फुलको शुबास
फुलको शुबास रित्तिएछ क्यारे..!!
जिउने आभास रित्तिएछ क्यारे..!!
उन्को अवतार देख्दिनँ चाँदनि..
साँच्चै.! आकाश रित्तिएछ क्यारे..!!
स्पर्स छातिको अन्तै पो मोडिएछ..
उफ् मेरो बाहुपास रित्तिएछ क्यारे..!!
कसरी जिउनु.? जिउने आधार त्यो..
सराव्को गिलास रित्तिएछ क्यारे..!!
एउटा मन थियो छोडेर पराई हुँदा..
'मिलन' निवाश रित्तिएछ क्यारे..!!
लक्ष्मण 'मिलन' विष्ट
अछाम, कालिकास्थान