गज़ल:-गुलाफको पोथ्रा जस्ति ,तिम्रो पुक्क गालै राम्रो |
ओम प्रकाश भट्टराई 'शुभचिन्तक'
गुलाफको पोथ्रा जस्ति ,तिम्रो पुक्क गालै राम्रो |
निशानी ले चौडा छाती ,तिम्रो सोह्र सालै राम्रो |
कम्मर त्यो मर्काउँदै ,भाचिन्छ्झैं गरि हिन्छ्यौं|
बिराली झैं लच्किएको ,आहा !तिम्रो चालै राम्रो |
नदेखेझै छड्के हेर्दै ,मुस्कान् छोड्दै ओंठ टोक्दा ,
हेरिरहुँ जस्तो लाग्ने ,तिम्रो लज्जा तालै राम्रो |
देख्दै तिमी नशालु छ्यौ,उन्मातले अड्डी कस्छ ,
अड्डी कस्न लगाउने ,तिम्रो मायाँ जालै राम्रो |
स्वार्थी भाव सल्काउँदै , जल्ने गर्छन् आँखाहरु ,
सबका आखाँ सल्काउने ,तिम्रो जिऊ डालै राम्रो|
दिम्की क्याहो लर्केबैश ,लाम्की क्याहो चोखोप्रित,
सबै कुरा मिलेकै छ ,तिम्रो मेरो पालै राम्रो |
{शुभ चिन्तक }
दर्सन !सम्पूर्ण अग्रजहरु तथा समकालीन मित्रगण अनि साहित्यिक अनुरागी हरु को चरण मा अर्पिएको छु गालि याँ तालि हजुर हरुकै मर्जी है !हजुर हरुको शुभ पल-शुभ समय बितोस् ,ऊं नमो शिवाय :..!!!