ||
.
चर्किन दिन्न त्यो छाती तिम्रो
पुराना घाऊ नाँसेर आउ ||
.
कलीला मुना उमारौ हामी
छिप्पेका हाँगा छाँसेर आउ ||
.
लुकाइ राख मुटुको माझ
तस्बिर मेरै टाँसेर आउ !!
मोरङ उर्लाबारी