कथा
------राजु दाहाल
"के समय दोषी हो ?"- भाग १
पिपलका पातहरु खसीरहेछन, नजिकै कुनै सिनेमाको बिहाको दृश्य खिचीदैँछ । म हेरिहन्छु नायकले नायीकालाई सिन्दुर हाल्दैछ, बेहुलाबेहुलीको पोशाकमा छन् उनीहरु । धेरै पटक हाल्छ नायकले नायीकालाई सिन्दुर, निर्देशकले खोजेको पाएन जस्तो छ । निर्देशक अझै पटक पटक सिन्दुर हाल्ने कार्य दोहो¥याउन लगाउँछ । रमिते र अनुहार देखाउने लालसामा वरपर रहनेहरुमा दिक्दारी प्रष्टै देखिन्छ तै पनि निर्देशक रिटेक लिईरहन्छ ।
साँच्चै कस्तो मज्जा हुन्थ्यो होला, जिन्दगीमा जानी नजानी गरेका गल्तीहरु पनि सच्याएर रिटेक लिन पाए । गल्तीलाई पुन सच्याउन पाए ? त्यो फिल्ममा जस्तै । तर के गर्नु र बास्तबीक जिबनमा त्यो सम्भव छैन । तिम्रो हाम्रो साना साना गल्तीले कैयौँ जिन्दगी तहसनहस भईरहेका हुन्छन् ।
एउटा पिपलको पात मेरो हातमा खस्छ, म त्यसलाई प्रेमपुर्वक समाउँछु । तर केहि बेरमै अन्जानमै धुजाधुजा पार्छु र फ्याँक्छु । अन्जानमै कति जिन्दगी धुजा धुजा पार्छ मान्छेले ।
म अहिले कोटेश्वर महादेब मन्दिरको अगाडी पिपलको बोटमुनि छु । मेरो पछाडी शानले उभिएको कोटेश्वर बहुमुखी क्याम्पस छ । म कसैलाई कुर्दैछु समय भन्दा निकै अगाडी त्यहाँ पुगेको मेरो लागी प्रतिक्षा साथी भएको छ ।
सबिना, जस्को प्रतिक्षा गरिरहेछु म यहाँ ।
थर– भन्नुको औचित्य छैन ।
पेशा – शरिर बेच्ने अर्थात छुच्चो भाषामा बेश्या
माईती – दोलखा जिल्लाको सदरमुकाम चरिकोटको सातदोबाटो चोक नजिकै
घर – थाहा नभएको
शिक्षा – कक्षा १० मा झण्डै चार महिना पढेको
कार्यस्थल – अरनिको राजमार्ग आसपासका कटेजहरु
भेट्नुको उदेश्य – उस्को जिबनको कथा सुन्नु
उनी आईन मिठो मुस्कानले स्वागत गर्दै । सडकबाट केहि ओरालो लागेपछि बायाँपट्टीको एउटा पुरानो घरको पहिलो तल्लासम्म म पछि लागेँ उन्को । जुत्ता बाहिरै फुकालेर कोठामा छिरेँ । आवश्यकता र मनोरन्जनका करिब करिब सबै सामान मौजुद थिए उनको कोठामा । उनी सँगै रहेको भान्सामा चिया पकाउन लागीन् ।
म पहिलेका कुरा सम्झन ः
एउटा प्रोजेक्ट रिर्पोट बनाउने सिलसीलामा उनकै कार्यस्थलमा भेट भएको थियो मेरो । रिपोर्ट बनाउने क्रममा धेरै शरिर बेच्ने महिलाहरुसँग भेट हुन्थ्यो, ति मध्य कैयौँ असाध्यै राम्रा पनि थिए । एउटा उमेरको म उनीहरुप्रति आकर्षीत नै भईँन भन्दीन । तर यौनलाई भोक लाग्दा चाउचाउ खाए जस्तै झटपट मलाई मननपर्ने कुरा ।
त्यहाँ आउने ग्राहक आफ्नो क्षणीक प्यास मेटाएर आफुलाई शान्त पार्न चाहन्थ्यो भने, शरिर बेच्नेहरु सकेसम्म छिटो ग्राहकलाइ निप्ट्याएर पैसा झारेर अर्को ग्राहकसँग जान । अलिक अनुहार परेकाहरु एकैदिनमा दर्जनौसँग गईदिन्थे । जुन दिन मैले पहिलोपटक सबिनालाई भेटेको थिएँ, सात जनासँग गईसकेकि थिईन उनी । जगातेको कटेज रेष्टुरेन्ट बोर्डधारी झुप्रामा आठौँ नम्बरमा पठाईदिएका थिए मसँग, त्यहाँका ब्यबस्थापकहरुले ।
कटेज नामधारी त्यो क्षेत्रमा निकै संख्यामा साना साना झुप्राहरु बनाइएका छन् । जस्मा ग्राहकहरु बसेर खानेकुरा अर्डर गर्छन र पालैपालो केटीहरु देखाउन पठाईन्छन् त्यहाँ र मनपरेको सँग केहिबेर समय बिताएपछि अर्को गोप्य कोठामा पठाईन्छ केहि समय ।
सबिना पनि मेरो अगाडी आएर पलेटी कसेर बसिन ।
”आरामै हुनुहुन्छ ?” – म सोध्छु ।
“भन्नु प¥यो ।” – उस्लाई मेरो प्रश्न मन नपरेको प्रष्ट हुन्छु म ।
“अनि के गर्नुहुन्छ ?” – मेरो गलत प्रश्न ।
“बैँकमा काम गर्छु, यी देख्नुहुन्न । के जिस्काएको ?” – मुख बिगारेर उत्तर दिन्छीन् ।
“सरी, मैले त्यतीकै सोधेछु । रहरले त हैन होला नी ?” – म सच्याउन खोज्छु ।
उनी चुप छिन, केहि खानेकुराको अर्डर गर्छु र रिपोर्टको लागी केहि प्रश्नहरु गर्छु । प्राय सबैजना जस्तै उस्ले पनि बनावटी उत्तर दिन्छे ।
“तपाई पत्रकार हो ?” – मेले उस्को उत्तर टिपेको देखेर सोध्छे । म पत्रकार नभएको बताउँछु । मेरो घर ठेगाना, नाम र काम सबै सोध्छे म सत्य बताईदिन्छु ।
त्यही कटेजको एकजना कामदार आएर केहि ईशारा गर्छ ।
“तपाई जाने कि नजाने ?” – उस्ले सोध्छे म नजाने उत्तर दिन्छु ।
उनी गईन्, म सानो झ्यालबाट बाहिर च्याउँछु । एउटा अधबैँशेलाई पछि लाएर उनी गोप्य कोठातिर लम्कीन् । केहि बेरमै एउटी आउँछे मेरा अर्डरका खानेकुरा बोकेर, खानेकुरा टेबलमा राखेर बस्न खोज्छे म अस्वीकार गर्छु । उ केहि झोक्किएर हिड्छे ।
पाँचै मिनेट बित्न पाएको छैन, सबिना बाहिर निस्कीसकीन् म झ्यालबाटै बोलाउँछु उनी आउँछीन्
“पैसा कति पायौ त ?” – म सोध्छु ।
“सात ।” – अप्ठ्यारो मान्दै जवाफ दिन्छीन उनी ।
म खाजा लिने ईशारा गर्छु ।
“सबिना एउटा कुरा भनौँ ?” – स्वीकृती पाउँछु म । “तिम्रा हात पाखुरा सबै सद्दे छन् । केहि पढेकी पनि छौ जस्तो छ एउटा काम खोजेर किन गर्दिनौ ?” – म सोध्छु ।
“म तपाईलाई कुनै दिन भेटेर सबै कुरा भन्छु ।” – टाउको निहुराएर बोलिन उनी ।
“हा हा हा, सबै कुरा ढाँट्ने मान्छेले सत्य कुरा बोल्ला भनेर कसरी मानौँ म ?” – म हाँस्दै भन्छु ।
“आ–आफ्नै बाध्यता हुन्छ त्यसमा पनि । सम्पुर्ण समाजको अगाडी म बेश्या हुँ, म रण्डी हुँ भनेर हिन्न पनि त सकिन्न नी ? यहाँ त ग्राहक र हामी दुबै उस्तै, दुबै समाजलाई कालो चश्मा लगाईदिएर यहाँसम्म आउँछौ ।” – भावुक हुँदै बोलिन् उनी । “तर म तपाईलाई नढाँटी भन्छु । तपाईको र मेरो घर एकै जिल्लामा हो ।”
“तिमी पनि दोलखाकै हो र ?” – म सोध्छु ।
“चरिकोटको सातदोबाटो नजिकै हो, मेरो माईती । ” – उस्ले भनि ।
“अनि घर ?” – म हतारिएर सोध्छु ।
“थाहा छैन ।”– निरश जवाफ ।
“कस्तो त ? यस्तो पनि हुन्छ र ?” – म अचम्म मान्छु । फेरि त्यही कटेजकै एउटा मान्छेले केहि इशारा गर्छ । उनी मेरो फोन नं लिएर पछि बाहिरै भेट्ने अनि सबै कुरा भन्ने बाचा गर्दै नवौँ ग्राहकसँग जान्छीन् । म बिल तिरेर बाहिरीन्छु ।
कोक – १६०, चिकेन ममः – २८०, पानी – ७० बिलको रकमले अचम्म बनाउँछ । केहि छुट गराएर तिर्छु अनि बाहिरीन्छु............. ।
उन्ले केहिदीन पछि फोन गरेर आफ्नै कोठामा बोलाईन, जस्को कारण अहिले म उसैको कोठामा छु ......।
क्रमशः ............................................
(कथा कसरी आयो ? अनि यस्को पृष्ठभुमि म अन्तीम भागमा लेख्नेछु । सबिनाको कथा एउटा यस्तो कथा जस्ले मान्छेलाई हेर्ने नजर नै बदलिदीन सक्छ । एउटा धोका, पिडा अनि मान्छेको सत्य कथा, कथामा झस्कीने, रुने अनि सोचमा पर्ने क्षणहरु ऋाउदैँ छन् । यो त मात्रै शुरुवात । सबैलाई स्वागत छ ।)
"के समय दोषी हो ?"- भाग २
एकैछिनमा चिया र खाजा बोकेर आईन् सबिना, दुबैजनाको लागी र अगाडीको सोफामा बसिन । हामी दुबै जना खाजा खान लाग्यौँ ।
”त्यो मेरो छोरी अहिले ३ बर्षकी भई ।” – अगाडी झुन्ड्याएको सानी परी झैँ लाग्ने फोटो एकोहोरो हेरिरहेको मलाई
परिचय दीइन उनले । “अहिले स्कुल गएकी छे । यस्पाली देखि हालिदीएकी । ” – मैले सोध्नै नपाई मेरो प्रश्नको उत्तर आयो ।
”अनि उस्को बा ?” – मेरो जिज्ञाशा ।
“त्यहि कहानी भन्न त मैले बोलाएकी तिमीलाई ।” – उनले सहज भावमा तिमी भनेरै सम्बोधन गरीन । मलाई कसो कसो असजिलो लाग्यो । सरर एक नजर हेरेँ तलदेखि माथिसम्म पहिलेको भेटमा भन्दा शालीन, साधारण, उजेली र मोहक लागीरहेकी थिईन् सबिना । ज्याकेटको खल्ती छामेँ केहिबेर अगाडी कोटेश्वरको मेडिकलबाट ल्याएको कन्डम सुरक्षित नै थियो ।
उठेर ढोकाको चुकुल लगाएर म सँगैको सोफामा आएर बसिन् मेरो खल्तिको मुठ्ठी कसिलो भयो । आफ्नै हत्केलाको पसिना आफैँलाई अनुभव भईरहेको थियो अनि अनुहारको रापले आफैँलाई पोलिरहेको थियो । म चुपचाप बसिरहेको छु ।
“ल मेरो कहानी सुन्छौ त ?” – खुट्टा अगाडी पसारेर सोधिन् सबिनाले ।
“त्यसैको लागी त म यहाँ छु ।” – म बोलेँ तर मेरो आवाज कता कता टाढा गुन्जे झैँ लागीरहेको छ आफैँलाई ।
“म परिवारकी ४ जना सन्तान मध्य माइली छोरी । दिदी, बहिनी, एक भाई, आमा र बा हाम्रो परिवार एकदमै सुखी थियो हाम्रो । दुखै गरेर भएपनि सदरमुकाममा एउटा घर बनाउनु भयो बाले । त्यसपछि हामी सबै गाउँको घरबाट सदरमुकाम बसाईँ स¥यौँ ।
तै पनि बाली लगाउन भने हामी गाउँ नै झथ्र्यौँ । तीन घण्टाको कसिलो हिडाईमा पुगिन्थ्यो सदरमुकामबाट गाउँको घर । गाउँमा स्कुल टाढा भएकोले मेरो पढाई ढिलो शुरु गरेको थियो । सदरमुकाम सरेपछि पनि केहि बर्ष पढाई बिग्रीयो मेरो । त्यसैले म आठ कक्षामा पढ्दा १६ बर्षकी थिएँ ।
हाम्रै पढाईमा सहयोग हुन्छ भनेर होला बाले हाम्रै स्कुलको गणीत शिक्षकलाई एउटा कोठा सित्तैमा दिनुभयो । उपत्यका नजिकैको जिल्लामा घर भएका ती.सिबुन नामको त्यो शिक्षक हाम्रो स्कुलमा गणीत पढाउँथे । अनि बिदामा र बिहान बेलुका बाले मलाई त्यहि सरसँग पढ्न पठाउँथे । पढाउने बहानामा त्यो सरले मलाई जथाभावी हात लगाउने र चलाउने गथ्र्यो । पहिले पहिले अप्ठ्यारो लागे पनि त्यो सरले माया गर्छु अनि जिन्दगी सँगै बिताउने भनेर फकाएपछि म .....................।” – उ चुप लागी उस्का खुट्टाको बुढी औँलाले कार्पेट कोट्टयाइरहेका थिए, अनि परेलिका डिल भरिएका थिए ।
“त्यो सरले साँच्चै माया गथ्र्यो त तिमीलाई ?” – मैले प्रसङ्ग बढाउन खोजेँ ।
“पहिले त सानी थिएँ म, सानी त के भन्नु र ? अबुझ थिएँ म । साँच्चै उस्को मायाजालमा फसेँ । त्यतीखेर मलाई मायाका अनेक रुप हुन्छन् भनेर के थाहा र ? कहिलेकाहीँ सानोतिनो उपहार दिएको र बोलीले लटपट्याएकै भरमा म लटपटीएँ र मैले सबैकुरा उसैलाई सुम्पिीदिएँ मेरो मन मेरो माया अनि मेरो ईज्जत, सबै सबै नै ।
पहिले शुरुशुरुमा जस्तोसुकै भए र लागेपनि बिस्तारै म पनि निष्फीक्री सुम्पन लागेँ आफ्नो ईज्जत । साँच्चै भन्दा म पनि माया गर्न लागेको थिएँ उस्लाई । लुकाई लुकाई मिठा मिठा खानेकुरा बनाएर ख्वाउने, उस्का भाँडा माझिदिने, लुगा धोईदिने गर्न लागेँ म । उस्ले जब चाह्यो उस्को ओछ्यान पनि बनिदीएँ ।
बाआमा खेति लगाउन गाउँ झरेर केहि दिनमा फर्कने दिदी बिहा गरेर अर्काको घरमा गईसकेकी, घरमा भएका सानासाना भाईबहिनीहरु ती पनि त्यो सरको अगाडी पर्नै डराउने । त हामीलाई के को डर र ? पढ्ने बहानामा दिनभर – दिनभर......................।
मैले त्यो सरलाई तन, मन सबै सुम्पेर उसँगै जिन्दगी बीताउने मीठो कल्पनामा रम्दै पढाईमा पनि निकै मेहनत गरेर राम्रो गर्दै गएँ । करिब डेढ बर्ष भईसकेको थियो त्यो सर हाम्रो घरमा बसेको म कक्षा १० मा पढ्ने भईसकेको थिएँ । सरको र मेरो प्रेमसम्बन्ध बिस्तारै मेरा साथीहरुलाई पनि थाहा हुन लागी सकेको थियो । उनीहरुले मसँग कुराहरु धुत्न खोज्दा पनि मैले सरको कुरा मानेर कसैलाई केहि पनि भनिँन ।
साउनको महिनाको शायद दोश्रो हप्ता थियो जस्तो लाग्छ । बर्षे बिदा सकिएर बिद्यालय खुल्न थोरै दिन बाँकी थियो । बाटोघाटो हिलाम्मे थिए, कहिले चर्किएर घाम लाग्थ्यो त कहिले दर्किएर पानी पथ्र्यो । आमा बा र भाइ बहिनी सबै गाउँको घरमा खेति लगाउन गएका थिए मलाई घर कुर्न छोडेर । बिदामा गएका सिबुन सर टुप्लुक्क आईपुगे । त्यो दिन साथमा एकजना साथी पनि थिए ।
म धेरै खुशी भएँ, खाजा बनाएर ख्वाएँ दुबैलाई । अर्को साथी केहिबेर बाहिर गएको मौका पारेर हामीबिच सम्बन्ध भयो । मलाई हातमा लगाउने बाला ल्याइदिएका रहेछन् । आफ्नै हातले लगाईदिए मलाई । मेरो खुशिको सिमा थिएन । बेलुकी माथि नै खाना खाएर सुत्ने सल्लाह भयो, त्यत्रो दिनको बिछोडपछि मनले चाहेको मान्छेसँग रात बिताउन पाउँदा म खुशी थिएँ ।
साँझपख दुबैजना घुम्न गए बजारतिर । साँझमा पकाई तुल्याई ठिक पारेर राखेँ । सबैजना मिलेर खाना खाएपछि उनीहरुले केहि रक्सी खाए । मैले त्यो सरको साथीलाई अर्को कोठामा ओछ्यान बनाईदिएँ...........मुर्दालाई । भाउजु भन्थ्यो मलाई, म कति खुशी थिएँ त्यो भाउजु शब्दले ।” – निकै बेर चुप रहि सबिना । अनुहारमा आक्रोश थियो । मैले गिलासको पानी दिएँ, निकै दिनदेखिको तिर्खालु झै घटघटी पिई उस्ले ।
हातको रुमालले आँखा पुछेर लामो सास फेरि उस्ले । म कलम रोकेर उस्को कथा सुन्दैछु ।
“रातमा केहि पटकको सहबासपछि त्यो सिबुन उठ्यो र बाहिर गयो । मैले सोचेँ बाथरुम गएको होला । म चुपचाप निर्बस्त्र सुतिरहेकि थिएँ । कसैले मलाई ओछ्यानमा घुस्रेर अँगाल्यो । म सहयोगको लागी चिच्याएँ सरको नाम लिएर, त्यो दौडेर आयो तर सहयोगको बदला एक थप्पड लगाएर भन्यो ।
चुप लाग्, हल्ला गरेर बेईज्ज्त नगर्, सति–साबीत्री बन्छेस्, र......., भा.... ।
दुबैजना लागेर लुटे मलाई रातभर.................... म ममा के बितेको थियो ? त्यो रात.........................।” – अगाडी बोल्न नसकेर अड्कीईन् उनी, मेरो काँधमा टाउको राखेर रुन थालीन् । शायद त्यसबेला उस्को सपना –उस्को जिबन, उस्को माया उस्को प्रेम, उस्को बर्तमान अनि उस्को भबिष्य सबै लुटिएको थियो, सबै.............................।
क्रमशः........................
(माथिका घटनाहरु सबै सत्यघटनामा आधारीत भएकोले कतिपय नाम खुलाउन असमर्थ छु । आखिर सबिना कसरी बेश्या बनिन् ? उन्को जिबनका नाटकीय र अकल्पनीय घटनाहरु सबिस्तार आउँदै जानेछन् .. )
"के समय दोषी हो ?"- भाग ३
उन्को रुवाई थामिएको छैन शायद धेरै कालपछि एउटा बलियो र बिश्वासीलो काँध पाएकी थिईन् क्यारे उनले । तर म, म बिश्वासको लायक कहाँ थिएँ र ? आखिर त्यही समाजमा हुर्केको त्यसैमा घुलमिल भएको एउटा पुरुष थियो म भित्र । नत्र त्यो भेटमा गलत सोचमा कण्डम बोकेर जानु कहाँ उचित थियो त ? आखिर उनी जोसुकै किन नहुन् ?
उनी सम्हालिएकी छैनन् । म सोचाईमा छु, आखिर उनको त्यो अवस्थाको जिम्मेवार को त ?
बाबुआमा – जस्ले छोरीलाई राम्रोसँग खान लाउन दिएर, पढाएर अझै घरमा शिक्षकलाई पढाउन राखेर जिम्मेवारी पुरा त गरेका थिए । तर अभिभाबकको जिम्मेवारी यति नै थियो त ? पढाउने निहुँमा बन्द कोठामा हुने गरेका घृणीत यौन अपराधहरु प्रति कतिको सचेत थिए त ? के उनीहरुको कर्तव्य थिएन छोरीलाई त्यस किसीमको दुव्र्यबहारको प्रतिकार गर्न सिकाउने वा बेलाबेला उस्को अवस्थाबारे जानकारी राखेर यौनदुव्र्यबहारको पहिलो चरणबाट नै अपराधीलाई निरुत्साहीत गर्ने ?
बढेकी छोरीको मानसिक र शारिरीक अवस्थाबारे बेखबर उनीहरुले छोरीलाई एक्लो घर कुर्न राख्नु कतिको उपयुक्त थियो त ?
शिक्षक – एउटा शिक्षक जो अन्धकारको बत्ती बनेर आफ्ना बिद्यार्थीहरुको जिबन उज्यालो तर्फ धकेल्छ । यो समयमा समाज र देशले शिक्षकको महत्व बुझोस वा नबुझोस तै पनि शिक्षक शिक्षक नै हो । एउटा अबोध बालबालीकाको आँखा, उनीहरुको मन सबै शिक्षकले बदल्न सक्छ । त त्यो शिक्षकले पहिले जबरजस्ती हातपात र पछि प्रेमको नाममा घरको अभिभाबक र समाजको बिश्वासको बलि चढाउँदै एउटा छात्रासँगको सम्बन्ध कतिको उचीत थियो ? अनि अझै बिहे गर्ने जिबनसाथी बनाउने भन्ने प्रलोभन दिएर लुट्ने शिक्षकले आफ्नो साथीसम्म ल्याएर सबिनाको भावना अनि शरिरसँग खेल्नु कतिसम्मको मान्छेहरु ?
शिक्षकले त यौन दुब्र्यबहारको बारेमा बिद्यार्थीहरुलाई सजग पो गराउनपर्ने त ?
छि ! एउट सद्दे मान्छेले सोच्न पनि सक्दैन यो ।
समाज – यो त्यही समाज हो, जहाँ बिभीन्न बहानामा स्त्रीलिङ्गीहरु दबिएर अनि दबाईएर राखिएका छन् । भित्र भित्रै कुहिएरै किन नजाओस बाहिर बोक्रोकै पीर छ समाजलाई । यहाँ समाजकै कै कारण पीडीतहरु बहिर आउन सक्दैनन् । संयोगबश केहि आएका घटनाहरुमा पनि पिडकले खासै केहि सजाँय पाउँदैन भने पिडीतले सधैँ पिडा पाईरहन्छे निरन्तर ।
वा सबिना कै गल्ती थियो कि ?
सबिनाको रुवाई थामिने नाम छैन, म फकाउन वा सम्हाल्न सक्दिन । शायद यहि आँशुले उनको पीडा केहि कम गर्छ कि ? म उनलाई सम्हाल्दै केहि पानी दिन्छु ग्लासबाट, आँखाको डिलबाट निस्केका आँशुहरु गालाको डिल नाग्दै चिउँडोबाट झरिरहेछन् ।
”सबिना बितेका अतितलाई यहि आँशुसँगै बगाउनुपर्छ तिमीले । त्यहि तितो अतितलाई सम्झेर कति समयसम्म रहने ? आज सबै मनका कुरा दिल खोलेर भन तिम्रो मन धेरै हलुका बन्नेछ ।” – म सम्झाउन खोज्छु ।
सबिना रोईरहेकि छन्, मेरो पाखुरा समातेर । म उस्को आँखामा सिधा हेर्न सक्दिन मलाई लाज लाग्छ किनकी म पनि त त्यही समाजकै एक अङ्ग हुँ ।
केहिबेरमा उनले सम्हालिएर उठीन अनि आँशु पुछिन् । आफ्नो कुरा भन्न थालिन अगाडी ।
“जब त्यो घटना घट्यो मलाई त्यहाँ बस्न मन लागेन । म राती नै उठेर आफुसँग भएको केहि रुपैँया पैसा जम्मा गरेँ । दुई जोर कपडा बोकेँ । अनि निकैबेर को सोचपछि एउटा सानो चिठी लेखेँ बाआमालाई ...।”
“अनि त्यो सिबुन सरहरुले रोकेनन् त ?” – मैले बिचैमा सोधेँ ।
“उनीहरु त मलाई लुट्नु लुटेपछि तल आफ्नै कोठामा गए राती नै । कसैलाई केहि भनिस भने मार्दिन्छु भनी धम्क्याएर ।” – उनको आवाजमा पिडा थियो अनि हातका मुठ्ठी कसिएका थिए ।
उनी केहि सोच्दै थिईन अनि सोचाईसँगै अनुहारमा एउटा अजिबको आक्रोस झल्किन्थ्यो।
“अनि चिठीमा के लेख्यौ त ?”– खै कतिखेर बाट हो मेरो सम्बोधनमा तिमी छिरीसकेछ ।
उनी केहि सामान्य अवस्थामा फर्किईन ।
“सबै कुरा त याद आउन्न । लेखेकी थिएँ, म घर छोडेर जाँदैछु किनकी हजुरहरुको बिश्वासलाई कायम राख्न सकिन । मलाई नखोज्नु होला यस्तै भनेर लेखेको थिएँ । भाई बहिनीलाई ठुलो मान्छे बनाउनु धेरै पढाएर भनेर पनि लेखेकी थिएँ । अँ...... ।”– उन्को गला अबरुद्ध भयो अगाडीको आवाज आएन गलाबाट, आँखा बन्द गरेर बिना आवाज रुन थालीन उनी ।
“के भयो सबिना ? सम्हाल आफँुलाई ।” – मैले उनको टाउको समाउँदै भनa ।
“मेरा भाईबहिनी,..... कत्रा भए होलान् ? अनि के गर्दै होला...न ।” – त्यो अवस्थामा म आफुलाई पनि सम्हाल्न गारो भईरहेको थियो । आँशुहरुले परेलि नाघ्ने धृष्टता गर्दै थिए । म आफुलाई सम्हाल्नै असफल भईरहेको थिएँ । मेरा हातले उनका हातहरु समातिरहेका थिए शायद सान्त्वनाको कसाई थियो त्यो ।
निकै बेर बाताबरणमा छाएको सन्नाटा पछि उनले आफुलाई सम्हालीन ।
“हा हा हा, तिमी पो रुन थालेछौ त ?” – रुन्चे हाँसोमा सबिनाले जिस्काईन मलाई ।
“हैन त्यतीकै............।” – लजाएँ म अनि अर्कोपटी फर्केर आँशु पुछेँ ।
“म चिया पकाएर ल्याउँछु है । अनि अरु कुरा भनौँला ।” – उनी उठेर भान्सामा गईन् ।
साँच्चै त्यसपछि के भयो होला ? उनी कसरी यहाँसम्म आईपुगीन् ? त्यो छोरी कस्को होला ? यस्तै प्रश्नहरु थिए मनभरि ।
म उठेर बाथरुम खोज्न बाहिर निस्केँ........।
क्रमशः.......................
"के समय दोषी हो ?"- भाग ४
म बाथरुमबाट फर्किएर सोफामा बसिरहेको छु । उनी खाजा लिएर आईन मधुर मुस्कान सहित । हैन मान्छे आफ्नो मुस्कानको लेपमा कत्रा कत्रा पिडा लुकाएर बस्न सक्छन्, अचम्म लाग्छ । आज किन किन, उन्को मुस्कान अनि उनीभीत्र लुकेको रहस्यले गर्दा पनि होला मनमा एक किसीमको आकर्षण बढ्दो छ सबिनाप्रती । हुन पनि जिबनमा कति मान्छेहरु सधैँ समिपमा भएर पनि आफ्ना लाग्दैनन् त कति मान्छे एकै भेटमा अनि अझ भेट्दै नभेटी फोनमा वा नेटमा भेटेकै भरमा आफ्ना लाग्ने हुन्छन् ।
कफि अनि भुटेको मकै भटमास आईपुग्यो खाजा, साथमा अलिकती ग्रुन्दुक साँधेको । म खुशी किनकी मेरो सबैभन्दा मनपर्ने खाजा नै मकै र भटमास, पोलेर ,भुटेर, साँधेर, पकाएर वा काँचै जसरी खाएपनि । म पक्क परेर खान थालेँ उनीसँगै ।
“तिम्रो कथा सुनेर त त्यो शिक्षकलाई गएर टुक्रा टुक्रा पारिदीउँ जस्तो पो रिस उठ्दैछ ।” – मैले बोलेँ ।
“हैन त्यती हतार पनि गर्नु पर्दैन ?” – उनी हाँसीन । बाटुलो मुहार, अनारका दाना झैँ दन्तलहर, कालो र बाक्लो कपाल, फराकिलो निधार खै किन किन उनी आज निकै राम्री लागीरहेकी थिईन । हुन त सबिनालाई मैले राम्रो नजरले हेरेको आजैको भेटमा मात्रै हो ।
“अनि त्यसपछि के भयो त ? चिठी छोडेर तिमी कहाँ गयौ त ?” – उनको कहानी जो अगाडी बढाउनु थियो ।
“त्यसपछि म घर छोडेर हिडेँ । सातदोबाटो चोकमा मान्छेले चिन्ने भएकोले म बिहान उज्यालो नहुँदै हिडेर मकैबारीसम्म आएँ । मलाई त मर्नै मन थियो तर खै के के सोचेँ ? मर्न सकिन । जिरीबाट आएको एउटा बसमा चढेर म काठमाडौँ आएँ । बाटो कसरी कट्यो अनि कतिखेर काठमाडौँ आईसकेछ मलाई थाहा नै छैन । बसपार्कमा पुगेर ओर्लिएँ । कहाँ जाने कता जाने के गर्ने म त्यसै त्यसै आत्तिएँ ।
बसपार्कबाट बाहिर निस्केँ तर त्यो मान्छेको भिडमा म त्यसै त्यसै अत्तालिएँ, अल्मलिएँ । गाउँको एकजना छिमेकी दाईको फोन नं बोकेकी थिएँ उनैलाई फोन गरेँ । त्यो धने भन्ने दाई मलाई लिन आयो म उस्को पछि पछि लागेँ उसैको कोठातिर । पुरानो बानेश्वरमा एउटा पुरानो घरमा बस्ने रहेछ उ । घरहरु बनाउने ठाउँमा ईँट अनि बालुवाहरु बोक्दो रहेछ त्यो । एक दुई दिन त केहि पनि सोधेन त्यो धनेले, मान्छे पनि सोझो नै लाग्थ्यो ।
एकदिन उस्ले मलाई घर छोडेको कारण सोध्यो मैले आफ्नो सबै दुख र पिडाहरु बताएँ । उस्ले म प्रति सहानुभुती राख्दै दुख र पिडामा साथ दिने बचन दियो । म उसँगै काममा जान लागेकी थिएँ, डोकाभरी ईटँको भारी बोकेर अनिश्चीत भबिष्य र बर्बाद जिबन साथमा लिदैँ म अर्काको संरचना निर्माण गर्न थालेँ ।
निकै दिन बिते त्यही बालुवा र ईँट बोकेर......... ।” – उनी सोचमा डुबिन, म उनको अनुहार नियाल्दैछु । ज्वालामुखी बिस्फोट हुन लाग्दाको झै प्रतित हुन्थ्यो उनको मुहार ।
“सँगैको कोठामा एउटा केटा बस्थ्यो । मेनपावरमा काम गर्छु भन्थ्यो, केहि न केहि निहुँ पारेर हाम्रो कोठामा आएर घण्टौँ बस्थ्यो । उस्कोमा टी भी हेर्न बोलाउँथ्यो । बिभीन्न तरिकाले सहयोग गथ्र्यो हामीलाई । उस्का कुरा अनौठा हुन्थे हामीले बुझ्नै नसक्ने ।
उ धेरै नजिक हुन खोज्थ्यो, म डराउँथे र टाढा नै बस्थेँ । तर पनि उस्को मायाले म उस्प्रति खिचीदैँ जाँदै थिएँ । मैले खाए नखाएको म बिरामी भएको जस्ता सबै कुरा ध्यान राख्थ्यो उस्ले । मन न हो, म उस्लाई मनमा राख्न थालिसकेको थिएँ तर पहिलेका घटना सम्झेर डराउँथे म ।
एकदिन, अँ त्यो अंग्रेजी नयाँ बर्षको दिन थियो । बेलुकी खाना साना बनाएर पर्खे निकै बेर तर धने आएन । म खाना खाएर सुतेँ, त्यो दिन त्यो तलामा म मात्रै थिएँ । त्यही दिन फेरि मेरो बिश्वास टुट्यो ......... फेरि लुटिएँ म त्यो दिन..... ।” – केहिबेरको सन्नाटा पछि उनको मुखबाट आवाज जबरजस्त फुस्कियो । उनको आँखाबाट बररर आँशुको थोपाहरु खसे, म चुपचाप भित्तो हेरेर बसिरहेको छु ।
म उन्को हात समातेर मेरा दुबै हातको भित्र च्यापेर मुसार्छु । भन्ने कुरा के नै बाँकी छ र मसँग ?
“रक्सि खाएर मातेर फिट्टु भएर आएछ धने त्यो राती । आउने बित्तीकै मलाई समातेर लडाउन खोज्यो मैले प्रतिकार गरेँ । तर उस्ले बोलेको शब्दहरुले मेरो प्रतिकार गर्ने साहस आँट सबै सकियो । मैले आफुलाई त्यतीकै छोडिदीएँ उ मलाई लुटिरह्यो ........ लुटिरह्यो रक्सिको मातमा ।
मेरो कानमा उस्ले भनेका रण्डी, बेश्या, भालु जस्ता शब्दहरु गुन्जी रहे । मलाइ........ पहिले ती शिबुनेहरुले लुट्दा प्रयोग गरेका शब्दहरु....मलाइ सहारा दिनेले फेरि लुट्यो ।” – रुन्चे स्वरमा उब्जीएका सबिनाका आवाजहरु ।
म उस्को अनुहार तर्फ हेर्ने पनि आँट गर्न सक्दिन । दुबै हातले मुख छोपेर आँखा चिम्लन्छु आशुँको भेल छुटेर गाला अनि हत्केला भिजीसके, मुटुमा केहि अट्के जस्तो गारो हुन्छ मलाई ।
“हेर हेर रोको ? कस्तो लाज पनि नभाको ? ल ल ल केटा मान्छे भएर ।”– उनी मेरो हात तान्दै जिस्काउँछीन । म आँखाभरी आँशु बोकेर फिस्स हाँस्छु । उनी मेरो छातीमा आड लाग्छीन म दुबै हातले उस्को टाउको समातेर कसिलो पार्छु अँगालो ।
“हेर रुन्चे ।” – उनी मेरो आँखामा हेर्छिन टाउको उठाएर । उनको र मेरा आँखाको दुरी धेरै कम छ, उसको आँखाको गहिराईमा डुब्न लागेको भान हुन्छ मलाई ।
“तिम्रो पिडा र दुख कति हो ? कति पिडा लिएर बाँचेकी छौ आफुभित्र ।” – म उन्को टाउको छातीमा टाँस्छु उनीसँग आखाँ जुधाउने सामथ्र्य नभएर होला ।
“अनि के ग¥यौ त, त्यसपछि ?” – मलाई उस्को कहानी सुन्नु थियो ।
“बिहान उठ्दा त्यो धने थिएन त्यहाँ । त्यसपछि कहिल्यै फर्केर पनि आएन । अनि अहिलेसम्म भेटेको पनि छैन ।” – सबिनाले मेरो अँगालोबाट छुटेर कपाल मिलाउँदै भनिन् ।
“ए, अनि कोठा, कोठाको सामानहरु ?” – मेरो जिज्ञाशा......
क्रमशः.....................
{अघिल्लो भागका आएका कमीलाइ सुधार्ने प्रयास गरेको छु । आदरणीय साथीहरु सबैप्रती आभार ब्यक्त गर्दै यो कथा समर्पीत ।। बिशेष भक्ती दाइलाइ उहाँको मार्गदर्शनको लागी }
"के समय दोषी हो ?"- भाग ५
“पछि सम्म त मैले नै चलाएँ । पछि कता कता पुगे थाहा छैन ।” – सामान्यरुपमा जवाफ दिईन सबिनाले ।
“त्यसपछि के ग¥यौ त सबिना ?” – मेरो प्रश्न ।
“मलाई त्यहाँ धेरै डर लाग्यो । एक त धनेले घरमा गएर सबै भनिदेला र घरको मान्छे खोज्दै आउलान भन्ने डर अनि अर्को कोठामा एक्लै बस्न पनि डर । केहि दिन त पुरानै ठाउँमा काम गरेँ । त्यहाँ पनि कसैको नजर राम्रो देखिँन । कामदार, ठेकेदार देखि साहुहरु सबैका आँखा ब्वाँसाको जस्तो मेरो पिछा गरिरहन्थे । बिभीन्न प्रलोभनहरु दिन्थे मेरो शरिर भोग्ने बदलामा । बिस्तारै तीनका पाईलाहरु मेरो कोठा तिर पनि बढ्न थाल्यो ।
ती सबै डरहरुबाट जोगीन पनि मलाई कसैको सहारा चाहिएको थियो । निकै सोचपछि मैले मेरो सहारा मेरै छेउको कोठामा बस्ने केटालाई बनाउने निश्चय गरेँ । म बिस्तारै उसँग सामिप्य बढाउन लागेँ ।” –सबिनाको नजर झुकेको थियो त्यतीखेर । उनी हातको औँलाले आफ्नै कपाल घुमाउँदै थिईन ।
“भने पछि अब तिम्रो पालो आयो हैन त ? बदला लिने ।” – म हाँसे, मेरो आशा सबिना पनि हाँस्छीन तर सबिना चुपचाप थिईन ।
“बेलुकी बिनायककोमा गएर ढिलोसम्म टीभी हेरेर बस्नु ..........।”
“को बिनायक ? त्यो छिमेकी केटो ?”– मैले बिचमै कुरा काँटे ।
“हो, उस्कोमा गएर ढिलोसम्म टीभी हेरेर बस्ने, उसैकोमा खाजा खाना बनाएर खाने अनि घण्टौँसम्म गफ गरेर बस्न थालेँ म । उस्कोमा जाँदा जहिले पनि राम्री भएर चिटीक्क परेर जान्थेँ म । हाम्रो सम्बन्ध बढ्दै गयो ।
म केहि थाहा नभएको जस्तो गरेर हात हालेर चल्थेँ बिनायकसँग । उस्ले चलायो वा केहि भन्यो भने म घोप्टो परेर रोएर बसिदीन्थेँ । उस्ले निकै मेहेनत गरेर फकाउँथ्यो मलाई । सकेसम्म अंगप्रत्यङ्गहरु खुल्ने र देखिने लुगा लगाएर उस्को पौरुषत्वलाई भड्काउथेँ म । उस्लाई हरतरहले मै तिर आकर्षीत बनाउन लागेँ म ।” – उनको बोली मधुरो हुँदै थियो । उनका हर्कतहरु हेर्दा लाग्थे उनी पश्चातापमा जलिरहेकि छिन् ।
“के हो तिमी त डरलाग्दी पो रहेछौ त ?”– मैले जिब्रो टोक्दै भने ।
“पहिले कुरा त सुन सबै, बिस्तारै उ मेरो जालमा प¥यो । उस्ले मलाई भोग्न चाहन्थ्यो मेरो शरिर चाहन्थ्यो जुन मैले प्रयोग गरेको थिएँ उस्लाई फसाउन । तर म चाहन्थेँ मेरो जिन्दगीको सहारा । मेरो शरिर र उस्को बिचमा बिबाहको धागो तेस्र्यादिएँ मैले, धागो टुट्यो हाम्रो बिबाह भयो ।
हाम्रो बिबाह मन्दिरमा सामान्यरुपमा केहि साथीभाईमाझ भयो । उस्को परिवारबाट कोहि पनि आएनन् । उस्को घरमा दशैँतिहारमा एकैपटक जाने कुरा भयो ।
त्यसपछि जिन्दगीको गाडी मज्जाले गुड्न थाल्यो । हामी पहिले बसेको ठाउँबाट कोठा सरेर जडीबुटीमा बस्न थाल्यौँ । बिनायकले निकै माया गथ्र्यो मलाई, म बिस्तारै अतित भुल्दै थिएँ, जिन्दगीको यात्रामा एउटा अध्याँरोकाल सकिएर नयाँ बिहानी आएको अनुभव भईरहेको थियो मलाई ।
छोरी पेटमा आएको छ महिना भईसकेको थियो । जिबनलाई एउटा नयाँ अध्यायबाट शुरु गर्दै थिएँ मैले । सन्तानको कल्पनामा कल्पिएर बित्न लागेको थिए दिनहरु । तर के थाहा र जिन्दगीका डरलाग्दा काला दिनहरु भर्खरै शुरु हुँदै थिए भनेर ।
एक दिन बिनायक फर्केर आएन । बेलुकी ५ बजेसम्म आईपुग्ने मान्छे, ७ बजेसम्म आईपुगेन, आएपछि एकछिन ठुस्कीन्छु भन्ने सोचेर पर्खेँ म । रात छिप्पीयो आएपछि गाली गर्छु भनेर कुरेँ । अर्को दिन आयो केहि दिन बोल्दीन भनेर पर्खेँ । रात आयो आईदिए मात्रै हुन्थ्यो भनेर पर्खेँ । दुई दिन बित्यो भगवानलाई भाकेर ब्यग्रताका साथ पर्खेँ ।
पर्खाइ पर्खाइमा नै सिमीत भयो । भगवानले केहि सुनेन मेरो । थाहा पाए जति ठाउँमा खोजेँ, पुलिस चौकीमा रिपोर्ट गरेँ, काठमाडौँ भरि खोजेँ तर सब बेकार । निकै पछि थाहा भयो उ त काम गर्ने अफिसमार्फत नै बिदेश गयो रे ?” – लामो सास छोडी सबिनाले मेरो मन ढक्क फुल्यो । सबिनाको आँखामा आँशु ढलपल ढलपल थियो ।
म चुपचाप रित्तो भित्तो ताक्न थालेँ ।
“आफन्त कोहि छैन चिनेको कोही छैन पेटमा बच्चा छ, मैले अगाडी केहि सोच्न सकिँन । कोठामा जे छ त्यसैले गुजारा गरेँ केहि दिन । बिस्तारै अलिअलि भएको पैसा सकियो अनि खानेकुराहरु पनि सकिए । केहि दिन चामलमा नुन हालेर त्यही खाएर गुजारा गरेँ । त्यो पनि सकिएपछि केहि बाँकी पिठोको खोले बनाएर खान लागेँ ।
त्यो पनि सकिएपछि म भोकभोकै बस्न थालेँ पानी खाएर भोकले केहि दिनमानै मर्छु भन्ने लागेको थियो मलाई र म मर्न तयार नै थिएँ त्यो बेला । घरबेटि आएर भाडा माग्थे म केहि दिन पर्खनु उहाँ आएपछि दिनुहुन्छ भनेर टार्थेँ । बिस्तारै कमजोरीले गर्दा हिड्न पनि नसक्ने भएँ म । एकदिन बिहान बाथरुम गएको थिएँ भनन्न रिङ्गटा लागेको थियो लडेछु त्यहीँ ।
त्यही सँगै घरमा भाडामा बस्ने सोनी भन्ने दिदीले बोकेर कोठामा ल्याउनुभएछ । मेरो लागी भगवान बनेर आउनु भयो त्यो दिदी पनि । त्यसपछि त्यही दिदीले खाने लाउने सबैकुरामा सहयोग गर्नुभयो । सुत्केरी पनि सबै उहाँले उतारीदिनुभयो । केहि कुराको कमि हुन दिनुभएन उहाँले ।
छोरी जन्मेर दुई महिना पुगेपछि मैले दिदीलाई काम खोज्दीन भनेँ । दिदीले केहि महिना त टारेर नै बिताउनुभयो तर मैले धेरै कर गरेपछि के के गर्न सक्छौ भनेर सोध्नुभयो मैले बच्चाको लागी जे पनि गर्नसक्छु भनेँ ।
त्यही हप्ताको शनिबार राम्रा राम्रा लुगा लगाउन लगाएर मलाई दिदीले जगातेको एउटा कटेजमा लग्नुभयो । दिदीको सजिलो र राम्रो जागीर त त्यो पो रहेछ, मेरो भगवान आफ्नै शरिर बेच्दी रहिछन्............... ।”
क्रमशः.....................